Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
कास्कीका उम्मेदवारहरुमा खैलाबैला, माओवादी-एमाले-काङ्ग्रेस कस्को पोल्टामा जाला?

पोखरा, 18 Mar, 09- मन्त्री एबं माओबादीका नेता देब गुरुङ्गले संबिधान सभा निर्बाचनमा कास्की १ र मनाङ्गबाट बिजयी भएपछि छाडेको कास्की- १ मा हुने उपनिर्बाचनका लागी यहांका दलहरुले आ-आफनो उम्मेदवारी चयन गरेका छन्‌ ।

तर प्रमुख दलहरुको उम्मेदवार छनौटमा भने ब्यापक असन्तुष्टी र चरम बिबादका बिच उम्मेदवारी दर्ता भएको छ ।

सामन्तबादको अन्त्य गर्ने उदघोष गरेका क्रान्तिकारी माओबादी पार्टीले पञ्चायती पृष्ठभुमी रहेका लालटिन कृष्णबहादुर नामले प्रख्यात रुपाकोटका कुष्णबहादुर गुरुङ्गलाइ उप निर्बाचनको टिकट दिएपछि अरु पार्टीबाट खिल्ली उडाउनु स्वभाबिक नै रहेतापनि सो पार्टी भित्र जिबन कै बाजी राखेर १० बर्षे जनयुद्धमा होमिएका र पुराना माओबादी नेताहरुमा तिब्र असन्तुष्टी रहेको बुझिएको छ ।

लालटिन कृष्णबहादुर माओबादीको संबिधान सभा चुनाबी प्रचार प्रसारको अन्तिम दिन २०६४ चैत्र २२ गते पार्टी प्रबेश गरेका हुन्‌ । यस्ले गर्दा अधिकांश पुराना र क्रान्तिकारीहरु निष्क्रय रहने देखिन्छ । नाम बताउन नचाहने एक नेताले भने 'यो सबै देब गुरुङ्गको खेला हो अब कास्कीमा अन्य जातीले राजनिति
नगर्दा हुने भो, गुरुङ्ग भनेपछि जस्तालाइ पनि टिकट र पद दिने भए ।'

माओबादीले भने कास्कीलाइ तमुवानको राजधानी भन्दै आएका छन्‌ । यता नेकपा एमालेको उम्मेदवारका बिषयलेसमेत ब्यापक ध्रुबीकरण बढेको छ । सो क्षेत्रमा बिगतदेखी संबिधान सभा निर्बाचनसम्म प्रत्यासी उम्मेदवार बन्दै आएका पुर्ब सांसद एबं केन्दि्रय सदस्य खगराज अधिकारीले यस उप निर्बाचनमा
समेत उम्मेदवारीको दावा गर्दै आएका थिए, उनको क्षेत्रिय कमिटि, जिल्ला कमिटि र अञ्चल कमिटिले समेत सदर गरी पठाइएतापनि केन्द्रबाट एकाएक लेखनाथ नगरपालिकाका पुर्ब प्रमुख शालिकराम पौडेलले टिकट पाएपछि अधिकारी सहित उम्मेदवारीमा दाबी गर्दै आएका जिल्ला कमिटीका पुर्ब सचिब मानबहादुर
जिसी, युवा नेता पुष्पज्योती ढुङ्गाना सहितका नेता कार्यकर्तामा असन्तुस्टी देखिएको छ ।

पुर्ब प्रमुख शालिकराम पौडेलको नगर क्षेत्रमा राम्रो पकड रहेको मानिन्छ भने अन्य नेताको गाउं क्षेत्रमा राम्रो पकड रहेको बताइन्छ ।

अन्य पार्टीले ताम्झामका साथ निर्बाचन आयोगमा उम्मेदवारी दर्ता गर्न गएको भएतापनि नेकपा एमालेको बिबादका कारण क्षेत्र नम्बर १ का नेता, कार्यकर्ता बाहेकका समय सक्ने अन्तिम समयमा पौने चार तिर मात्र सानो समुहमा केन्दि्रय सदस्य तुलबहादुर गुरुङ्गको नेतृत्वमा आयोग पुगी उम्मेदवारी दर्ता गराएका थिए ।

उता प्रतिपक्षी कांग्रेसको उम्मेदवारीमा खासै बिबाद नदेखिएतापनि पुर्ब सभामुख तारानाथ रानाभाटको पक्षधरहरुको दबाबमा कांग्रेसको भातृ संस्था नेपाल भुपु सैनिक संघका अध्यक्ष मेजर दिपकबहादुर गुरुङ्गलाइ उम्मेदवारी बनाइएको छ ।

यद्धपी टिकटको दौडमा भने सो क्षेत्रबाट तीन दर्जनको हाराहारीमा सिफारिस गरिएको थियो ।
  टिकटको दौडमा पार्टीका जिल्ला सभापति यज्ञबहादुर थापा, गञ्जमान गुरुङ्ग लगायतका थिए । सो मध्ये थापाको पक्षमा पुर्ब राज्यमन्त्री महादेब गुरुङ्ग, पुराना नेता खेमराज पौडेल, पुर्ब सहायकमन्त्री प्रकाशबहादुर
गुरुङ्ग, सहसभापति शोभियत अधिकारी, रामचन्द्र त्रिपाठी थिए भने गुरुङ्गको पक्षमा बिगतमा आफुले टिकट नपाएपछि चारवटै निबौचन क्षेत्रमा कांग्रेस हराऊ अभियानको नेतृत्व गरेको आरोप खेप्दै आएका शुक्रराज शर्मा लागेका थिए । उम्मेदवारी दर्ता गर्न कास्कीका अधिकांश कांग्रेसीहरु जुलुसमा सहभागी भइ
निर्बाचन आयोग पुगेतापनि टिकटका दाबेदार गञ्जमान गुरुङ्गको उपस्थिति भने रहेन । निर्बाचनको मिती घोषणासंगै आफनो टिकटका लागी लागि पर्न भन्दै आफनो पक्षधरलाइ गञ्जमानले करिब १० लाख रुपैयां खर्च गरेको कास्की कांग्रेसी बृत्तमा चर्चा रहेको छ ।

यसै गरि राजाबादी, राप्रपा नेपालले कैलाश गुरुङ्गलाइ उम्मेदवारी बनाएको छ भने पशुपति राप्रपाले सुबेदार नन्दबहादुर गुरुङ्गलाइ उम्मेदवार बनाएको छ । यसरी सरसर्ती हेर्दा कास्की १ को निर्बाचनमा दलहरुले आआफनो पक्षमा बिजयी हुने दाबी गरेतापनि अधिकांश गुरुङ्ग जाति रहेको सो क्षेत्रमा मुख्य दलहरुले गुरुङ्ग नै उम्मेदवार रोजिएको देखिन्छ यद्धपी नेकपा एमालेले बिगतका आफनो मतदाताहरुलाइ सुरक्षित गर्न मात्र सकेमा उस्को पोल्टामा पर्न सक्ने अनुमान गरिन थालेको छ ।

तर नेकपा एमालेको हालको बिबाद कायम रहेमा भने परिबर्तनका बाहक कस्केलीले पञ्चायत कालका जिल्ला पञ्चायत सदस्य लालटिन कृष्णबहादुर गुरुङ्गको सटटा कांग्रेसमा निरन्तर लागिरहेका ७२ बर्शिय मेजर दिपकबहादुर गुरुङ्गले जित्ने सम्भावना रहेको छ ।

-Rajabahadur Gurung in Pokhara
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®