पत्रकार उमा सिंहको हत्यारा पक्राउ
Medilal Pasawan. Photo: Ajit Tiwari काठमाण्डौ,
January 18, 2009- पत्रकार उमा सिंहको हत्यारा अभियुक्त मेदिलाल
पासवान धनुषाको सिंगीयाहीबाट पक्राउ परेको पत्रकार महासंघ धनुषाका सचिव
अजित तिवारीले जानकारी दिएका छन् ।
तराईमा कृयाशिल सशस्त्र समूह तराई एकता परिषद धनुषाको अभियुक्त पासवानलाई
पक्राउ गर्दा ३५ राउण्ड गोली चलाउनु परेको प्रहरीले जानकारी दिएकॊ छ ।
रेडियो टुडेमा कार्यरत पत्रकार उमा सिंहको पुस २७ गते साँझ जनकपुरस्थित
आफ्नै डेरामा हत्या भएको थियो । सिंहलाई सरकारले सहिद घोषणा गरेको छ ।