संविधान बनाउने काम खेलकुद महोत्सव जस्तो समयतालिकानुसार हुन नसक्ने
काठमाण्डौं, December 2, 2008-
पूर्व राजाको प्रत्यक्ष शासनकालका गृहमन्त्री कमल थापाले
निर्धारित समयभित्र संविधान नबन्ने ठोकुवा गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्षसमेत रहेका थापाले संविधान
बनाउने काम खेलकुद महोत्सव जस्तो समयतालिकानुसार सम्पन्न हुन नसक्ने स्पष्ट
तर्क गरेका छन् । संविधान निर्माणको ८२ हप्ते कार्यतालिका सार्वजनिक
भइसकेको सन्दर्भमा थापाले यस्तो बताएका हुन् ।
मंसिर १७ गते बुटवलमा आयोजित कार्यक्रममा बोल्दै उनले सो धारणा राखेको
बुटवलबाट सहयोगी पत्रकार गोविन्द थापा मगरले जनाएका छन् । सेना
समायोजनविभिन्न दल र समूहसंग विगतमा भएका सम्झौता कार्यान्वयनमा थुपै्र
विषयमा विवाद र जटिलता रहेकाले संविधान निर्माणमा कठिनाई उत्पन्न हुने
अध्यक्ष थापाको धारणा थियो ।
नेपाललाई टुक्राउने खेल ग्रायण्ड डिजाइन अन्तर्गत भारतमा भएको १२ बुदे
समझदारीदेखि भएको थापाको जिकिर थियो ।