Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

जङ्गलदेखि संचारको सन्जालसम्म



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
अर्थ मन्त्री डा. भट्टराईबाट सिक्ने कुरा, विश्वका नेताहरुमा ओबामा अघी


Logo of www.baburambhattarai.com

काठमाण्डौं, January 1, 2009- सूचना प्रविधिको सबैभन्दा उन्नतरुप मानिएको इमेल- इन्टरनेटबारे नेपालका अधिकांस नेताहरुलाई अहिलेपनि उतिसार्हो जानकारी छैन । तर लामो समय 'जंगली जीवन' बिताएर हालैमात्र सत्तामा पुगेका माओवादी नेता डा. बाबुराम भट्टराई यस्तो अपवाद भएका छन् जो इन्टरनेटको भरपुर प्रयोग मात्र गर्दै छैनन् उनले आफ्नो निजी वेभसाइटपनि खोलेका छन् ।

एक्काइसौं शताव्दीको नेता कस्तो हुनुपर्छ ? भन्ने विषयमा सबैका आ-आफ्ना धारणा होलान् । तर युवाहरुलाई सोध्ने हो भने उनीहरुको सिफारिस हुनेछ- 'एक्काइसौं शताव्दीको नेता विज्ञान- प्रविधि र सूचना- प्रविधिका बारे थोरबहुत जानकारी राख्ने हुनुपर्छ ।' त्यसो भए विज्ञान प्रविधिबारे जानकारी राख्ने नेपाली नेता कति होलान् ?


Dr. Bhattarai's Facebook photo. Photo courtesy: FaceBook.Com
अर्थ मन्त्रीसँग ल्यापटप र ईन्टरनेट त हुने नै भो तर नेपालमा जम्मा प्रति १०० जना नेपाली मध्ये ०.९ ले मात्र ईन्टरनेटको सुबिधा प्राप्त गरेका छन् भन्दा चाँही गाँसमा परेको ढुङ्गा झै हुन्न र?

एग्रेगरियन क्यालेण्डरको नयाँ बर्ष- २००९ को पहिलो दिन विहीबारदेखि माओवादी नेता डा. भट्टराईको नयाँ वेभ साइट www.baburambhattarai.com सन्‍चालनमा आएको छ । उनको वेभसाइटमा व्यक्तिगत, अफिसियल, पुस्तक, लेखरचना, राजनीतिक जीवन, अरुको आँखामा, फोटो ग्यालरीलगायतका विषय राखिएका छन् ।
 

दिमागी बन्ने रहर: S.L.C. मा मात्र होइन M.A. मा पनि क्लास फस्ट बन्न सफल दिमागका धुरन्धर डा. भट्टराईको आइन्स्टाइनको तस्बिरसँग खिचाएको फेस बुकमा राखिएको फोटो।  Photo courtesy: FaceBook.Com

जानकारी अनुसार यो वेभसाइटमा भट्टराईसँग सम्बन्धित सबैजसो सामाग्रीहरु राखिनेछन् । यसैगरी अर्थमन्त्रीमा नियुक्त भएपछिका सबैजसो भाषणहरुपनि वेभसाइटमा राखिने योजना बनाइएको छ । डा. भट्टराईले आफ्नो 'फेसबुक' Facebook.Com परसनल पेज मार्फत पनि आफ्ना योजना र धारणाहरु इमेल सम्पर्क भएकाहरुसँग राख्दै आएका छन् ।

हाल सन्‍चालनमा ल्याइएको नयाँ वेभसाइटमा भट्टराईबारे जानकारीमात्र प्राप्त हुने छैन उनलाई वेभसाईटमै पत्र लेख्न मिल्नेपनि बनाइएको छ । विज्ञान र प्रविधिको युग भनेर चिनिएको एक्काइसौं शताव्दीमा इन्टरनेटको महत्व बुझेर डा. भट्टराईले गरेको यो कामको सर्हाना भने गर्नै पर्छ ।


Dr.Baburam Bhattarai wrote caption of this photo at facebook.com - "Me with Comrade Hisila (in Rolpa During Peoples War)" Photo courtesy: FaceBook.Com

केही महिना अघी फेस बुकमा प्रोफाइल खोलेका डा. भट्टराईका १९९ फेस बुक सपोर्टर्स्‌ छन्। Facebook.Com मा Browse more Politicians लिङ्कमा गएर संसारका अन्य राजा नेताहरुको फेस बुक प्रोफाइलको लेखाजोखा गर्दा चाँही हाम्रा अर्थ मन्त्री भर्खर अनलाइनमा बामे सर्दै गरेको देख्न सकिन्छ।

भर्खरै अमेरिकाको राष्ट्रपती निर्वाचन जितेका बाराक ओबामाका फेस बुक सपोर्टर्स्‌ ३६ लाख २ हजार १७८ छन्‌ भने अमेरिकि राष्ट्रपती जर्ज डब्ल्यु बुसका सपोर्टर्स्‌ जम्मा ४ हजार ५२९ छन्‌। बाराक ओबामासँग चुनाव हारेकी र अहिले ओबामा सरकारमा राज्य प्रमुख (Secretary of State) बनाइएकी हिलारी क्लिन्टनका सपोर्टर्स्‌हरु १ लाख ७९ हजार ९७७ छन्। उता चिनका प्रधान मन्त्री वेन जिया बाओका सपोर्टर्स्‌ चाँही ७७ हजार ६४८ छन्‌।

त्यसै गरी अफ्रिकी नेता नेल्सन मन्डेलाका ७१ हजार ०१३ सपोर्टर्स्‌ छन भने बर्मा कि प्रजातन्त्रबादी नेत्री आङसँग सुकीका सपोर्टर्स्‌ १७ हजार २६० छन्‌। न्यू योर्कका पूर्व मेयर रुडी जुलियानीका १६ हजार ०१६ सपोर्टर्स्‌ छन्‌ भने रुसका पूर्व राष्ट्रपती तथा बर्तमान प्रधानमन्त्री भ्लादिमिर पुटिनका १५ हजार ३८० फेस बुक सपोर्टर्स्‌ छन्‌।

-Sitaram Baral in Kathmandu & Pradeep Thapa in New York

Letter to Face Book Friends -join hands against corruption by Dr. Baburam Bhattarai
December 7, 2008 at 9:21am




 फेस बुकमा डा. भट्टराईले छापाएको बायोडाटा:
 Detailed Info
Gender: Male
Birthday: June 18, 1954
Hometown: Gorkha
Religious Views: atheist and secular
Activities: Revolutionary & development activist.

Political Activities
1. President, All India Nepalese Student's Association, 1977-80.
2. Member of Communist Party of Nepal, 1981
3. Spokesperson, United National People's Movement, 1990
4. Politburo Member/CPN (Unity Centre/Maoist), 1991 onwards Secretariat Member.
5. President, United People's Front, 1991-2001
6. President, United Revolutionary People's Council, 2001-2008

Literary/Journalistic Activities
1. Editor, Janamanas, 1977-1980
2. Editor, Nepali Ekta, 1980-1985
3. Editor, Jhilko (Monthly), 1986-1991

Publications

English
1. Nepali : A Marxist View, (Jhilko Publications, Kathmandu, 1996)
2. Politico-Economic Rationale of People's War in Nepal (Utprerak Prakashan, Kathmandu, 1998)
3. The Nature of Underdevelopment and Regional Structure of Nepal-A Marxist Analysis, (Adroit Publications, New Delhi, 2003)
4. Monarchy vs. Democracy : The Epic Fight in Nepal, (Samakaleen Teesari Duniya, New Delhi, 2005)

Hundreds of articles in reputed journals and newspapers (both in National and International

Interests: For a prosperous New Nepal
Fight against class, caste, gender, national & regional discrimination.

Favorite Movies: Balidan, Ankur (Hindi)

Favorite Books: A Brief History of Time by Stephen Hawkings
Favorite TV Shows: Madan bahadur/Hari bahadur
Favorite Quotations: "Philosophers have interpreted the world in various ways, the point is to change it."- Karl Marx
It is right to rebel.- Mao

About Me: I want to provide a model fusion of 'Red' and 'Expert'.
I would rather die fighting than surrender to injustice & wrong-doing.
I would like to remain a simple & humble person.

Education Info
Colleges:Jawaharlal Nehru University, New Delhi, 1979-85 (M.Phil./Ph.D) '85
1979-85 (M.Phil./Ph.D)
School of Planning & Architecture, New Delhi, 1977-79 (Masters in Town & Country Pl '79
(Masters in Town & Country Planning) 1977-79
Chandigarh College of Architecture, Chandigarh '77
(B.Arch) 1972-77
Amrit Science College, Kathmandu, '72
(I.Sc.) 1970-72
High School:: Amarjyoti Janata High School, Luitel, Gorkha, 1970 (2026 B.S)
  समाचारमा डा. भट्टराई:
Dr. Bhattarai`s website to hit webspace Jan 1
KATHMANDU, Dec 30: Finance Minister Dr Baburam Bhattarai is all set to launch his personal website on the first day of 2009, January 1. Minister Dr Bhattarai’s aide Bishwadeep Pandey told myrepublica.com that contents of the website -- www.baburambhattarai.com – are ready.

Earlier this month, Pandey had said the site would have been launched “within two weeks”. But they chose to wait until the New Year to find an occasion to launch probably the first website of any Nepali politician.

One other politician, Minister for Science and Technology, Ganesh Shah, too has maintained his blog – gshah.wordpress.com.

Courtesy: www.myrepublica.com

अब डा. भट्टराईको वेबसाइट पनि
गोरखापत्र समाचारदाता

काठमाडौ, पुस १६ गते । नेताहरूलाई वेबसाइट मोहले छुन थालेको छ । यस्को पछिल्लो उदाहरण माओवादी नेता तथा अर्थमन्त्री डा. बाबुराम भट्टराई बन्नुभएको छ । उहाँले सर्वसाधारणसाग अन्तरक्रिया बढाउन व्यक्तिगत वेबसाइटको निर्माण गर्नुभएको छ । बिहीबार सार्वजनिक गर्न लागिएको डा. भट्टराईको व्यक्तिगत वेबसाइटको ठेगाना डब्लू डब्लू डब्लू डट बाबुराम भट्टराई डट कम हो ।

वेबसाइटमा अङ्ग्रेजी र नेपाली भाषामा निर्माण गरिएको छ भने वेबसाइटमा ब्लगको व्यवस्थासमेत गरिएको छ । वेबसाइटमा बाबुराम भट्टराईको जीवनी, कार्यालयबाट सम्पादित कामका विवरण, भट्टराईको लेखनमा रहेका पुस्तक, लेखरचना, पार्टी जीवन र तस्बिरहरू राखिनेछ ।

वेबसाइटमा डा. बाबुराम भट्टराईका विषयमा अरूका प्रतिक्रिया पनि राखिने भएको छ भने वेबसाइटका पाठकले भट्टराईलाई प्रतिक्रियासमेत पठाउन सक्ने बताइएको छ ।

त्यसो त डा. भट्टराई सामाजिक नेटवर्क फेसबुकको समेत सदस्य हुनुहुन्छ । केही महिनाअघि सदस्य बन्नुभएका डा. भट्टराईले फेसबुकमा राम्रो प्रतिक्रियासमेत पाउनुभएको थियो ।

Courtesy: BaburamBhattarai.Com
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®