|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
पत्रकारको मुखुन्डोमा हिन्दु अतिवादी संस्थासँगको सम्बन्ध ? काठमाण्डौ,
4 Feb, 09-
हिन्दु अतिवादी संस्थासँगको सम्बन्ध र हात हतियार सम्बन्धी अभियोगमा
प्रहरीले रिपोटस्र क्लबका अध्यक्ष ऋषि धमलालाई पक्राउ गरेको छ ।मंगलबार बेलुकी सादा पोशाकका प्रहरीले क्लबको कार्यालय पुतली सडकबाटै गिरफ्तार गरॆको हो । सादा पोशाकमा खटिएका प्रहरीले लैजान खोज्दा धमलाले अस्वीकार गरेपछि काठमाडौं प्रहरी प्रमुख एसपी नबराज सिलवाल आफैले आएर उनलाई गिरफ्तार गरेका थिए । जिल्ला प्रहरी कार्यालय हनुमान ढोकामा राखिएका उनलाई बुधबार दिउसो प्रहरीले एक पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने र उनमाथि लगाइएको अभियोगका विषयमा जानकारी दिने भएको छ । जानकारी अनुसार यसै हप्ता पक्राउ परेका सुनसरीका पत्रकारहरु बीरेन्द्रकुमार मेहता, शुभक मेहता र मनोज मेहताको बयानका आधारमा धमलालाई पक्राउ गरॆको हो । मेहता तथा महतोद्धय गत हप्ता सुनसरीबाट काठमाडौं आएका थिए । भारतका हिन्दू अतिवादी समूहसँग सम्बन्ध रहेका भनिएका पत्रकार मेहता रिपोटस्र क्लबको सुनसरी जिल्ला अध्यक्षसमेत हुन् । राजतन्त्र र हिन्दू अधिराज्यको माग गर्दै राजधानी र तराईका विभिन्न जिल्लामा बम विस्फोट गराएको रणबीर सेना नामक भूमिगत समूहसँग धमलाको सम्बन्ध भएको अभियोगमा प्रहरीले गिरफ्तार गरेको अनुमान गरिएको छ । रिपोर्टस्र क्लबले मंगलबार बेलुकी एक बिज्ञप्ती जारी गरी धमलालाई प्रहरीले लगेको बताउँदै धमलालाई गिरफ्तारीपूर्व क्लबका पदाधिकारीलाई समेत धम्की दिइएको आरोप लगाएको छ । धमलालाई पक्राउ परेपछि नेपाल पत्रकार महासंघले धमलाको तत्काल सकुशल रिहाईको माग र उनीमाथिको अभियोग तत्काल सार्वजनिक गर्न माग गरेको छ । प्रहरीले भने धमलालाई पत्रकारको रुपमा नभई अपराधमा संलग्न भएकाले पक्राउ गरिएको स्पष्टिकरण दिएको छ । गृह मन्त्रालयका प्रबक्ता नबीन घिमिरेलेपनि यस्तै दावी गरेका छन् । रणबीर सेना नामक समूहले संविधान सभाको पहिलो बैठकबाट गणतन्त्र घोषणाको दिन संविधान सभा हल बाहिर बम विस्फोटन गराएको थियो । भारतीय हिन्दू अतिवादी संगठनसँग सम्बन्ध रहेका भनिएका पत्रकार मेहताले धमलाको नामसमेत उल्लेख गरेपछि प्रहरीले धमलाको गतिविधिमाथि निगरानी गर्नुका साथै उनको मोवाइलसमेत टेपिङ्ग गरेको बताइएको छ । मोवाइलमाथिको अनुसन्धानबाट धमलाको सोही समूहसँग सम्बन्ध रहेको र सोको अनुसन्धानकालागि पक्राउ गर्नुपरेको प्रहरी श्रोतले बताएको छ । धमलामाथिको प्रहरी आरोप पुष्टि भएमा नेपालका पत्रकारहरु कस्तो कर्ममा संलग्न हुँदा रहेछन् भन्ने कुराको पुष्टि हुनेछ भने पुष्टि हुन नसकेमा सरकारले सन्चार जगतको थप आलोचना ब्यहोर्नुपर्नेछ । फाइल फोटो- ऋषि धमला Photo archive: Sitaram -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||