Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

लौ सुनौं राजाका दूतका कुरा
'म राजाको घाँटीमा घण्टी झुण्ड्याउन सक्ने स्थितिमा छैन'


साक्षात्कारमा बोल्दै राप्रपा नेपालका अध्यक्ष कमल थापा Photo: Sitaram Baral

काठमाडौं, May 13, 2008-'हालसालै पनि मैले राजासँग भेटेको छु गणतन्त्र कार्यान्वयनबारे राजाको धारणा के छ भन्नेबारेमा अरु त म केही भन्न सक्दिन' गणतन्त्र आउनै लाग्दा राजा ज्ञानेन्द्रको मुड कस्तो होला भनी बुझ्न कान ठाडो पारी बसेका नेपाली सन्‍चारकर्मीसमक्ष राजाका निकट सहयोगी एबं शाही गृहमन्त्री कमल थापाले सोमबार भने- 'राजाका बारेमा म दुई कुरामात्र भन्न सक्छु । एक राजाले कुनैपनि हालतमा नेपाल छाड्दिन भनेका छन् । दुई राजतन्त्रकाबारे यति धेरै प्रश्न चिन्ह उठिरहँदापनि राजामा बिचित्र किसिमको आत्म विश्वास छ ।'

राप्रपा नेपालका अध्यक्ष सोमबार सन्‍चारकर्मीहरुसँगको साक्षात्कार कार्यक्रममा उपरोक्त कुरा बताउँदै थिए । संविधान सभा चुनावमा राजतन्त्रको पक्षमा भोट मागेका थापा यतिबेला राजा ज्ञानेन्द्रका सबैभन्दा निकटका सल्लाहकार देखिएका छन् । र संविधान सभा चुनावपछि दुई पटक राजा ज्ञानेन्द्रलाई भेटेको सार्वजनिक भैसकेको छ । 'तर किन र के कारणले यस्तो बिचित्र किसिमको आत्म विश्वास देखिएको हो' सो कार्यक्रममा थापाले भने- 'त्यो कारण भने मैलेपनि बुझ्न सकेको छैन । यत्तिमात्र भन्न सक्छु गणतन्त्रका कुराले राजा कत्तिपनि बिचलित छैनन् ।'

राजतन्त्रको वकालत गर्न उनले तत्काल गणतन्त्रको घोषणा गर्दा मुलुकमा ठूलो दुर्घटना निम्तिने ठोकुवा गरे । राजाको दूतको रुपमा थापालाई बुझेका पत्रकारहरुले थापासँग सोधे- 'के राजाले कू गर्छन्‌ र दुर्घटना निम्तिने हो ? थापाले भने- 'त्यो मलाई थाहा हुने कुरा होइन । तर दुर्घटनाका कारणहरु भने विद्यमान छन् ।' माओवादी, कांग्रेस, एमाले र राजाबादी समूहहरुको फरक-फरक राजनीतिक बिचारधाराबीच सामान्जस्यता नआउनु उनले बताएको एक कारण थियो । 'संविधान प्राविधिक विषयमात्र होइन यो राजनीतिक विषय हो' उनले भने- 'सरकार गठनकालागि यस्तो छिनाझपटी सुरु भैसकेको छ भने आफ्नो मान्यता छाड्नुपर्दा कस्तो स्थिति आउला ?'

यसैगरी 'समग्र मधेश एक प्रदेश' सम्बन्धी विवादपनि दुर्घटनाको एक कारण हुनसक्ने उनको ठहर छ । आत्मनिर्णयको अधिकार सम्बन्धी बहसपनि उनले औल्याएको दुर्घटनाको अर्को संभावित कारक थियो । उनले भने- 'यी दुई विषयको समाधान नगरी देशले गणतन्त्रको वातावरण बन्न सक्दैन ।' यद्यपी राजतन्त्रको पक्षमा जनताले मत नदिएको विश्लेषणपनि गरे उनले । 'गणतन्त्रको मुद्धा बोकेर गएका राजनीतिक दलहरुलाई नै जनताले प्रचण्ड बहुमत दिएका छन्' थापाले खुलस्त हुँदै भने- 'उनीहरु सबैले चाहे भने गणतन्त्रको कार्यान्वयन हुनसक्छ । हामीले रोकेर गणतन्त्र अब रोकिदैन । गणतन्त्र रोक्ने स्थितिमा हामी छैनौं ।'

मधेशसम्बन्धी विवादका कारण मुलुक संवेदनशील घडीमा गुजि्ररहेको उनको तर्क थियो । उनले भने- 'देशले अहिल्यै गणतन्त्र थेग्न नसक्ने स्थितिका कारण अहिल्यै गणतन्त्रको कार्यान्वयन आत्मघाति हुन सक्छ ।' संविधान सभाको पहिलो बैठकबाट गणतन्त्र कार्यान्वयन गर्न सकिने संवैधानिक कारण भएपनि त्यो प्रकृयाप्रति आफूहरुको असहमति रहेको उनको भनाई थियो । उनले भने- 'जनमत संग्रहद्धारा यस कुराको टुङ्गो लगाउन राम्रो हुन्छ ।' पत्रकारहरुले सोधे- 'के राजतन्त्रको विषयमा जनमत संग्रहको आयोजना भयो भने राजा आफै आफ्नालागि जनताकाबीचमा मत माग्न जालान् ?' थापाको उत्तर रमाइलो थियो- 'आफ्नालागि राजा जनताको बीचमा भोट माग्न जानै पर्दैन । राजाले जनताको नाममा एक पटक सम्बोधन गरेमा नै त्यो काफी हुन्छ ।'

थापाले यसबीचमा माओवादी अध्यक्ष प्रचण्डलगायत संविधान सभाका सबैजसो ठूला दलका नेताहरुलाई भेटिसकेका छन् । माओवादीले त नारायणहिटी छाड्न राजालाई उनीमार्फत् नै सन्देश पठाएको थियो । अन्य पार्टीका नेताहरुसँगको भेटघाटमा उनीहरुपनि राजतन्त्र नहुँदाको सून्यतामा समस्या उत्पन्न हुने कुरामा सहमत रहेको दावी थापाले गरे । 'गणतन्त्रको घोषणापछि निकै ठूलो संकटको सामना गर्नुपर्छ भन्नेमा सबै नेताको स्वीकारोक्ति छ' उनले भने- 'तर विरालोको घाँटीमा घण्टी झुण्ड्याउने स्थितिमा कोहीपनि छैनन् ।' 'तपाईं आफैले बिरालोको घाँटी घण्टी झुण्ड्याए हुन्न ?' पत्रकारहरुको जिज्ञाशामा उनले भने- 'निर्वाचनमा जनताले हामीलाई जुन स्थानमा राखेका छन् त्यसअनुसार म राजाको घाँटीमा घण्टी झुण्ड्याउन सक्ने स्थितिमा छैन ।'

-Sitaram Baral in Kathmandu
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®