Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

पत्रकार पुरस्कार समावेशी नभएपछि बिबाद



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV


Honoured journalists in Palpa. Photos: Hari

पाल्पा, January 4, 2008- नेपाल पत्रकार महासंघ पाल्पाको १७ स्थापना दिवस तथा भवन निर्माणारम्भ को अवसरमा वितरित विभिन्न शिर्षकको एघार वटा पुरस्कार प्रति नेपाल आदिवासी जनजाति पत्रकार संघ पाल्पाले असन्तुष्टि जनाएको छ ।

पाल्पाको तानसेनमा भएको सो कार्यक्रममा समावेशी ढंगले सवै क्षेत्र वर्ग र समुदायहरुलाई नसमेटी राजनैतिक ढंगले पुरस्कार वितरण गरि पाल्पामा सकि्रय रुपमा कि्रयाशिल आदिवासी जनजाति पत्रकारहरुलाई उपेक्षा गरेको भन्दै संघले यो असन्तुष्टि जनाएको हो ।

यो असन्तुष्टि जनाए पछि कार्यक्रमकै विचमा वितरण गर्न भनि निर्णय हुनै बांकी रहेको बैकुण्ठ ध्वज पुरस्कारमा आदिवासी जनजाति पत्रकारहरलाई समेटिएको कार्यक्रम सन्‍चालनकै क्रममा कार्यक्रम सन्‍चालक तथा पत्रकार महासंघका सचिव राजेश कुमार अर्यालले जानकारी गराएका थिए ।

कार्यक्रमा गोपालप्रसाद बस्याल, रामप्रसाद न्यौपाने र कवीराज नेपाललाई उत्कृष्ट पत्रकारिता पुरस्कारले पुरस्कृत गरिएको थियो भने मन गहिरे, कृष्ण पोखरेललाई देवीभक्त चोलाकुमारी सामाजिक सेवा पत्रकारिता पुरस्कारले पुरस्कृत गरिएको थियो । त्यस्तै ६ जना अन्य पत्रकारहरु मुना घिमिरे, लक्ष्मण घिमिरे, विष्णु आचार्य, किरण कौशल, शैलज नेपाल र बासुदेव ढकाललाई सृजनसील पत्रकारिता पुरस्कारले पुरस्कृत गरिएको थियो ।

आदिवासी जनजाति पत्रकारहरुले आ-आफ्नो क्षेत्रबाट स्वतन्त्र, स्पष्ट र व्यावसायिक पत्रकारिताबाट कलम चलाई रहेको भएतापनि यसको अवमुल्यन गरि यि तीन शिर्षकको एघार वटा पुरस्कार मध्येमा आदिवासी जनजाति पत्रकारहरुलाई समेटन नसेकोले संघले असन्तुष्टि जनाएको हो ।
 
नेपाल पत्रकार महासंघ पाल्पाले मुलुकको विभिन्न परिवर्तनको काल खण्डमा महत्वपुर्ण योग्दान पुर्याउदै आएको छ साथै पछिल्लो जनआन्दोलनदेखि संविधानसभा सम्म आईपुग्दा प्रेस स्वतन्त्रता मौलिक हक अधिकार तथा लोकतान्त्रिक मुल्या मान्यता अनुरुप आगाडी बढने प्रतिबद्धता समेत जनाएको तर समावेशीको खोल ओढेर विभिन्न तानाबाना बुनी आदिवासी जनजाति पत्रकारहरुलाई पुस्कृत हुन बाट पाखा पारेको नेपाल आदिवासी जनजाति पत्रकार संघको ठहर रहेको छ ।

आदिवासी जनजाति पत्रकारहरुको असन्तुष्टि सुने पछि नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा क्षेत्रिय संयोजक पुण्य प्रसाद पौडेलले पुरस्कार वितरणमा फराकिलो दृष्टिकोण राख्नु पर्ने बताउदै महासंघको २२ औ महाधिवेशनले समावेशिको कुरालाई उठाएको स्मरण गराउनुभयो ।


 Photos: Hari

नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष भगवान भण्डारीको अध्यक्षतामा चलेको उक्त कार्यक्रममा पत्रकार सेनानी तथा पाल्पाका अग्रज पत्रकार मेघराज शर्मा, सभासदहरु कुल प्रसाद नेपाल, विनोद पहाडी, रुपा विकले संविधान सभामा पत्रकारहरुले खेलेको महत्वपुर्ण भुमिकाको चर्चा गर्दै पत्रकार तथा मिडिया हाउस माथिको आक्रमणमा संलग्न अपराधीहरुलाई छिटो भन्दा छिटो सरकारले कार्वाही गर्नु पर्ने विचार राखेका थिए । उनीहरुले श्रमजिवी पत्रकारहरुको पेशागत सुरक्षा र ग्यारेन्टी हुनु पर्ने समेतमा जोडदिएका थिए ।

त्यसैगरि राजनैतिक दल तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु समेतले स्वतन्त्र पत्रकारिता माथि जो कसैले पनि आक्रमण गर्छ भने उनीहरुलाई कार्वाही गरिनु पर्ने र पत्रकारहरुको जीउ धनको सुरक्षा गर्नु पर्ने धारण राखेका थिए । कार्यक्रममा बोल्ने सवै वक्ताहरुले नेपाल पत्रकार महासंघ पाल्पा शाखाको भवन निर्माण गर्ने कार्यमा भौतिक तथा आर्थिक रुपामा सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए । भवन निर्माण गर्ने कार्यमा भौतिक तथा आर्थिक रुपामा सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए । भवन निर्माणको अनुमानित २२ लाख ८२ हजार भन्दा बढी रहेको महासंघ पाल्पाले जनाएको छ ।

-Haribahadur Saru in Palpa
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®