|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
फेरी अर्को कलम भाँचियो: माओवादी युद्धपछि २८ पत्रकारको हत्या |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
पत्रकार उमा सिंहको हत्या, अपहरणमा परेका बुबा र दाजु अझै बेपत्ता![]() Journalist Uma Singh. Photo archive: Santa काठमाण्डौं, January 13, 2009- पत्रकार उमा सिंहको हत्याको सर्वत विरोध भईरहेको छ । संचारकर्मी, राजनीतिक दल, मानवअधिकारवादी संघसंस्थाले उनको हत्याको कडा निन्दा गर्दै हत्यारालाई हदैसम्मको कारवाहीको माग गरेको छ । पुस २९ गते नेपाल पत्रकार महासंघले शोक सभाको आयोजना गरेको छ । हिजो काठमाडौंमा महासंघले विरोध र्यालीको आयोजना गरेको थियो । राष्ट्रिय मानव अधिकार आयोग संचारसम्बद्ध विभन्न संघसंस्था तथा राजनीतिक दलहरुले विज्ञिप्ती मार्फत उनको हत्याको कडा निन्दा गरेको छ । २७ पुष बेलुका रेडियो टुडे ९१ मेगाहर्ज जनकपुरमा कार्यरत महिला पत्रकार उमा सिंहको अज्ञात समूहले हत्या गरेको थियो । यो घटनाले िहंशात्मक गतिविधीका कारण अशान्त तराईको शान्तिसुरक्षाको अवस्था झन नाजुक बन्दै गएको स्पष्ट भएको छ भने नागरिक अधिकारबारे खवरदारी गरिरहेको स्वतन्त्र प्रेसमाथि हत्यारा समूहले निशाना साँध्न थालेको पनि संकेत देखिएको छ । जनकपुर-१४ स्थित डेरामा बसिरहेका बेला बेलुका सवा सात बजे आएको १४-१५ जनाको हत्यारा जत्थाले सिंहमाथि धारिलो हतियारले आक्रमण गरेको थियो । जनकपुरमा उपचार हुन नसक्नेपछि उपचारका लागि राजधानी लगिदैगर्दा बाटोमै राती ११ बजे उनको मृत्यु भएको थियो । तीन वर्षअघि सिराहाको मिर्चैयाबाट बेपत्ता बनाइएका पत्रकार सिंहका बुबा रंजित र दाजु अझै फेला परेका छैनन् । बुबा र दाजुको अपहरणमा माओवादीका स्थानीय नेता/कार्यकर्ता संलग्न रहेको बताइएकाले पत्रकार सिंहको हत्यामा पनि उनीहरु नै संलग्न रहेको हुनसक्ने आशंका गरिएको छ । |
|
|
Members of Federation of Nepali Journalists (FNJ) protest rally in Kathmandu. Photo: Santa माओवादी युद्ध शुरु भएयता राज्य, विद्रोही तथा अज्ञात समूहबाट गरी २८ पत्रकारको हत्या भईसकेको छ । मधेशी समुदायकी सकृय महिला पत्रकार सिंह यसअघि पनि धम्कीको कारण जनकपुरमा बसेर पत्रकारिता गर्दै आएकी थिइन् । सिंहको आज दाहसंस्कार गरिएको छ । -Santa Bagam in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||