Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

काठमाडौंमा सडकको चौडाई बढाएर ६ लेनको बनाउन सुरु गरिने



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

SSP Indraprasad Neupane. Photo: Sitaram

काठमाण्डौं, November 27, 2008- राजधानी काठमाडौंमा विगत दश बर्षयता १० गुना गाडीको संख्या बढेको छ । तर बाटोको लम्बाई भने बढेको छैन । यसले गर्दा जताततै ट्राफिक जामको समस्या छ । कहिलेसम्म भोग्नुपर्ला राजधानीबासीले यो स्थिति? आशा गरौं, आगामी केही बर्षभित्रै राजधानीमा नयाँ बाटाहरुमात्र खुल्ने छैनन् भएका साँघुरा बाटाहरुपनि फराकिला हुनेछन् ।

यसैक्रममा राजधानीमा बढ्दो सवारी चापका कारण उत्पन्न हुने ट्राफिक जामको समस्यालाई हल गर्न सडक फराकिलो बनाउने कार्य शुरु भएको छ । जापान सरकारको सहयोगमा पहिलो चरणअन्तर्गत २ डिसेम्बर १७ मङ्सिरदेखि तीनकुने-मनहरा पुलसम्मको सडकको चौडाई बढाएर ६ लेनको बनाउन सुरु गरिने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी इन्द्रप्रसाद न्यौपानेका अनुसार जापान र नेपाल सरकारबीच काठमाडौंमा ट्राफिक जामको समस्या हल गर्न सहयोग गर्नेबारे पहिले नै सम्झौता भइसकेको थियो । तीनकुने-मनहरा पुल सडक खण्डको चौडाई बढेपछि राजधानीको पूर्वी शहरमा ट्राफिक जामको समस्या आंशिक हल हुने ट्राफिक प्रमुख न्यौपानेको कथन छ ।

उक्त ६ लेनको सडक मार्च महिनाको पहिलो सातासम्ममा प्रयोगमा आउने योजना बनाइएको छ । सडक निर्माणका लागि नक्सा तथा भौतिक सामाग्री तयारी अवस्थामा छ । जापान सरकारले सडक विस्तारमा गर्ने भनेको सहयोगअन्तर्गत यो पहिलो चरण हो । आगामी एक वर्षभित्र तीनकुनेदेखि सूर्यविनायकसम्मको सडकको चौडाई बढेर ६ लेनको हुनेछ ।

'सडक चौडा पारेरबाहेक ट्राफिक जामबाट मुक्ति पाउन तत्काल अर्को उपाय छैन' न्यौपानेले भने- 'सडक चौडा पारेपछि कलंकी क्षेत्र जाममुक्त भएको छ अब काभ्रेबाट भक्तपुर हुँदै आउने बाटोपनि जाममुक्त हुनेछ ।' पूर्वबाट काठमाडौं आउने यो बाटो जाममुक्त भयो भने उपत्यकाको सडक यातायातको सबैभन्दा ठूलो समस्या हल हुने विश्वास गरिएको छ ।

जानकारीअनुसार राजधानीको मध्यभागमा रहेको घनाबस्ती, बन्द व्यापार र कलकारखानाका कारण हुने ट्राफिक जामलाई पनि जापान सरकारको सहयोगमा एक वर्षभित्रै हल गरिने भएको छ । त्यसका लागि पुतलीसडक, बागबजार, न्यूरोड, खिचापोखरी, असनलगायतका स्थानमा सडक विस्तार योजना बनाउन लागिएको छ ।

-Sitaram Baral in Kathmandu
  फराकिलो पारिन लागेको बाटोको नक्सा

   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®