Peace & Reconstruction Minister Janardan
Sharma 'Prabhakar' (center). Photos: Santa
काठमाण्डौं, November 15, 2008- शान्ति तथा पूनरनिर्माण मन्त्री जर्नादन
शर्मा 'प्रभाकर'ले सरकारले प्रतिबद्धता जनाए अनुसारको नागरिक वेपत्ता
सम्बन्धी शक्तिशाली आयोग गठनको व्यावहारिक प्रकृया शुरु भएको बताएका छन् ।
'व्यक्ति वेपत्ता पार्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक' को
मस्यौदा माथि छलफल गर्न कार्तिक ३० गते राजधानीमा आयोजित कार्यक्रममा
बोल्दै उनले सो कुरा बताएका हुन् ।
शान्ति तथा पुनरनिर्माण मन्त्रालयले आयोजना गरेको सो कार्यक्रममा मन्त्री
शर्माले शक्ति शाली आयोग छिट्टै बन्ने जानकारीसमेत दिए । तर आयोग बन्न मिति
भने उनले बताएनन् । 'हिजो युद्ध कालमा जे जे भयो अब त्यो दोहोरिन नदिन
सरकार सजग र सचेत छ' वैठकमा शर्माले भने ।
Photos: Santa
कसैलाई कुनै पनि वहानमा वेपत्ता गर्ने कार्य गर्नेलाई पाँच वर्ष समय सजाय र
एक लाख रुपियाँ सम्म सजाय गर्न सक्ने वेपत्ता सम्बन्धी प्रश्ताविक
विद्येयकमा उल्लेख छ । सो विद्येयकमा वेपत्ता गर्ने क्रममा प्रयोग भएका
भवन, सवारी साधन तथा अन्य जुनसुकै समान जफत गर्न सकिने प्रावधान राखिएको छ
।
वेपत्ता सम्बन्धी आयोगले बेपत्ता पारिएका व्यक्तिहरुको सम्बन्धमा छानविन
गरी सत्य तथ्य पत्ता लगाउने, सो कार्यमा संलग्न दोषी यकिन गर्ने तथा
वेपत्ता व्यक्ति तथा तिनका परिवारले पाउनु पर्ने क्षतीपूर्ति बारे सिफारिस
गर्न सक्ने कुरा पनि विद्येयकमा उल्लेख छ ।