Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

दरबारका मतियारको गर्जन



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
काठमाण्डौं, October 26, 2008- राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले आगामी दिनमा राजासहितको प्रजातन्त्रका पक्षधर र उग्रवामपन्थीबीच द्वन्द्व हुने ठोकुवा
गरेका छन् ।

केही समयअघिसम्म माओवादीको समर्थनमा देखिएका उनले आइतबार आयोजित साक्षात्कार कार्यक्रममार्फत् माओवादीलाई उग्रबामपन्थी शक्तिको रुपमा संकेत गर्दै माओवादीको पछिल्ला रणनीतिले दोस्रो चरणको द्वन्द्व हुने निश्चित भएको बताएका हुन् ।

'अब राजासहितको प्रजातान्त्रिक शक्ति र उग्रवामपन्थीबीच द्वन्द्व हुने निश्चित छ' पूर्व राजा ज्ञानेन्द्रले सरकारको अध्यक्षता गरेका बेला सोही सरकारमा गृहमन्त्री रहेका थापाले भनेका छन्- 'उग्रवामपन्थीविरुद्ध प्रजातान्त्रिक शक्तिहरु एक हुनुको विकल्प छैन ।' राजनीतिक घटनाक्रमले परम्परावादी शक्ति र उदार प्रजातन्त्रवादीलाई नजिक ल्याउन थालेको बताउँदै प्रजातान्त्रिक शक्तिबीचको मोर्चाबन्दी निश्चित भएको बताए ।

उग्रवामपन्थीले सत्ता कब्जा गर्न खोज्दा नेपाली कांग्रेस र नेकपा एमाले जस्ता बाह्य शक्तिले रोक्न खोज्ने तर्क गर्दै भने- 'सत्तामा उग्रवामपन्थी कब्जा र त्यसलाई कांग्रेस र एमालेले रोक्न खोज्दा दोस्रो चरणको द्वन्द्व हुनेछ ।' थापाले देशलाई अहिलेको अवस्थामा पुर्याउन नेपाली कांग्रेसका सभापित
गिरिजाप्रसाद कोइराला जिम्मेवार भएको बताए ।

किन ? पत्रकारहरुको प्रश्नको उत्तरमा थापाले भने- 'कोइरालाले घटनाक्रमको गहिरो अध्ययन नगर्दा देश उग्रवामपन्थी धरापमा परेको हो । त्यसैले वर्तमान र भविष्यमा हुनसक्ने उग्रवामपन्थी कब्जाको श्रेय गिरिजाप्रसाद कोइरालालाई जान्छ ।' कांग्रेसले वीपीको सिद्धान्तबाट आफूलाई विचलित बनाएको आरोप लगाउँदै उनले वीपीको सिद्धान्तबाट विचलित भएर ठूलो धक्का ब्यहोर्दापनि कांग्रेसले घटनाक्रमलाई सही तरिकाले बुझ्न नसकेको बताए ।

माओवादीले संसदीय व्यवस्थाविरुद्ध बोल्न थालेपछि मात्र कोइरालाले देश अधिनायकवादतर्फ बढेको अनुभूति गरेको उनको कथन थियो । माओवादीले प्रजातन्त्रलाई नमानेको, विगतको सम्झौता र प्रतिवद्धतापनि पालनापनि नगरेको बताउँदै उनले भने- 'यति हुँदापनि कोइरालाले अझै सही तरिकाले माओवादीको रणनीति बुझ्न सक्नुभएन ।' कोइरालाको पछिल्लो अभिव्यक्तिले घटनाक्रमलाई केही बुझेको जस्तो देखिएपनि त्यो पूर्ण बुझाई नभएको उनको विश्लेषण छ ।

यो स्थिति सिर्जना हुनुमा उनको थप विश्लेषण छ- 'कांग्रेसले आफूमात्र प्रजातन्त्र भन्यो, सत्तामा रहँदा आत्मरहितमा रमेका कारण परिणाम उसको सोचभन्दा भिन्न आयो ।' उनले सेना समायोजनको विषयमा कांग्रेस र एमाले अलमलमा परिरहेको तर्कपनि गरे । उनले भने- 'माओवादीको प्राथमिकता सेना समायोजन होइन तर यो कुरा उ कांग्रेस र एमालेको मुखबाट बोल्न लगाइरहेको छ ।'

उनले भने- 'माओवादीको प्रमुख चाहना सत्ता कब्जा हो, चप्पलको भरमा शिविरमा छिराएर २० हजारलाई दक्ष सेना बनाएर त्यसको आधार तयार गरेको छ ।' माओवादीले िहंसा पनि नत्यागेको र िहंसाबाटै आफू स्थापित भएको मान्यतालाई बलियो रुपमा प्रस्तुत गरेर उग्रवामपन्थी कब्जाको संकेत दिइरहेको बताउँदै उनले भने- 'माओवादीको रणनीतिले देश
दुर्घटनातर्फ जानसक्छ प्रजातन्त्रको लागि अर्को आन्दोलन गर्नुपर्ने बाध्यता आउँदैछ ।'
 
पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था राम्रो भएको बताएपनि उनले यसबारेमा बिस्तृत व्याख्या गर्न भने चाहेनन् । उनले यत्तिमात्र भने- 'राजाको भूमिकाबारे म केही बोल्न चाहन्न तर राजासहितको प्रजातन्त्रको पक्षमा प्रजातान्त्रिक शक्तिहरुले आफै बोल्ने अवस्था आउँदैछ ।'

राष्ट्रियताका सवालमा माओवादीसंग मिलेर जानुहुन्छ ? भन्ने प्रश्नमा उनले भने- 'माओवादीको लक्ष्य र विचारमा साथ दिदैनौं तर राष्ट्रियताका सवालमा भने सहकार्य हुनसक्छ ।'

-Sitaram Baral in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®