|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
बुटवलका पत्रकार देवबहादुर पाटा मगरको दुर्घटनामा
परेर मृत्यू बुटवल, 26 Feb, 09- बुटवल निवासी पत्रकार देवबहादुर पाटा मगरको फागुन १४ गते दुर्घटनामा परेर मृत्यू भएको छ । बुटवलको चौराहामा बुधबार साँझ ना.१ ख २३४४ नं. को ट्रकले पत्रकार पाटा मगर चढेको लु २ प ५०४४ नं को मोटरसाईकललाई ठक्कर दिएपछि उनको मृत्यु भएको हो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका ४० वर्षीय पाटामगरको उपचारकोक्रममा लुम्बिनी अंचल अस्पतालमा मृत्यु भएको हो । पत्रकार पाटा मगरको निधनले आदिवासी जनजाति, दलित, मधेशी, महिला र सिङ्गो मुलुकले एक निर्भीक कलमजिवी गुमाएको छ । पत्रकार पाटा मगरको मृत्यूपछि उनका आफन्तहरुले दोषीलाई कारवाही तथा मृतकको परिवारलाई क्षतिपूर्तिको माग गर्दै विरोध प्रर्दशन गरेका छन् । नेपाल पत्रकार महासंघ, मगर आमसंचार कर्मी समाज, नेपाल मगर संघ, नेपाल मगर भाषा तथा साहित्य विकास केन्द्र लगायतका संघसंस्थाले पत्रकार पाटा मगरको परिवारलाई उचित क्षतिपूर्ति तथा दोषीलाई कारवाहीको माग गर्दै प्रेस वक्तव्य जारी गरेका छन् । बुटवल ४ स्थायी घरभएका पाटा मगर नयाँ राज्यसत्ता साप्ताहिकका प्रधानसम्पादक थिए । उनले २०५२ सालमा बुद्ध सन्देश साप्ताहिकबाट सह-सम्पादकको रुपमा पत्रकारिता प्रारम्भ गरेका थिए । कानुनमा स्नातक गरेका पत्रकार पाटा मगर २०५९ सालदेखि रेडियो लुम्बिनीमा मगर भाषाको कार्यक्रम मिन्हाम गोराकको उत्पादक तथा प्रस्तोता समेत थिए । आदिवासी जनजाति पत्रकार संघ रुपन्देहीका संस्थापक अध्यक्ष रहेका पाटा मगर नेपाल मगर संघ रुपन्देहीका सचिव, मगर संघ पाल्पाका सहसचिव भइसकेका थिए । पत्रकार पाटा मगरले राज्यले वहिस्करणमा पारेका आदिवासी जनजाति, दलित, महिला, मधेशी तथा धार्मिक अल्पसंख्यकहरुको बारेमा कलम चलाउँदै आएका थिए । नेपाल मगर भाषा तथा साहित्य विकास केन्द्रका संस्थापक सचिवसमेत रहेका पाटा मगर दजर्नौ संघसंस्थामा आवद्ध थिए । पुरानो घर पाल्पामा भएका स्वर्गीय पत्रकार पाटा मगरका एक श्रीमती, एक छोरा र तीन छोरी छन् । -Santa Bagam in Kathmandu |
|
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||