Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

प्रचण्डबाट अभिनन्दन लिदै पत्रकार ठकुरीको अवस्था सार्वजनिक गर्न माग


पत्रकार ठकुरीको अवस्था सार्वजनिक गर्न माग गर्दै महासंघका अध्यक्ष झा

काठमाडौं, May 13, 2008-नेपाल पत्रकार महासंघले पत्रकार प्रकाश ठकुरीको अवस्था सार्वजनिक गर्न माओवादी अध्यक्ष प्रचण्डसँग आग्रह गरेको छ ।

महासंघको नवनिर्वाचित कार्यसमितिको सम्मानमा माओवादीद्धारा आयोजित अभिनन्दन कार्यक्रममा महासंघका नब निर्वाचित अध्यक्ष धर्मेन्द्र झाले ठकुरीको अवस्था सार्वजनिककालागि माओवादीको नेतृत्वसँग आग्रह गरेका हुन् । यो नब निर्वाचित कार्यसमितिले पाएको २७ औं अभिनन्दन थियो । 'प्रकाश ठकुरीको यथार्थ स्थिति बाहिर ल्याउनुपर्छ, माओवादीसँग महासंघको नयाँ कार्यसमितिको यही आग्रह छ' झाले भने- 'पत्रकारहरुको तर्फबाट कमी कमजोरी भएका छन् भने छलफलद्धारा टुङ्ग्याइनुपर्छ पत्रकारमाथि आक्रमण नै गर्न भने पाइन्न ।' उनले पत्रकारिताको क्षेत्रमा भएका समस्याहरु प्याकेजको रुपमा समाधान गनुपर्नेपनि बताए।

कन्‍चनपुरका 'पत्रकार ठकुरीको अपहरण माओवादी कार्यकर्ताले गरेको आरोप लाग्दै आएको छ । गत असोजमा अपहरित भएका उनको हालसम्म अवस्था अज्ञात छ । उनको अपहरणको केही हप्तापछि माओवादीले तत्कालिन उपाध्यक्ष डीआर पन्तको संयोजकत्वमा एक कार्यदल गठन गरेको थियो । कार्यदललेपनि स्थानीय माओवादी कार्यकर्ताद्धारा उनको अपहरण भएको तथ्य सार्वजनिक गरेको थियो । केही समय अघिसम्म पत्रकारिता गरेपनि पछिल्लो समय ठकुरी आपराधिक कॄयाकलापमा सकृय भएको ठहरपनि कार्यदलले गरेको थियो । एक भूमिगत राजाबादी संगठनको गठन गरी उनले मानवअधिकारबादी नेता कृष्ण पहाडीको निवासमा बम पड्काउने कामको नेतृत्व गरेको तथ्यपनि फेला परेको थियो ।

अध्यक्ष झाले संविधान सभाले बनाउने नयाँ संविधानको प्रस्थावनामै प्रेस स्वतन्त्रताको व्यवस्थाका लागि पहल गरिदिनपनि माओवादी अध्यक्ष प्रचण्डसँग आग्रह गरे । उनको भनाई थियो- 'संविधानको प्रस्थावनामै प्रेस स्वतन्त्रतालाई उल्लेख गरिनुपर्छ । यसो गर्दा प्रेस स्वतन्त्रता सम्बन्धी व्यवस्था अपरिवर्तनीय हुन्छ । र कसैले कुनैपनि बहानामा प्रेस स्वतन्त्रताको हनन गर्न पाउन्न ।' प्रेस स्वतन्त्रता र नागरिक स्वतन्त्रता एक अर्काको पुरक भएको बताउँदै प्रेस स्वतन्त्रता सम्बन्धी व्यवस्था गरिए त्यो पत्रकारप्रतिमात्र होइन सबै नागरिकलाई गुन लगाएको ठहरिने बताए । उनले भने- 'यो अवसर माओवादी पार्टीले नगुमावस् ।'

नव निर्वाचित कार्यसमितिको अभिनन्दन गर्दै माओवादी अध्यक्ष प्रचण्डले बिगत द्धन्दकालमा आफ्ना स्थानीय कार्यकर्ताहरुद्धारा प्रेस जगतप्रति कमजोरी भएको बताए । 'कमजोरी हुँदा हामीले माफीपनि मागेका छौं र स्वतन्त्रताको आन्दोलनमा तपाईंहरुले खेल्नुभएको भूमिकाको मुक्त कण्ठले प्रसंसापनि गरेका छौं' प्रचण्डले भने- 'प्रकाश ठकुरी प्रकरणले १० बर्षे द्धन्दको घाउ अझै आलो छ भन्ने देखाएको छ उहाँको स्थिति सार्वजनिक गर्न हामी सहयोग गर्छौ।'

उनले सूचनाको अधिकार आम जनतासम्म पुर्याउने पक्षमा माओवादी रहेको बताए । 'अहिलेसम्म सूचनाको अधिकार सामन्त, जमिन्दार र पूँजीपतिकालागिमात्र छ' प्रचण्डले भने- 'सूचनाको अधिकार सबैभन्दा बढि गरिव जनताले पाउनु पर्छ हामी सरकारमा गएपछि कानून निर्माण गरेर यससम्बन्धी व्यवस्था गर्नेछौं ।' नयाँ संविधान निर्माणमा प्रेसको भूमिका महत्वपूर्ण हुनेपनि प्रचण्डले बताए । उनको भनाई थियो- 'नयाँ नेपाल निर्माण र जनताले चाहेको शान्ति प्रबद्र्धनमा प्रेसले गुणात्मक भूमिका खेल्नेछ भन्ने विश्वास हामीले लिएका छौं ।'

प्रचण्डले शान्ति प्रकृया र अग्रगमनमा अहिलेपनि केही चुनौति रहेको बताए । नेपाली कांग्रेस र प्रम गिरिजाप्रसाद कोइरालाप्रति लक्षित गर्दै उनले निर्वाचनमा जनताले व्यक्त गरेको अभिमत स्वीकार्न अझै कतिपयलाई अप्ठेरो लागेको बताउँदै भने- 'देश अहिलेपनि महान संभावना र गंभीर चुनौतिको बीचमा छ, हामी गंभीर चुनौतिलाई चिर्दै महान संभावना खोज्ने क्रममा छौं यसमा हामीलाई प्रेसको सहयोग चाहिन्छ ।'


नेपाल पत्रकार महासंघका नव निर्वाचित पदाधिकारीहरुको अभिनन्दन कार्यक्रममा स्वागत भाषण गर्दै माओवादीका अर्धभूमिगत नेता धमेन्द्र बास्तोला Maoist leaders Prachanda and Dharmendra Bastola. Photos: Sitaram Baral

अझै अर्ध भूमिगत रहेका एक माओवादी नेता सो कार्यक्रममा सार्वजनिक भएका थिए । माओवादी केन्द्रीय सदस्य धर्मेन्द्र बास्तोलाले अभिनन्दनमा उपस्थित नवनिर्वाचित कार्यसमितिको स्वागत गरेका थिए । यो उनको पहिलो सार्वजनिक कार्यक्रम थियो । जनयुद्धका क्रममा उनी यूरोप-अमेरिकालगायतका देशमा रही भूमिगत रुपले माओवादी संगठन विस्तार कार्यमा संलग्न थिए । सो कार्यक्रमपछि अब माओवादीका सबै केन्द्रीय सदस्यहरु खुला भएका छन्।

-Sitaram Baral in Kathmandu
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®