|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
नेपालको निर्वाचन विश्वमै
उदाहरणीयमात्र होइन क्रान्तिकारीपनि -पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टर Former US President Jimmy Carter talking to journalists in Pulchok, Lalitpur. काठमाडौं, April 10, 2008-पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टरले नेपालको निर्वाचन विश्वमै उदाहरणीयमात्र होइन क्रान्तिकारीपनि भएको बताउनुभएको छ । कार्टरले ललितपुर क्षेत्र नं ३ मा पर्ने पुल्चोकस्थित भूपू सैनिक संघको कार्यालयमा रहेको मतदान केन्द्रको भ्रमणपछि पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले उपरोक्त कुरा बताउनु भएको हो । अत्यन्त हँसिलो मुद्रामा सो मतदान केन्द्रमा प्रवेश गनुभएका उहाँले नेपाली जनताले चाहेको परिवर्तन संविधान सभापछि पाउनेमा आफू आशावादी रहेको बताउनु भएको थियो । 'निर्वाचनमा नेपालीहरुको उत्साहपूर्ण सहभागिता देखेर उत्साहित छु' कार्टरले भन्नुभयो- 'यति धेरै उत्साहकासाथ नेपाली जनताले भाग लिएको संविधान सभा चुनावको परिणाम सबैले स्वीकार गर्नुपर्छ ।' पत्रकारहरुले उहाँसँग माओवादी चुनावपछि सरकारमा आएमा अमेरिकाले स्वीकार गर्ला? भन्ने प्रश्न सोधेका थिए । उहाँले प्रश्नको जवाफ िदंदै भन्नुभयो- 'प्रजातान्त्रिक प्रकृयाबाट आउने जुनकुनै सरकारलाई अमेरिकाले समर्थन गर्ने' बताउनु भयो । स्मरणीय छ यसअघिसम्म नेपाली माओवादीलाई अमेरिकाले आतंककारी सूचि राखेकोमा नेपालमा हुन लागेको संविधान सभा चुनाव अघिमात्र अमेरिकाले माओवादीलाई आतंककारीको सूचीबाट हटाएको छ । विहान साँढे नौ बजे सो निर्वाचन केन्द्रमा प्रवेश गर्नुभएको प्रतीक्षामा सयौं पत्रकार उपस्थित थिए । भारी सुरक्षाकासाथ निर्वाचन केन्द्रमा आफ्नी श्रीमतिसहित प्रवेश गर्नुभएका उहाँ सिधै मतदानकालागि उपस्थित मतदाताहरुको बीचमा जानु भएको थियो । उहाँले करिव १५ मिनेटजति पत्रकारहरुसँग सामुहिक सवाल-जवाफ गर्नुभयो । त्यसपछि एक विदेशी टेलिभिजन च्यानललाई सार्वजनिक अन्तर्वार्तापनि दिनुभयो । यी दुई कार्यक्रम सकिएपछि कार्टरले केही मतदाताहरुसँग भेटी खुसी साटासाटसमेत गर्नुभएको थियो । त्यसक्रममा केही मतदाताहरुसँग बसी उहाँले फोटोपनि खिचाउनु भएको थियो । तर सुरक्षा सम्बेदनशीलताकाकारण धेरैभन्दा धेरैसँग भेटघाट गरी भलाकुसरी गर्ने उहाँको इक्षा पुरा भएको देखिन्नथ्यो । -Sitaram Baral in Kathmandu |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®