Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

पत्रकार हमला अनुगमन गर्ने संसदीय समिति गठन गर्न माग



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

Journalists protesting in Kathmandu. Photos: Santa

काठमाडौं, January, 15, 2009- नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रतामाथि निरन्तर भइरहेको हमलाका विषयमा अध्ययन अनुगमन गर्न स्थायी रुपमा संसदीय समिति गठन गर्न माग गरेको छ ।

जनकपुरकी पत्रकार उमा िसंहको हत्या प्रकरणबारे आज संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई ज्ञापनपत्र बुझाउँदै महासंघले संसदीय समिति गठनको माग गरेको हो । निरन्तर रुपमा सन्चारकर्मीमाथि भइरहेका आक्रमण रोक्न र दोषीलाई कारवाही गर्न संसदीय समिति बनाएर पहल गरिनुपर्ने महासंघका अध्यक्ष धर्मेन्द्र झाले बताउनुभयो।

पत्रकार उमा िसंहको हत्यारा पत्ता लगाई कारवाहीका लागि संसदीय टोली बनाएर छानवीन गर्न पनि महासंघले ज्ञापनपत्रमार्फत आग्रह गरेको छ । संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले पत्रकार िसंहको हत्या घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै दोषीलाई कारवाही गर्न सक्दो सहयोग गर्न वचन दिनुभयो ।

अध्यक्ष नेम्वाङले सन्चारकर्मीमाथिको आक्रमणले लोकतन्त्र समेत कमजोर पार्ने धारणा राख्नुभएको थियो । ज्ञापनपत्र बुझाउन पुगेका पत्रकारहरुले उमा िसंहको हत्याराको खोजी कार्यमा सरकारले तदारुकता नदेखाएको भन्दै गुनासो गरेका थिए । सन्चार क्षेत्रमाथि निरन्तर आक्रमण भइरहे संविधान लेखनको प्रकि्रया समेत प्रभावित हुने उनीहरुको तर्क थियो ।

यसै बिच, नेपाल पत्रकार महासंघले पत्रकार उमा िसंहको हत्या सुनियोजित भएको र सरकार छानबिन गर्न ढिला गरिरहेको भन्दै बिभिन्न चरण बद्ध आन्दोलनको घोषणा गरेको छ ।

उमा िसंह हत्याको नेपाल पत्रकार महासंघले गरेको प्रारम्भिक प्रतिबेदनको आज राजधानिमा सार्बजानिक गर्दै सो कुरा बताइएको हो । उक्त अवसरमा पत्रकार महासंका सभापति धमेन्द्र झाले उनलाइ पटक पटक धम्की आइरहेको तर उनी स्वत्ान्त्र पत्रकारितामा पछि नहटेकोले घटना सुनियोजित हुनसक्ने बताउनुभयो।
 


कार्यक्रममा बोल्ने सम्पुर्ण वक्ताहरुले तराइ क्षेत्रमा पत्रकारिता निकै कठिन बन्दै गइरहेको तर सरकार पत्रकारको सुरक्षा गर्न नसकेको र उनको आमालाईसमेत धम्की आइरहेकाले सुरक्षाको माग गरेका थिए ।


Sangita Lama, President of Working Women Journalists Association. Photos: Santa

पत्रकार महासंघले उमा िसंह हत्याको निष्पक्ष छानबिन नभएसम्म सरकारलाई दबाव जारी राख्ने बताएको छ । उक्त अवसरमा पत्रकार महासंघले प्रधानमन्त्रि, संबिधान सभाका सभाध्यक्षलाई ज्ञापनपत्र बुझाउने, देशव्यापी बिरोध जुलुस निकाल्ने जस्ता बिरोध कार्यक्रमको घोषणा गरेको छ । साथै आजै दिउसो ४ बजे पत्रकारहरुले बानेश्वरदेखि माइतिघर मण्डलासम्म बिरोध जुलुशसमेत निकालेका छन् ।

-Danda Gurung in Kathmandu









Former Miss Nepal Malvika Subba.






Photos: Santa Bagam
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®