|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
दरबारको जागिर खाने छोरी माग्न जाने दरवारको प्रमुख सचिवालय रहेको भवन Photo: Sharmila काठमाडौं, June 8, 2008- कुनै समय यस्तो थियो- जागिर खाने भए दरवारको जागिर खानु भनिन्थ्यो । दरवार शक्तिशाली भएकाले दरवारमा जागिर खानेहरुको शानै बेग्लै हुन्थ्यो । दरवारका कर्मचारीका अघिल्तिर निजामति सेवाका कर्मचारीहरुले हीनताबोध महसुस गर्थे । निजामति भन्दा दरवारका कर्मचारीको तलब धेरै हुन्थ्यो । पन्चायतकालमामात्र होइन लोकतन्त्र अघिसम्मपनि दरवारका कर्मचारीहरुको रोव-रवाफ बेग्लै थियो । तर दरवारमा काम गर्ने कर्मचारीहरुको हविगत दरवारभित्र कस्तो हुँदो रहेछ भन्ने बल्ल देखिएको छ । गणतन्त्र घोषणा लगत्तै निजामति कर्मचारीहरु त्यहाँ रहेका सामाग्रीहरुको स्थितिबारे अध्ययन गर्न दरवार पसेपछि बल्ल थाहा पाएका छन् । दरवारको सुरक्षा व्यवस्था गर्न र त्यहाँ रहेका ऐतिहासिक सामाग्रीहरुको अभिलेख तैयार पार्न जाने निजामति प्रशासनका उच्च पदस्थ कर्मचारीहरुले दरवारभित्रका कर्मचारीको निरीह अवस्था बुझ्ने मौका पाएका छन् । बाहिर शान ठूलो भएपनि दरवारभित्र निरीह हालत र निजामति कर्मचारी हुनुको गौरव बल्ल महसुस गरेका छन् । उनीहरुका अनुसार दरवारका कर्मचारीहरुको शान बाहिर निकै देखिएपनि त्यहाँभित्र भने गएगुज्रेको हुने रहेछ । दरवारभित्रका उच्च पदस्थ कर्मचारीहरु बस्ने कार्यालय कोठासमेत निजामति कर्मचारीहरु बस्ने स्तरका नरहेको श्रोतले बतायो । 'राजाका प्रमुख सचिव र सैनिक सचिव बस्ने कोठासमेत सामान्य खालका रहेछन्' दरवारभित्रका सामाग्रीहरुको अभिलेख राख्न खटिएको सरकारी टोलीका एक अधिकृतले यूएस नेपाल अनलाईनडटकम सँग भने- 'राजाको दरवारमा कर्मचारीहरु कार्यालय राम्रो बनाएर बस्न हुन्न भन्ने मानसिकता रहेछ ।' दरवारभित्र रहेका प्रमुख राजदरवार पदाधिकारी कार्यालय, प्रमुख सचिवालय, प्रमुख सैनिक सचिवालय, ढुकुटी विभाग, खर्च विभागजस्ता कार्यालयमा फर्निचरहरुपनि एकदमै सामान्य स्तरका प्रयोग गिरंदै आएका रहेछन् । 'कार्यालयका कर्मचारी बस्ने फर्निचरहरु राजाको कार्यकक्षका फर्निचर भन्दा स्तरीय हुनुहुन्न भन्ने मनसिकताले काम गरेको रहेछ' श्रोतले भन्यो- 'त्यहाँका कार्यालयको स्थिति हेर्दा साँच्चिकै दया लाग्दो छ ।' जानकारी अनुसार कर्मचारीकालागि बनाइृएका दरवारभित्रका भवनहरु बाहिरबाट हेर्दा ठूला र भव्य देखिएपनि भित्र भने बाहिर देखिएजस्तो छैनन् । 'भवनभित्र एउटा कोठाबाट अर्को कोठामा आवतजावत गर्ने कोरिडरसमेत साँधुरा छन्' श्रोतले भन्यो- 'त्यहाँभित्र पस्दा साँच्चिकै उकुस-मुकुस हुन्छ, त्यस्तो होला भन्ने हामीले सोचेकै थिएनौं ।' यसअघि दरवारका कर्मचारीहरु राजप्रासाद सेवा नियमावली अन्तर्गत थिए । लोकतन्त्रपछि उनीहरुलाईपनि निजामति कर्मचारी प्रशासन अन्तर्गत ल्याइयो । र राजप्रासाद सेवा नियमावली गत असार मसान्तदेखि खारेज गरियो । त्यसअघि निजामति कर्मचारीले पाउने तलबभन्दा दरवारका कर्मचारीको तलब धेरै थियो । गत साउनदेखि दरवारका कर्मचारीको तलब निजामतिसरह बनाइएको थियो । 'तलब धेरै भएपनि दरवारभित्र काम गर्ने कर्मचारीले स्वाभिमानपूर्वक काम गर्न पाउँदा रहेनछन्, एक अर्काप्रति शंका गिरिदो रहेछ' श्रोतको भनाई छ- 'उनीहरु दरवारभित्र निर्धक्क रुपले आवत-जावतपनि गर्न पाउँदा रहेनछन् ।' यस्तो बन्देजकाकारण दरवारमा रहेका महत्वपूर्ण अभिलेखकाबारेमा ती कर्मचारीहरुले सरकारी कार्यदललाई जानकारीपनि दिन नसकेको बताइएको छ । कार्यदल सामान्य प्रशासन सचिव डा. गोबिन्द्रप्रसाद कुसुमको संयोजकत्वमा बनाइएको थियो। सो कार्यदललाई त्यहाँभित्रका अभिलेखहरुको विवरण तैयार पारी प्रतिबेदन पेश गर्न १० दिनको समय दिइएको थियो । यसको म्याद आज जुन ८ मा सिकंदैछ । तर शनिवारसम्मपनि श्रीपेच, राजदण्डलगायतका सामाग्रीको अवस्थाबारे जानकारी पाएको छैन । 'दरवारमा भएका सामाग्रीको अभिलेख तैयार पार्न पूर्व राजाले कार्यदललाई सहयोग गरेका छैनन्' श्रोतले भन्यो- 'कर्मचारीपनि निरीह अवस्थामा भएकाले बहुमूल्य सामाग्रीको अवस्था के छ भन्न सक्ने स्थितिमा छैनन् ।' गृहमन्त्री कृष्णप्रसाद सिटौलाले गत आइतबार भूतपूर्व राजा ज्ञानेन्द्रलाई भेट्नुको मुख्य कारण ऐतिहासिक सामाग्रीको अभिलेख तैयार पार्न कार्यदललाई सहयोग गरुन् भन्ने थियो । ज्ञानेन्द्रले सहयोगको बचनपनि दिएका थिए । तर कार्यदलका सदस्यहरुलाई आइतबार बिहानसम्मपनि निर्बाधरुपमा दरवारभित्रका सबै स्थानमा आवतजावत गर्न दिइएको छैन । यो स्थितिमा कार्यदलले दरवारका सबै सामाग्रीहरुको बिबरण समेटिएको प्रतिवेदन सरकारलाई बुझाउनसक्ने देखिन्न । -Sharmila Thapa in Kathmandu |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®