काठमाडौं, July 27, 2008-कर्णालीका जनतालाई राजनीतिक र आर्थिक रुपमा राज्यको मूलधारमा
ल्याउन ठोस काम नभएको भन्दै कर्णाली क्षेत्रका नेताहरुले कडा आन्दोलनको
चेतावनी दिएका छन् । उनीहरुले कर्णालीमा सकृय सबै दलहरु एउटै मोर्चामा
उभिएर आन्दोलनमा जाने बताए ।
यसैगरी नेकपा माओवादी का सभासद् नरेश भण्डारीले राज्यले कर्णालीमाथि सँधै
शोषण र दमन कायमै राखेको बताए । भण्डारीले कर्णालीको हितका लागि सबै दलबीच
साझा सहमति बन्नुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेसकी विधायक दुधकुमारी हमालले कर्णालीवासी चुप लागेकालेनै
राज्यको उपेक्षा कायम रहेको बताइन् । नेकपा एमालेका सभासद् देवीलाल थापाले
आन्दोलनको विकल्प नभएको बताए । उनले कर्णालीमाथिको उपेक्षा कायमै रहेकाले
सबै मिली कडा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।