Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
जनताको अभिमतले राजा नफालिएको दाबी

काठमाण्डौं, December 5, 2008- राजावादी राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रमुख पार्टीहरुको अदुरदर्शिताका कारण मुलुक गतिरोधको अवस्थामा पुगेको आरोप लगाएका छन् । तत्काल यो गतिरोध अन्त्यको पहल हुन नसके मुलुकमा द्धन्द्ध उत्पन्न हुनसक्ने, प्रजातन्त्र पनि गुम्न सक्ने, देशको अखण्डता र एकतासमेत खण्डित हुने ठोकुवापनि उनले गरेका छन् ।

शान्ति प्रकि्रयाको प्रारम्भमै माओवादी सेना व्यवस्थापनको सम्वन्धमा नै त्रुटी भएको तथा संक्रमणकालको फाइदा उठाएर वर्चस्व स्थापित गर्न दलहरु लाग्दा मुलुक धरापमा परेको अध्यक्ष थापाको कथन छ । बुटवलमा एक कार्यक्रममा बोल्दै थापाले मुलुकलाई सही दिशामा अघि वढाउन परम्परागत र प्रजातान्त्रिक शक्तिविच सन्तुलनको आवश्यकता रहॆकोसमेत बताएका छन् ।

मुलुक भयावहको स्थितिमा रहेकाले नयाँ ढंगवाट शक्ति सन्तुलन मिलाउनकालागि परम्परागत र प्रजातान्त्रिक शक्तिबीच सहकार्यको आवश्यकता रहेको बताउँदै राजावादी नेता थापाले उग्रवामपन्थी शक्तिका कारण प्रजातन्त्र धरापमा परेको र शक्ति सन्तुलनको निम्ति परम्परागत र प्रजातान्त्रिक शक्तिविच सहकार्य आवश्यक पर्ने बताएका हुन् ।

परम्परागत र प्रजातान्त्रिक शक्ति को-को हुन् भन्नेवारे भने थापाले स्पष्ट पारेनन् । तर उनको संकेत भने राजावादी र नेपाली कांग्रेस मिलेर अघि बढ्नुपर्ने भन्ने थियो । माओवादी नेतृत्वको सय दिनको सरकार पूर्ण रुपमा असफल भएको बताउदैं थापाले सरकारको यहि रवैया रहिरहे तोकिएको समयमा संविधान नवन्ने दावीसमेत गरे ।

संविधान निमार्ण राष्ट्रिय खेलकुद महोत्सव जस्तो नभई मुलुकको राजनितिक दिशाको दस्तावेज समेत भएकाले समय तोक्दैमा संविधान वनाउन नसकिने कथनपनि थापाको छ । कस्तो दर्शनका आधारमा संविधान लेख्ने भन्ने कुरा तय नभएको, माओवादी सेनाको व्यवस्थापन कसरी गर्ने भन्नेपनि निक्र्यौल नभएको, विगतमा विभिन्न पक्षसँग सरकारले गरेको असम्भव सम्झौता कार्यान्वयन गर्नपनि कठिन हुँदै हुँदै गएको लगायतका समस्या संविधान निमार्णका वेला देखिएकाले समस्या अंरिगालको गोलो जस्तै बन्दै गएको बताए ।

जनताको अभिमतले राजा नफालिएको उल्लेख गर्दै अध्यक्ष थापाले विगतमा टिके संसदले गणतन्त्र घोषणा गरेको आरोप लगाए । राजाको शालिक ताडेर विद्यालय र नगरपालिकाको नाम परिवर्तन गरेर गणतन्त्र दीगो नहुनेमा जोड दिदैं थापाले गणतन्त्रमा जनजिविकाको समस्या सुल्झाएर देखाउन चुनौतीसमेत दिनुभयो ।

-Sitaram Baral in Kathmandu


   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®