Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

पत्रकार उमा सिंहको हत्यामा उनकै भाउजुको हात रहेको प्रहरीको ठहर



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV


Journalist Uma Singh. Photo archive: Santa

काठमाण्डौ, January 21, 2009- अघिल्लो हप्ता जनकपुरमा हत्या गरिएकी पत्रकार उमा सिंहको हत्यामा उनकै पारिवारिक सदस्यहरुको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको छ । हत्यामा उनकै भाउजु ललिता सिंहको हात रहेको ठहर प्रहरीले गरेको छ ।

स्व. उमाका बाबु तथा दाजुहरुलाई माओवादीले दुई बर्षअघि अपहरण गरी बेपत्ता पारेकाले हत्यामा माओवादी संलग्नताको आशंका गरिएपनि प्रहरी अनुसन्धानले भने हत्या राजनीतिक कारणले नभै पारिवारिक कारणले भएको ठहर गरेको छ ।

जानकारी अनुसार सम्पत्तिको बाँडफाँड र हिस्सेदारीका निम्ति भाउजु ललिताको सासु र नन्द उमासँग बोलचालसमेत बन्द भएको थियो । नन्द उमाको नाममा पुख्यौंली सम्पत्ति बापतको २ कठ्ठा जग्गा उनकै लागि दर्ता गरिएको थियो । पारिवरको पुर्ख्यौली सम्पत्तिको रुपमा रहेको थप १० कठ्ठा जमिनपनि उमाकी दिदीहरुलाई दिने भनेर पनि उमाकै नाममा राखिएको थियो । बाँकी जमिन मध्ये दाजु सन्‍जयको नामको ३ विगाहा जमिन भाउजुको नाममा लगि सकिएको छ र ४ विगाहा आमाको नाममा थियो ।

भाउजु ललिताले सासु र नन्द उमालाई आमाका नाममा रहेको ४ विगाहा जग्गा पनि उनको नाममा पास गरिदिन दवाव िदंदै आएकी थिइन् । यसकालागि एक वर्षअघि ललिताले उमाकी आमालाई मुलघर हवेलीबाट निकाली टहरोमा बस्न वाध्य पारेकी थिइन् । प्रहरीले यही घटनाबाट उमा हत्याको अनुसन्धान सुरु गरेको थियो । अन्ततः अत्यन्तै रहस्यमय बनेको यो हत्याकाण्डको रहस्यको कारण नजिकै प्रहरी पुग्न सफल भएको छ ।
  स्व. उमाको विवाह आगामी फागुनमा हुदै थियो । बिहेका लागि आमाको नाममा रहेको जग्गा बेच्ने तयारी पनि चल्दै गरेको तर भाउजु ललिता त्यसको विरुद्धमा रहेकी थिइन् । यही कारणले उनले नन्द उमाको हत्या योजना बनाएको अनुसन्धानको परिणामले देखाएको प्रहरी श्रोतले बताएको छ । जानकारी अनुसार हत्या गरिएकी स्व. उमा स्वयंले आफ्ना निकटस्थहरुसँग आफूलाई भाउजुबाट खतरा भएको बताउँदै आएकी थिइन् ।

-Sitaram Baral in Kathmandu

Read our related news:
नेपाल पत्रकार महासंघको आह्वान जनवरी २१-२६ सबै संचारले लेख्ने:
'उमा सिंहको हत्यारालाई कारवाही गर', 'दण्डहिनताको अन्त्य गर'

पत्रकार उमा सिंहको हत्यारा पक्राउ (1 Photo)
पत्रकार हमला अनुगमन गर्ने संसदीय समिति गठन गर्न माग (10 Photo)
फेरी अर्को कलम भाँचियो: माओवादी युद्धपछि २८ पत्रकारको हत्या
पत्रकार उमा सिंहको हत्या, अपहरणमा परेका बुबा र दाजु अझै बेपत्ता
 (2 Photo)
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®