|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
पूर्व अमेरिकी राष्ट्रपति
कार्टरले निर्वाचन आयुक्तलाई भेटे माओवादी अध्यक्ष प्रचण्ड, एमाले महासचिव माधव नेपाल लगायतलाई पनि भेट्दै निर्वाचन परिणाम स्विकार्न दलहरुलाई कार्टरको आग्रह ![]() Former US President Jimmy Carter is welcome by Bhojraj Pokharel, Cheif Election Commissioner of Nepal. Photo: Min Bajracharya. -Santa Gaha Magar in Kathmandu काठमाडौं, April 8, 2008-संविधानसभा निर्वाचनको लागि नेपाल आएका पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टरले चैत २६ गते विहान प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलसँग भेटवार्ता गरेका छन् । भेटमा उनले निर्वाचन तयारी बारे सोधपुछ गरेका थिए । कार्टरले निर्वाचन आयोगको आचार संहिताको पूर्ण पालना गरेर पर्यपेक्षण गर्ने विश्वास दिएका छन् । कठिन परिस्थितीका बावजुद पनि निर्वाचन प्रकि्रया सहज रुपमा अगाडि बढेको आफू निक्कै उत्साहित रहेको पनि कार्टरले उल्लेख गरेका छन् । एक जुगमा एक पटक आउने संविधानसभाको निर्वाचनमा सबै नेपालीलाई मतदान गर्न पनि कार्टरले आग्रह गरे । कान्तिपथ स्थित निर्वाचन आयोगको कार्यलयमा पोखरेल र कार्टरवीच ४५ मिनेट कुराकानी भएको थियो । प्रमुख आयुक्त पोखरेलले निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको कार्टरलाई बताएका थिए । दलहरुवीच समझदारी बढ्दै गएकाले निर्वाचन शान्तिपूर्ण हुनेमा आफू विश्वस्त भएको कुरा पनि पोखरेलले कार्टरलाई बताए । ![]() Carter at Election Commission office Shantipath, Kathmandu. Photo: Min Bajracharya. निर्वाचन परिणाम स्विकार्न दलहरुलाई कार्टरको आग्रह संविधानसभा निर्वाचन पर्यवेक्षण गर्न नेपाल आएका पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टरले चैत २६ गते प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भेटी निर्वाचनको बारेमा छलफल गरेका छन् । कार्टर सेन्टरका संस्थापक अध्यक्ष समेत रहेका कार्टरले भने 'सम्पूर्ण दलहरुलाई निवार्चनको परिणाम स्विकार्न कामना तथा प्रार्थना गर्दछु ।' निर्वाचन प्रकियालाई यहाँ सम्म ल्याइपुर्याएकोमा उनले सरकार तथा निर्वाचन आयोगलाई धन्यवाद दिए । प्रमुख दलहरुकै आग्रहमा आफू निर्वाचन पर्यक्षण गर्न आएको पनि कार्टरले साचारकर्मीलाई बताए । ४० जिल्लामा पर्यक्षेक पुगिसकेको र बाँकी जिल्लमा समेत पठाउने क्रम जारी रहेको जानकारी उनले दिए । प्रधानमन्त्री कोइरालाले कार्टरको पर्यक्षणको सराहना गरेको जानकारी परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यले बताएका छन् । भेटमा प्रधानमन्त्री र कार्टर दुबै निकै उत्साहित भएको बालुवाटार स्रोतले उल्लेख गरेको छ । प्रधानमन्त्रीसँग आधा घण्टा भेटवार्ता गरेका कार्टरले आजै माओवादी अध्यक्ष प्रचण्ड, एमाले महासचिव माधव नेपाल लगायतलाई भेट्ने कार्यक्रम रहेको छ । |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®