|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
डा. देवकोटा पुत्रीको अपहरणमा एक करोड ३० लाख असुल्ने प्रहरी फन्दामा |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
![]() Siddhartha Lama and Raju Lama. Photo: Sitaram काठमाण्डौं, November 26, 2008- नेपाल प्रहरीकालागि निकै ठूलो चुनौति बनेका वरिष्ठ स्नायु चिकित्सक डा. उपेन्द्र देवकोटाकी छोरीको अपहरणमा संलग्न सिद्धार्थ लामाको पक्राउ गर्न प्रहरी सफल भएको छ । गत साउन १९ गते डा. देवकोटा पुत्रीको अपहरणपछि फरार रहेका लामालाई अन्तर्राष्ट्रिय प्रहरी सन्जाल इन्टरपोलको सहयोगमा यही मंसीर ८ गते भारतको सिक्किममा पक्राउ गरिएको प्रहरीले बताएको छ । सोही घटनामा संलग्न बौद्धका ५८ वर्षीय राजु लामापनि प्रहरीको फन्दामा परेका छन् । भक्तपुर नगरकोट- ४ घर भएका सिद्धार्थ लामा ललितपुर सुनाकोठी- ८ मा बस्ने गरेका थिए । इन्टरपोलले उनीहरुमाथि 'रेडकर्नर नोटिस' समेत जारी गरेको थियो । दुबैलाई अपराध महाशाखाका इन्स्पेक्टर कृष्णप्रसाद कोइरालाको टोलीले पक्राउ गरेको प्रहरीले बताएको छ । मुख्य अपराधी लामा पक्राउ परेपनि अपहरणमा संलग्न बाँकी चार अभियुक्त अझै फरार छन् । फरार हुनेमा धनकुटा छिन्ताङका कृष्णछारा राई, रुपन्देहीका राजु थापा, सुनसरीका केशव दर्लामीमगर र काभ्रेका गोकुल गिरी रहेको बताइएको छ । अभियुक्तहरुलाई खोज्न प्रहरीले चितवन, झापा, धनकुटा, सुनसरी र रुपन्देहीमा विशेष टोली गुप्त रुपमा खटाएको थियो । भारतको सिलगुढी, दार्जिलिङ, जलपाइगुढी, सिक्किम, कालेङपुङमा पनि उनीहरुको खोजी गरिएको प्रहरीको दावी छ । डा. देवकोटा पुत्रीको अपहरणपछि उनीहरुले एक करोड ३० लाख फिरौती असुलेका थिए । उनीहरले फिरौती रकम बाँडचुँड गरी तितरवितर भएका थिए । यसमध्ये सिद्धार्थ लामाले २९ लाख ५० हजार, राजु थापामगरले १७ लाख, गोकुल गिरीले १७ लाख, हेमबहादुर मगरले चार लाख १० हजार, केशव दर्लामीमगरले १५ लाख, कृष्णछारा राईले १५ लाख र राजु लामाले दुई लाख ४० हजार बाँढेका थिए । |
|
|
यही समूहले २०६३ असारमा युनाइटेड एकेडेमीका फाउन्डर प्रिन्सिपल नृप चाम्लिङ राईको छोरी र ८ चैत २०६२ मा डा. जगदिसलाल बैद्यको छोराको अपहरणपछि फिरौती असुलेको प्रहरीले अनुसन्धानको क्रममा पत्ता लगाएको छ । जानकारी अनुसार यो अपहरणकाण्डका मुख्य अभियुक्त सिद्धार्थ लामासहित तीन जनालाई प्रहरीले ०६० सालमा डाँका मुद्धामा कारवाहीसमेत गरेको रहेछ । अपहरणका लागि उक्त समूहले आर्थिक रुपमा सम्पन्न व्यक्तिहरुको पहिचान गर्ने र अनुकूल पारी अपहरण गर्ने गरेको थियो । यो समूहले अपहरणको क्रममा हातहतियारको प्रयोग गर्ने र फिरौती रकमको बार्गेनिङ घटनास्थलमै गर्ने गरेको थियो । तत्काल पैसा उपलब्ध नहुने भएमा चयन गरेको व्यक्तिलाई अपहरण गर्ने आफ्नो सवारी साधनको प्रयोग नगर्ने, बार्गेनिङ गर्दा पीडितकै सन्चारसाधन प्रयोग गर्ने गरेको पनि प्रहरीले बताएको छ । -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||