|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
बेपत्ता पारिएका पत्रकार ठकुरीको ११ महिना पछि अझै
अत्तोपत्तो छैन नेपाल पत्रकार महासंघको प्रतिबेदनको ठहर काठमाडौं, May 14, 2008-यो
कंचनपुरका पत्रकार प्रकाश ठकुरीको अपहरणसम्बन्धमा नेपाल पत्रकार महासंघको
प्रारम्भिक प्रतिवेदन हो ।अपहरणको आरोप कंचनपुरका स्थानीय माओवादी कार्यकर्तामाथि लाग्दै आएको छ । नेपाल पत्रकार महासंघको तत्कालिन केन्द्रीय समितिद्धारा गठिन कार्यदलले यो प्रतिबेदन तैयार पारेको थियो । पत्रकार महासंघका नबनिर्वाचित अध्यक्ष धमेन्द्र झाले माओवादी अध्यक्ष प्रचण्डसँग उनको स्थिति सार्वजनिक गर्न आग्रह गरिसकेका छन्। नेपाल पत्रकार महासंघ कंचनपुरका पूर्व उपसभापति पत्रकार प्रकाशिसंह ठकुरीलाई महेन्द्रनगरको भासीस्थित आपुनै डेराबाट २०६४ असार २१ गते विहान अपहरण गरी बेपत्ता पारिएकाले स्थितिको स्थलगत अध्ययन गर्न नेपाल पत्रकार महासंघले उपसभापति डीआर पन्तको संयोजकत्वमा गठन गरेको मिसनले चार दिन लगाएर अध्ययन पुरा गरेको छ । महासंघको मिसनले मंसिर १ देखि ४ गतेसम्म महेन्द्रनगरमा पत्रकार ठकुरीलाई अपहरण गरिएको स्थलको अवलोकन गरी घटनाका प्रत्यक्षदर्शी श्रीमती जानकी ठकुरी र आफन्त प्रहरीको नियन्त्रण र निगरानीमा रहेका व्यक्तिहरु, सन्चारकर्मी, राजनीतिक दलका नेता, कार्यकर्ता, प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख तथा स्थानीय माओवादी नेतृत्वसँग प्रत्यक्ष भेटघाट गरी छलफल र सूचना संकलन गरेको थियो । सोही आधारमा यो प्रारम्भिक प्रतिवेदन तयार गरिएको छ । अपहरणका केही तथ्यहरु -नेपाल पत्रकार महासंघ कंचनपुर शाखामा तीन कार्यकालदेखि उपसभापति रहेका ३६ वर्षीय पत्रकार प्रकाश ठकुरी महेन्द्रनगरबाट प्रकाशित हुने आजको समाचार दैनिक (हाल बन्द) का सम्पादक रहेका । शाही साशनको पक्षधर भएर संगठित रुपमा नेपाल पत्रकार महासंघविरुद्ध कृयाशील भएपछि उनलाई महासंघको सदस्यसमेतबाट निस्काशन गरिएको । -आर्थिक अवस्था कमजोर रहेका ठकुरीले पछिल्लो समय आफुलाई 'नेपाल जनतान्त्रिक मोर्चा' नामको समूहको सम्राट घोषणा गरी रणबहादुर चन्दको नाममा संदिग्ध गतिविधिमा कृयाशिल रहेको सोही क्रममा झण्डै चार महिना काठमाडौँमा बसेर ३ जेठमा केही पैसा समेत लिएर कंचनपुर फर्किएको सूचना माओवादी र प्रहरी प्रशासनले समेत पाएको । -२०६४ असार २१ गते विहान कंचनपुर-१ भासीस्थिति आफ्नै डेराबाट तीनवटा मोटरसाइकलमा आएको ९-१० जनाको समूहले अपहरण गरेर लगेपछि हालसम्म पनि स्थिति अज्ञात रहेको । -नेकपा माओवादीका एरिया कमिटि सदस्य तथा जन स्वास्थ्यकर्मी संघका जिल्ला सचिव पोमलाल शर्मा समेतको संलग्नताले ठकुरीको अपहरण माओवादीले गरेको चर्चा भएपछि माओवादीको कंचनपुर जिल्ला कमिटिले २४ असारमा पत्रकार सम्मेलन गरी आफ्नो पार्टीको संलग्नता अस्वीकार गरेको सोही दिन साँझ 'नेशनल रिपब्लिकन आर्मी' को नाममा 'क्रान्तिदीप' ले विज्ञप्ती जारी गरी ठकुरीलाई आफ्नो समूहले अपहरण गरेको र भाग्न खोज्दा हत्या गरिएको जनाएको । -घटनामा संलग्न रहेको भन्दै प्रहरीले २४ असारमा पोमलाल शर्मालाई नियन्त्रणमा लिएर सामान्य सोधपुछपछि छाडिदिएको । हाल राष्ट्रिय रुपमा दबाब बढेपछि उनलाई पुनः नियन्त्रणमा लिएको । प्रकाश ठकुरीसँग काम गरेकी तुलसी भट्टलाई नियन्त्रणमा लिएर घटनाको बारेमा सोधपुछ गरी छाडिदिएको तर घटनामा प्रत्यक्ष संलग्न व्यक्तिहरुलाई हालसम्म नियन्त्रणमा नलिएको । -घटना लगत्तै पत्रकार ठकुरीको स्थिति पत्ता लगाई सार्वजनिक गर्न माग गर्दै नेपाल पत्रकार महासंघ कंचनपुरले स्थानीय प्रशासन र गृह मन्त्रीलाई ज्ञापनपत्र दिएको तथा दबाबका लागि संघर्ष गर्दै आएको । महासंघको पहलमा असार २४ गते नै स्थानीय १० वटा मानवअधिकारवादी संघसंस्थाहरुले ठकुरीको स्थिति तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको । अपहरणमा माओवादी संलग्नताका आधारहरु -दरबार निकटका व्यक्तिहरुबाट पैसा लिएर ठकुरी महेन्द्रनगर आएको र लोकतान्त्रिक दल तथा माओवादीविरुद्ध गतिविधि सन्चालन गर्ने तयारी गरेको भन्ने सूचना पार्टीले पाएको माओवादीको कंचनपुर जिल्लाका सह-इन्चार्ज टेकेन्द्र भट्ट विक्रमको भनाइ रहेको । -अपहरण गर्न आएका व्यक्तिहरुलाई माओवादीका एरिया कमिटि सदस्य तथा जन स्वास्थ्यकर्मी संघ कंचनपुरका सचिव पोमलाल शर्माले ठकुरीको डेरा देखाइ दिएको र अपहरणको बेला उनी पनि सँगै रहेको अपहरणकारीले माओवादी शैलीमा ठकुरीलाई खोज्दै दुई वटा घर खानतलासी गरेको र त्यसमा संलग्न डडेलधुरा जिल्ला रुपाल गाविस घर भई महेन्द्रनगरमा प्रकाश ठकुरीको डेरा नजिकै डेरा गरी बस्ने अखिल क्रान्तिकारीका चन्द्रकान्त भट्टलाई प्रत्यक्षदर्शी र श्रीमती जानकीले चिनेको । स्थानीय जनज्योति बहुमुखी क्याम्पसमा अध्ययनरत भट्ट अखिल क्रान्तिकारीको कार्यकर्ता रहेको कुरा माओवादीको स्थानीय नेतृत्वले समेत मिसनसँग स्वीकार गरेको । -शुरुमा प्रहरीलाई बयान दिने क्रममा र सन्चारकर्मीहरुसँग समेत पोमलाल शर्माले ठकुरीको घर देखाइदिएको र अपहरणमा माओवादीको योङ कम्युनिष्ट लिग 'वाइसिएल' का कार्यकर्ताहरुको संलग्नता रहेको बताएको । शर्माले आफुलाई 'दरबार निकटका व्यक्तिहरुबाट पैसा लिएर आएको सूचना पाएर हाम्रा केटाहरुले सोधपुछका लागि लगेका हुन् केही दिनमै छाडिदिन्छन् चिन्ता मान्नु पर्दैन' भनेको श्रीमती जानकीको भनाई रहेको । -२४ असारमा पत्रकार सम्मेलनमा कंचनपुरका तत्कालीन माओवादी जिल्ला इन्चार्ज विक्रमले ठकुरीविरुद्ध विभिन्न आरोप लगाउँदै उनको अपहरणमा आफ्नो पार्टीको संलग्नता नभएको बताएपनि अनौपचारिक रुपमा 'ठकुरीको बारेमा किन चिन्ता गर्नुहुन्छ आज साँझसम्म उनको स्थिति स्पष्ट भैहाल्छ' भनेको स्थानीय सन्चारकर्मीको भनाइ रहेको । त्यही राती यसअघि कहिल्यै नाम नसुनिएको 'नेशनल रिपब्लिकन आर्मी' ले ठकुरीको अपहरण र हत्याको जिम्मेवारी लिँदै विज्ञप्ती जारी गरेको तर उक्त विज्ञप्ती स्थानीय पत्रपत्रिका र सम्वाददातालाई उपलब्ध नगराई सिधै सरकार नियन्त्रित नेपाल टेलिभिजन र रेडियो नेपालबाट महत्वकासाथ प्रशारण गरिएको । उक्त समाचार पत्रपत्रिकाबाट नभएर नेपाल टेलिभिजनबाट नै थाहा पाएको हाल कंचनपुरका माओवादी इन्चार्ज अखण्डको भनाई रहेको । त्यसबेला सन्चारमन्त्रालय माओवादीको नेतृत्वमा रहेको । -हाल प्रहरी नियन्त्रणमा रहेका माओवादी कार्यकर्ता पोमलाल शर्माले ठकुरीको अपहरण वाइसिएलका सेती-महाकाली संयोजक प्रेमको निर्देशनमा भएको र त्यसमा वाइसिएलका कार्यकर्ताहरु जगत क्षेत्री, दिलिप शाही, विपिन शाही, निखिल र शिशिर संलग्न रहेको बयान दिएको भन्ने कन्चनपुरका एसपी छविलाल जोशी बन्जाडेको बनाइ रहेको । निष्कर्ष तथा सुझाव पत्रकार ठकुरीको पृष्ठभूमी अपहरणको घटनाको प्रकृति प्रत्यक्षदर्शी सन्चारकर्मी, परिवार, घटनामा संलग्न माओवादी कार्यकर्ताको बयान र प्रहरी प्रशासनको भनाइबाट माओवादीको वाइसिएलले ठकुरीको अपहरण गरेको पुष्टी भएको छ । 'नेशनल रिपब्लिकन आर्मी' को नाममा आएको विज्ञप्तीले पत्रकार ठकुरीको हत्या भैसकको संकेत गर्छ तर अपहरणमा आफ्ना कार्यकर्ताहरुको संलग्नतालाई अस्वीकार गरेर माओवादीले घटनालाई झन् रहस्मय बनाउन खोजेको देखिन्छ । ठकुरी अपहरणमा माओवादीको संलग्नताले गर्दा नै प्रहरी प्रशासन कारबाही प्रकृयामा सकृय रुपमा अगाडि बढ्न नसकेको मिसनको ठहर छ । घटनामा प्रत्यक्ष रुपमा संलग्न व्यक्तिहरु पहिचान भैसक्दा पनि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिन नसक्नु त्यसको प्रमाण हो । जुनसुकै आरोपमा होस् एकजना सन्चारकर्मीको अपहरण गरिनु र लामो समयसम्म स्थिति सार्वजनिक नगरिनु मानवअधिकार विरुद्धको गम्भिर अपराध हो । कुनै पनि व्यक्ति संदिग्ध गतिविधिमा संलग्न भएको पाइएमा छानविन गरेर कारबाही गर्ने दायित्व सरकारको हो माओवादी वा अन्य कुनै पनि समूहलाई कानुन उल्लंघन गरेर सरकारको दायित्व आफ्नो हातमा लिने अधिकार छैन । माओवादीबाट भएको पत्रकार ठकुरीको अपहरण वृहत् शान्ति सम्झौताको उल्लंघन त हो नै फरक अस्था र विचार राख्ने व्यक्तिलाई दुस्मनकै कित्तामा राखेर िहंसात्मक कारबाही चलाउने प्रवृत्तिको निरन्तरताको प्रमाण पनि हो । नेपाल पत्रकार महासंघ अपहरणको जिम्मेवारी लिएर पत्रकार ठकुरीको स्थिति तत्काल सार्वजनिक गर्न र घटनामा संलग्न व्यक्तिहरु प्रहरीलाई बुझाउन माओवादीसँग माग गर्दछ । साथै पहिचान भैसकेका अपराधीहरुलाई तत्काल नियन्त्रणमा लिएर कारबाही प्रकृया अगाडि बढाउन र पीडित परिवारलाई राहत उपलब्ध गराउन सरकारसँग माग गर्दछ । नेपाल पत्रकार महासंघको मिसन टोलीका सदस्यहरु -डीआर पन्त, संयोजक, उपसभापति, नेपाल पत्रकार महासंघ -पूर्ण बस्नेत, सदस्य, नेपाल पत्रकार महासंघ -रमेश विष्ट, सदस्य, नेपाल पत्रकार महासंघ ५ मंसिर २०६४ Prakash Thakuri. Photo courtesy: Sirab |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®