काठमाण्डौ, 15 Mar, 09-
कास्कीमा भूतपूर्व सैनिक संघका अध्यक्ष मेजर दीपक
गुरुङ्गलाई उम्मेदवार बनाइएकोमा जिल्लाका पार्टी कार्यकर्ताहरु असन्तुष्ट
बनेका छन् । यसअघि देब गुरुङ्गबाट पराजित यज्ञबहादुर थापालगायतका नेताहरु
असन्तुष्ट बनेको बताइएको छ । माओवादी उम्मेदवार कृष्ण गुरुङ्गप्रतिपनि
पार्टी कार्यकर्ताहरु त्यति सन्तुष्ट नरहेको जानकारी माओवादी श्रोतले दिएको
छ । माओवादी उम्मेदवार गुरुङ्ग ०३६ सालदेखि राजनीतिमा लागेपछि पचायतकालमा
पार्टी निर्णय विपरित चुनाव लडेका थिए ।
कास्कीमा सबैभन्दा ठूलो विवाद एमालेभित्र देखिएको छ । एमालेले उठाएका
उम्मेदवार शालिग्रम पौडेललाई जिल्ला सचिव मानबहादुर जिसी पक्षधर
कार्यकर्ताहरुले इलाका नं ५ मा प्रवेश गर्न नै निशेध गरेका छन् । उम्मेदवार
बनाइएका पौडेल पार्टीको संस्थापन पक्षधर हुन् भने टिकटका दावेदार जिल्ला
सचिव जिसी गत महाधिवेशनमा अध्यक्षका प्रत्यासी केपी ओली पक्षधर हुन् ।