|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
एमाले महासचिबमा झलनाथ खनाल मनोनित काठमाडौं, May 16, 2008-विभिन्न
गुट र उपगुटमा विभाजन भएको एमालेलाई नवनिर्वाचित महासचिव झलनाथ खनालले
एकताबद्ध बनाएर जनताको बीचमा अझ बलियोसँग स्थापित गर्ने र लोकप्रिय बनाउने
केन्द्रीय समिति समक्ष बाचा गरेका थिए ।अधिकांस नेता कार्यकर्ताले एमाले स्थायी कमिटी र केन्द्रीय कमिटी विघटन गर्नुपर्ने माग गरेपनि अन्तत नेताहरु त्यसकालागि तैयार भएनन् । उपल्ला यी दुई कमिटीहरु बिघटन गरी आयोजक समिति बनाएर महाधिबेशनमा जाने अधिकांस कार्यकर्ताको माग थियो । तर विहीबार सम्पन्न एमाले केन्द्रीय कमिटीको बैठकले अहिलेकै केन्द्रीय समितिलाई यथावत राखी महाधिवेशनमा जाने निर्णय गरेको छ । बैठकमा महासचिव पदका लागि स्थायी कमिटी सदस्य झलनाथ खनालको नाम निवर्तमान महासचिव माधवकुमार नेपालले प्रस्ताव गरेका थिए । झलनाथ खनालको नाम महासचिवमा प्रस्ताव भएपछि केन्द्रीय कमिटीले छलफल गरी खनाललाई सर्बसम्मन महासचिवमा निर्वाचित गरेको एमालेले जनाएको छ । तर स्थायी समिति सदस्य केपी ओलीको असन्तुष्टि जारी रहेको श्रोतले बताएको छ । महासचिव चुनिएपछि खनालले केन्द्रीय कमिटीको बैठकलाई धन्यवाद िदंदै पार्टीलाई विगत पन्ध्र वर्षदेखि नेतृत्व गर्दै आएका निवर्तमान महासचिव माधवकुमार नेपाल र कावा महासचिव अमृतकुमार बोहरालाई धन्यवाद दिएका थिए । आफूलाई महासचिव बन्न नदिन लागेका के.पी. ओलीलाई पनि धन्यवाद िदंदै उनले सहयोगको आशा गरेका थिए । नवनिर्वाचित खनालकालागि ओली सबैभन्दा ठूलो चुनौतिका रुपमा देखिएका छन् । विभिन्न गुट र उपगुटमा विभाजन भएको एमालेलाई नवनिर्वाचित महासचिव झलनाथ खनालले एकताबद्ध बनाएर जनताको बीचमा अझ बलियोसँग स्थापित गर्ने र लोकप्रिय बनाउने केन्द्रीय समिति समक्ष बाचा गरेका थिए भने कार्यबाहक महासचिव बोहराले पार्टी सामु देखापरेका चुनौतीहरुलाई एकताबद्ध भएर सामना गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए । 'पार्टीलाई राजीतिक र संगठनात्मक रुपले बलियो बनाएर संकटको सामना गर्न सिङ्गो पार्टी पंक्ति तयार हुनुपर्छ' कावा महासचिवको भूमिकाबाट मुक्त भएका बोहोराले भने- 'मलाई कार्यबाहक महासचिवका रुपमा काम गर्न सहयोग गरेकोमा केन्द्रीय कमिटीलाई धन्यवाद दिन्छु । र पार्टीले दिएको जुनसुकै जिम्मेवारी पनि पूरा गरेर अघि बढ्न म तैयार छु ।' यतिभन्दै उनले महासचिवको दायित्व झलनाथ खनाललाई हस्तान्तरण गरेका थिए । Jhalanath Khanal, newly elected General Secretary, UML. Photo contributed: Sirab -Vivek Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®