Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

कानून नमान्ने कास्कीका प्रमु्ख जिल्ला अधिकारी



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

पोखरा, January 20, 2009- नयाँ नेपालका पहिलो गणतान्त्रिक सरकार गठनपछि कास्की जिल्ला प्रशासन कार्यालयमा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ओझाले आफूले गर्ने निर्णयहरुमा कानूनी आधार नमान्ने घोषणा गरेका छन् ।

हालै ट्याक्सी व्यवसायी समितिको एक अन्र्तकि्रया कार्यक्रममा बौल्दै प्रजिअ ओझाले यातायात व्यवसायीहरुले पोखरामा सार्वजनिक सवारी दर्ता रोक्ने दुई वर्ष अगाडि ०६३ पुस १८ को निर्णयलाई निरन्तर जारी राख्नुपर्ने ट्याक्सी व्यवसायीहरुको मागप्रति आफू सकारात्मक रहेको जनाउ िदंदै कानूनको पालना नगर्ने घोषणा गरेका हुन् ।

पोखराको सुन्दरता बचाउन आफूले कानूनलाई भन्दा व्यवहारिकतालाई हेरेर कार्यान्वयन गर्ने उनको भनाई छ । उपभोक्ता मन्‍चका सदस्य अधिवक्ता राजुराज अधिकारीले सवारी दर्ता स्वतन्त्ररुपमा खुल्ला एवं व्यवसायिक प्रतिस्पर्धा र चक्रप्रणाली खारेजी गर्नुपर्ने तर्क अघि सारेपछि कास्कीका प्रजिअ ओझाले पोखरामा जारी चक्रप्रणालीको समर्थन गर्दै यस्तो उद्घोष गरे । उनले दलालीको दबाबको भरमा सवारी दर्ता नखुल्ने चेतावनी िदंदै सडक र स्टेशनमा यात्रुहरु लाईन लागेमात्र नयाँ सवारी दर्ता खुलाउने बताए।

हालै मात्र प्रजिअ ओझाले आफ्नै कार्यकक्षमा प्रहरी प्रशासन र यातायात व्यवसायी र तिनका संघ संगठनका प्रतिनिधिहरुको उपस्थितिमा नयाँ सार्वजनिक सवारी दर्ता र रुट जारी नगर्ने निर्णय गराएका छन् । यातायात व्यवस्था ऐन २०४९ को दफा ८२ को हवाला दिएर यस्तो निर्णय गराएका छन् । तर उपभोक्ताको हकहित तर्फ कहीं कतै सम्बोधन गरिएको छैन । प्रजिअको यस्तो निणर्यप्रति उपभोक्ता र नागरिक समाजका अगुवाहरुले आपत्ति जनाएका छन् ।

गण्डकी अन्‍चल यातायात व्यवस्था कार्यालय पोखराका प्रमुख जीवनाथ शिवकोटीले गएको ०६३ पुस १८ को निर्णय यातायात व्यवसायीहरुले बलपूर्वकरुपमा लादेको भएपनि सर्वोच्च अदालतले सो निर्णयलाई २०६५ पुस २ गते खारेज गरेको जानकारी िदंदा िदंदै पनि प्रमुख जिल्ला अधिकारी ओझाले नयाँ सवारी दर्ता गर्न नदिने घोषणा गुर्नलाई रहस्यमयरुपमा हेरिएको छ ।

पोखराका यातायात व्यवसायीहरु र स्थानीय प्रशासनबीच सवारी दर्ता, रुटपरमिट र सट्टा गाडीको कारोबारमा कालो धन्दा हुने गरेको बताइन्छ । यातायात व्यवस्था ऐन विपरित सवारी दर्ता रोक्ने प्रजिअमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै छानविन गर्नुपर्ने आवाज पोखरेलीहरुले उठाएका छन् । यद्यपि स्थानीय स्तरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिल्ला संयोजक प्रमुख जिल्ला अधिकारी नै हुने कानूनी प्रावधान रहेको छ ।

त्यस्तै यातायात व्यवस्थापन समितिका सदसय सचिव समेत रहेका गण्डकी अन्‍चल यातायात व्यवस्था कार्यालय पोखराका प्रमुख शिवाकोटीको विचारलाई तत्कालै लत्याउन सक्ने यातायात व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्लाअधिकारी ओझाको निर्णयले दुई सरकारी अधिकारीबीच जुहारी नै चलेको छ । उता सर्वोच्च अदालतको निर्णयलाई कार्यान्वयन गर्नुपर्ने माग राख्दै पश्चिमान्‍चल अटो डिर्लस् एशोसियशनले जिल्ला प्रशासन कार्यालय कास्कीमा एक ज्ञापनपत्र पेश गर्दे पुस १७ को निर्णय खारेजी गर्नुपर्ने माग गरेको छ ।
 
क्रान्तिकारी सरकारले राजधानीमा गर्ने कानूनी शासन र नागरिक हक अधिकारका कुरा उनकै जिम्मेवार कर्मचारीले धोती लगाइदिने घोषणा गर्दा पनि सरकार मूक दर्शक बन्न पुगेको छ । कानूनको रक्षक नै भक्षक भएपछि दण्डहीनता र अवैध धन्दाहरु बढ्दै जाने अवस्थाको सिर्जना गर्नुका साथै अर्थमन्त्री डा बाबुराम भट्टराईको राजश्व संकलन अभियानलाईसमेत प्रभावपार्ने निश्चित भएको छ ।

-Raj Gurung in Pokhara
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®