Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

१० लाख पाउने लोभमा धमला परे शोकमा ?



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

काठमाण्डौ, 4 Feb, 09- मंगलबार आफ्नै कार्यालयबाट पक्राउ परेका रिपोटस्र क्लबका अध्यक्ष ऋषि धमलाले रणबीर समूहसँग मिलेर व्यापारीसँग चन्दा माग्ने गरेको अभियोग प्रहरीले लगाएको छ ।

पक्राउ परेका सो समूहका कार्यकर्ताहरुसँगको बयानका आधारमा प्रहरीले उनीमाथि यो अभियोग लगाएको हो ।

सो सशस्त्र समूहको उपत्यका कमाण्डरसमेत रहेका पत्रकार रामशुभक महतोले दिएको सूचनाको आधारमा पक्राउ परेको देखिन्छ ।

सो समूहकालागि कुनै व्यापारीसँग ८० लाख रुपैयाँ चन्दा माग गरिएको र उनले त्यति रकम दिन नसक्ने बताएपछि धमलाले मध्यस्थता गरिदिएको र सोबापत धमलालेपनि केही प्रतिसत पाउने सहमति भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीले पक्राउ गरेका रामशुभक महतो, मनोज महतो र बीरेन्द्रकुमार मेहताले प्रहरीलाई दिएको बयानमा धमलाको नामसमेत पोलेका छन् ।

महतोले दिएको जानकारी अनुसार धमलाको मध्यस्थतामा ती व्यापारीले ४० लाख रुपैयाँ चन्दा दिने र सोही बापत धमलाले १० लाख पाउने सहमति भएको थियो । तिनै व्यापारीले प्रहरीलाई दिएको जानकारीका आधारमा प्रहरीले धमलामाथि निगरानी सुरु गरेको थियो । निगरानीका क्रममा धमलाले रणबीर समूहसँग गरेको फोनको रेकर्डपनि सुनाएको थियो । फोनमा धमलाले गरेको कुराकानीले उनको गतिविधि शंकास्पद देखिन्छ ।

यस सम्बन्धमा जानकारी दिन बुधबार अपरान्ह तीनबजे प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा सयौं पत्रकारहरुको भीड लागेको थियो । पत्रकार सम्मेलनमा उपत्यका प्रहरी कार्यालयका आयुक्त डिआइजी रमेश श्रेष्ठले सो प्रकरणमा चार जना पक्राउ परेको भन्दै पक्राउ परेका तीन जनाले दिएको बयानको भिडियो रेकर्ड देखाएका थिए । तर धमलालाई भने प्रहरीले पत्रकार सम्मेलनमा प्रस्तुत गरेन ।

प्रहरीले धमलाको संलग्नता गम्भीर प्रकृतिको रहेको भन्दै थप अनुसन्धान गरिने र पक्राउ परेका तीनै जनालाई पत्रकार सम्मेलनमार्फत् नै सार्वजनिक गरिने बताएको छ । उता रिपोटस्र क्लबले धमलालाई सुनियोजित ढंगले फसाउन खोजिएको र प्रयोग गरिएका कथित व्यापारी व्यापारी नभै प्रहरी नै भएको दावी गरेको छ । यसरी प्रयोग गरिएका प्रहरीलाई पैसा र बढुवाको लोभ देखाएर प्रयोग गरिएको दावीपनि क्लवको छ ।

'व्यापारीको भेषमा प्रयोग भएका ती प्रहरीको नाम केही समयपछि रिपोर्टस्र क्लब नेपालले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नेछ' क्लबका कार्यालय सचिव बैकुण्ठ ढुङ्गानाले प्रेस विज्ञप्ती जारी गर्दै भनेका छन्- 'क्लबमा केही महिनायता सुराकी गर्न पठाइने गरिएका प्रहरीहरुसंगको समन्वयमा ती प्रहरीले षड्यन्त्रलाई अगाडि बढाएका थिए । भिडियो रेकर्डमा देखाइएकाहरुलाई पटक पटक अध्यक्ष धमलाको नाम पोल्न लगाइएको' दावीपनि गरिएको छ ।
 
अभियोग लगाइएका धमलाको अनुपस्थितिमै धमलाको बारेमा दिइएका बयानहरुको भिडियो रेकर्डमात्र प्रस्तुत गरेर प्रहरीले पत्रकार सम्मेलन गरेपछि पत्रकारहरु भने अन्योलमा परेका छन् । जानकारी अनुसार विरामी भएपछि अस्पताल लगिएका धमलाले त्यहाँ भेट भएका डाक्टरहरुलाई आफूलाई फसाइएको बयान दिएका थिए ।

फाइल फोटो- ऋषि धमला Photo archive: Sitaram

-Sitaram Baral in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®