|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
राजधानीमा फोहोरको सगरमाथा, एक घर एक रोजगारीसहित १६ सुत्रीय माग |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
![]() राजधानीको मुटु रानीपोखरी अगाडीको सडकमा थुप्रिएको फोहोर Photos: Jayanti काठमाण्डौ, January 14, 2009- राजधानीको सबै गल्ली, सडक र चोक फोहोरको थुप्रोले भरिएको छ। सिसडोल ल्याण्डफिल्ड प्रभावित क्षेत्रका बासिन्दाको अवरोधका कारण दश दिनदेखि राजधानीको फोहोर उठेको छैन। फोहोरको दुर्गन्धले जनजिवन प्रभावित भएको छ। फोहोरबाट प्राभावित धादिङको छत्रेदेउरालीस्थित सिमखडा गाँउको बासिन्दाले १६ सुत्रीय माग राखेपछि फोहोर सडकमै थन्किएको हो। राजधानीको फहोर फाल्न सिमखडा गाँउ र सिसडोलकोविचका डम्पिङ साइट बनाइएको छ। काठमाण्डौ महानगरपालिका अनुसार उक्त गाउँका वासिन्दाले एक घर एक रोजगारी, सडक निर्माण, औषधी उपचार खर्च लगायतका १६ सुत्रीय माग गरेका छन्। सिमखडा गाँउवासीले फोहोर फाल्न रोकेपछि राजधानीमा फोहोर सङ्कलन गर्ने करिब २ हजार मजदुरले फोहोर उठाएका छैनन्। राजधानीमा दैनिक करिब ४ सय टन फोहोर सङ्कलन हुन्छ। राजधानीमा फहोरको डगुर भएको यो नै पहिलो पटक भने होइन। डम्पिङ साइट सुरु गरेदेखिनै स्थानीय बासिन्दाले विभिन्न माग राखेर अवरोध गरेको यो २६ औ पटक हो। तिन महिना अघि स्थानीय बासिन्दाको अवरोधकै कारण १६ दिनसम्म राजधानीको फोहोर सडकमै थुपरिएको थियो। फोहोरबाट प्राभावित स्थानीय वासिन्दाले विगतमा गरेको सम्झौतालाई स्थानिय निकाय तथा सरकारले बेवास्ता गरेको कारण माग पटक पटक फोहोर फाल्न रोक्नु परेको बताउदै आएका छन्। |
|
|
महानगरपालिकाले माघ दुई गतेपछि स्थानीय वासिन्दासग वार्तामा बस्ने जानकारि दिएको छ। फोहोर नउठ्दा राजधानीको पुतलीसडक, जमल, सुन्धारा, कालिमाटी, बालाजु लगायतका क्षेत्रमा फोहोरको डंगुर लागेको छ। -Jayanti Chamling Rai in Kathmandu ![]() राजधानीको अतिव्यस्त बजार भोटाहिटीमा फोहोरको डंगुर Photos: Jayanti ![]() बागवजारस्थित पद्मकन्या क्याम्पस अगाडीको फोहोरको थुप्रो राजधानीको प्राय सबै क्याम्पस अगाडी यस्तै फोहोरको डंगुर छ। ![]() बालाजु बसपार्कमा थुप्रिएको फोहोर राजधानीको प्राय सबै बसपार्कमा यस्तै फोहोरको डंगुर छ। Photos: Jayanti |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||