Prime Minister Prachanda receiving signatures from journalists in
Kathmandu. Photos: Santa
काठमाण्डौ, January 22, 2009- पत्रकार उमा सिंहका हत्यारालाई
कारवाही तथा दण्डहिनताको अन्त्यको माग गर्दै संकलन गरिएको हस्ताक्षर नेपाल
पत्रकार महासंघले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई बुझाएको छ ।
महासंघका महासचिव पोषण केसीको नेतृत्वमा गएको टोलीले माघ ९ गते
प्रधानमन्त्री प्रचण्डलाई सो हस्ताक्षर बुझाएको हो ।
आफ्नो निवासमा हस्ताक्षर बुझाउन आएका पत्रकार टोलीसँग प्रधानमन्त्रीले
उमाको हत्याबारे थप केही पत्ता लागेको छ कि भनेर सोधेका थिए । पत्रकारहरुको
आन्दोलन संक्रमणकाल व्यवस्थापनमा सहायक सिद्ध हुने प्रधानमन्त्रीको भनाई
थियो । उनले पत्रकारहरुलाई धमिलो पानीमा माछा मार्नेहरुले फाइदा नलोओस्
भनेर सचेत हुनु पर्ने भन्दै सचेत गराए ।
वास्तविकता अझै पत्ता लाग्न नसकेपनि गम्भिर ढंगले अपराधी पत्ता लगाउन आफूले
निर्देशन दिएको जानकारी दिँदै पत्रकार सिंहको हत्या भएको स्थानमा आफू जान
इच्छुक भएपनि समय अभावका कारण जान नपाएको उल्लेख गरे ।
प्रधानमन्त्री प्रचण्डले हत्यामा कुनै व्यक्ति व्यक्तिगत रुपमा संलग्न हुन
सक्ने संभावनलाई नकार्न नसकिएपनि सिंङ्गो पार्टीलाई आक्षेप नलगाउन
पत्रकारहरुसँग आग्रह गरे । उनले हत्यारा जुसुकै भएपनि कारवाही गर्न आफू
प्रतिबद्ध रहेको दोहोर्याए ।
पत्रकार महासंघका अन्य शाखाहरुले संकलन गरेको हस्ताक्षर भने स्थानीय
प्रशासन मार्फत आजै प्रधानमन्त्रीलाई बुझाइएको छ ।