Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
संचारकर्मी तथा अधिवक्ता इन्द्र लोहनीको असमयिक निधन


Tribute to journalist & lawyer Indra Lohoni. Photo: Sitaram

काठमाण्डौ, January 17, 2009- संचारकर्मी तथा अधिवक्ता इन्द्र लोहनीको पशुपति आर्यघाटमा माघ ४ गते दाहसंस्कार गरिएको छ।

लोहनीको शवमा उनका भाई मधु लोहनीले दागबत्ती दिए । यसअघि लोहनीको शवलाई श्रद्धान्‍जलीको लागि नेपाल बार एशोसिएसनको कार्यालय परिसरमा राखिएको थियो ।

उनलाई श्रद्धान्‍जली व्यक्त गर्न शनिवार विहान सयौंको भीड लागेको थियो । शनिवार विहान ९ बजे उनको शव नर्भिक अस्पतालबाट पुतलीसडकस्थित नेपाल बार एसोसिएसनको कार्यालय परिसरमा लगिएपछि सयौं शुभेच्छुकहरुले स्व. लोहनीप्रति फुल-अविर चढाएर अन्तिम श्रद्धान्‍जली दिएका थिए ।

लोहनीको शवमा बिभिन्न राजनीतिक दलका नेता, कलाकार, व्यवसायी, सन्‍चारकर्मी लगायतले श्रद्धान्जली अर्पण गरेका थिए । टेलिभिजन कार्यक्रम बहसका लागि चर्चित लोहनीको हिजो राती ह्रृदयाघातबाट निधन भएको थियो ।

नेपाल बार एसोसिएसन सर्बोच्च अदालत शाखाका पूर्व सचिव समेत रहेका स्व. लोहनी पछिल्लो समय कान्तिपुर टेलिभिजनसँग आवद्ध थिए । सो टेलिभिजनमा हरेक आइतबार प्रशारण हुने अन्तर्वार्तात्मक बहस कार्यक्रमका उनी प्रस्तोता थिए । उनी ४१ बर्षका थिए ।
 
Tribute to journalist & lawyer Indra Lohoni. Photo: Sitaram

पुख्र्यौली घर लमजुङ्ग उदीपुर घर भएपनि झापा तोपगाछीमा स्थायी घर भएका लोहनीलाई काठमाडौं बानेश्वरस्थित निवासमा शुक्रबार बेलुकी ह्दयघात भएको थियो । ४१ बर्षीय लोहनीलाई लगत्तै नर्भिक अस्पताल पुर्याइएपनि अस्पताल पुग्नु अघि नै उनको निधन भएको घोषणा चिकित्सकहरुले गरे ।

पारिवारिक श्रोतका अनुसार १० बर्षअघि २०५५ सालदेखि नै उनको स्वास्थ्यमा समस्या देखिएपछि उनले ह्दयघातको औषधि सेवन गर्न थालेका थिए । तरपनि उनी बाँच्न सकेनन् । उनको निधनले नेपालको पत्रकारिता र कानूनजगतले एक सक्षम व्यक्तित्व गुमाएको छ ।

उनको शनिवार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । स्व. लोहनीका श्रीमति र दुई छोरी छन् ।

-Sitaram Baral & Santa Bagam in Kathmandu


Journalist & lawyer Indra Lohoni's body was being taken to Aryaghat. Photos: Santa


Photo: Santa
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®