Local:    Kathmandu:
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल




































News from Nepal: नेपाली खबरहरु

एमाले महासचिब नेपाललाई हराए पछि एका एक हिरो नं. १
झक्कुले लगाएको चुनाव 'चक्कु'को दाग मेटिएला खै?


Jhakku Subedi after his victory in Kathmandu-2 where he defeated UML General Secretary Madhavkumar Nepal. Photo: Sitaram Baral

-बिशेष काठमाडौं ब्युरोबाट

काठमाडौं, April 13, 2008-त्यही क्षे‍त्रबाट ०४८ मा अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भटराईलाई पराजित गरेर एमाले महासचिव मदन भण्डारी चुनावी हिरो बनेका थिए । माओवादीका एक मध्यम स्तरका नेता संविधान सभा चुनावको हिरो बन्न पुगेका छन् । सात दलीय गठबन्धनको एक घटक नेकपा एमाले का महासचिव माधव नेपाललाई काठमाडौं २ बाट पराजित गरेपछि माओवादीका झक्कु सुवेदी संविधान चुनावको सर्वाधिक चर्चित हिरो बनेका हुन् । काठमाडौंमा एमालेले सर्वाधिक सुरक्षित मानेको २ नं क्षेत्रमै एमाले महासचिवलाई हराएपछि झक्कुले विश्वव्यापी चर्चा पाएका छन् ।

काठमाडौं उपत्यकाका अन्य स्थानमापनि माओवादीले विजय हासिल गरेपनि झक्कुको विजयपछि हिजो सबैभन्दा ठूलो विजय र्‍याली निकाल्यो । जुलुशमा हजारौं सहभागी भए । 'झक्कु सुवेदी हाई हाई माधव नेपाल बाई बाई' भन्ने नाराका साथ हजारौं माओवादी समर्थकहरुले काठमाडौंलाई गुन्‍जायमान पारे । अन्य क्षे‍त्रमा विजय र् याली गरिरहेका माओवादी समर्थकहरु झक्कुले विजय हासिल गरेको सुनेपछि त्यसैतर्फ ओइरिए ।

लोकतान्त्रिक आन्दोलनपछि रोल्पाबाट काठमाडौंमा पार्टी काम गर्न आएका थिए झक्कु । उनी विगत एक वर्षदेखि माओवादीको नेवा राज्य समितिका सचिव थिए । उनी पहिले माओवादीको केन्द्रीय सदस्य थिए । चुनवाङ्ग बैठकपछि सबै नेता एक एक तह तल झर्ने पार्टी निर्णय बमोजिम उनकोपनि घटुवा भएको थियो । अब भने पार्टीभित्रमात्र होइन पार्टीबाहिरपनि उनको 'प्रोफाइल' व्हात्तै बढेको छ ।

उनको घर रोल्पाको गजुल हो । झक्कु ०४९ को स्थानीय निर्वाचनमा रोल्पा जिविसको सभापतिमा विजयी भएका थिए । एमालेसँगको तालमेललेमात्र उनलाई सभापति बनाएको थियो । त्यसो त त्यसबेला माओवादीले जितेका एकमात्र जिविस सभापति भएकाले उनी त्यसबेलापनि चर्चामै थिए । उनी २०३६ सालदेखि नै बामपन्थी राजनीतिमा लागेका थिए । उनी रोल्पाको माओवादी नेतृत्वमा दोश्रो पुस्ताका अग्रणी मानिन्छन् ।

माओवादीले जनयुद्ध सुरु गरेपछि परेका उनले करिव २ वर्ष जेल जीवन बिताए । काठमाडौंमा त्यति धेरै काम नगरेका सुवेदीले एमाले महासचिव नेपाललाई पराजित गरिदिए । उनको विजयले एमालेभित्र यस्तो स्थितिको सिर्जना गर् यो कि विगत १३ वर्षदेखि महासचिव रहिआएका एमाले महासचिवले पदबाट राजिनामा दिने मनस्थिति बनाउनु पर्यो । बाम तालमेल भएमा एमाले महासचिव नेपालका लागि सो स्थान छाड्नु पर्छ भनेरमात्र माओवादीले सुवेदीलाई सो क्षे‍त्रमा उठाएको थियो ।

सुवेदी आफैले भन्नेपनि गरेका थिए- 'यदि एमालेले काठमाडौं- १० मा अध्यक्ष प्रचण्डकालागि छाडिदियो भने एक मिनेटभित्रै म यो क्षे‍त्र कमरेड माधव नेपालका लागि छोडिदिन्छु ।' तर एमालेले प्रचण्डलाई त्यो क्षे‍त्र छाडिदिएर उदारता देखाउन आवस्यक ठानेन । त्यसैले झक्कुलेपनि त्यहाँ माधव नेपालकालागि छाड्नु आवस्यक सम्झेनन् । अन्ततः विजयको ताजले झक्कुको शीर रोजेको छ ।

मधेश आन्दोलनकाकारण रौतहट- ६ असुरक्षित सम्झेर महासचिव नेपालले काठमाडौं- २ रोज्नु भएको थियो । २०४८, ०५१ मा मात्र होइन ०५६ मापनि काठमाडौं- २ अधिकांस गाविस काठमाडौं- १ मा परेका थिए । एमालेले तिनै गाविसमा अत्यधिक मतका साथ अग्रता हासिल गर्ने गरेको थियो । त्यसैले महासचिव नेपाललाई यही क्षे‍त्र सुरक्षित हुने ठानिएको थियो । तर एमालेको प्रचण्ड बहुमत रहेको भनिएको ठाउँमा 'प्रचण्डका सारथी' झक्कु पो विजयी बन्न पुगे ।

त्यही क्षे‍त्रबाट ०४८ मा अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भटराईलाई पराजित गरेर एमाले महासचिव मदन भण्डारी चुनावी हिरो बनेका थिए । भटराईलाई पराजित गर्न सक्नु नै भण्डारीको अन्तर्राष्ट्रिय चर्चाको कारण बन्यो । एमालेलेपनि महासचिव नेपाललाई संविधान सभामा बहुमत ल्याएपछि प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्ने पक्का थियो । तर न माओवादीले एमालेलाई बहुमत ल्याउने अवसर दियो न त झक्कुले महासचिव नेपाललाई संविधान सभामा पुग्ने बाटो नै खुला गरिदिए ।

झक्कुले एमालेका 'भावी प्रधानमन्त्री' लाई पराजित गरिदिए । चुनाव अघि एमालेले प्रचण्डलाई 'भित्ते राष्ट्रपति' भन्दै व्यङ्ग गर्ने गरेको थियो । तर झक्कुले महासचिव नेपाललाई पराजित गरेपछि माओवादी कार्यकर्ताहरुले महासचिव नेपाललाई 'स्थायी भविष्यका प्रधानमन्त्री' भनेर व्यङ्ग गर्न थालेका छन् । हुनपनि लामो प्रतीक्षाका बाबजुद महासचिव नेपालका लागि प्रधानमन्त्री बन्ने अवसर कहिलेपनि जुरेन ।

माओवादीको बाम तालमेलको प्रस्ताव लत्याउँदै एमालेले माओवादीसँग काठमाडौं उपत्यकाका १५ मध्ये कुनैपनि सीटमा तालमेल नगर्ने बताएको थियो । कम्तिमा १२ सीटमा जित्ने एमालेको अनुमान थियो । तर उपत्यकामा एमालेले सून्य सिट प्राप्त गरेको छ भने माओवादीले ७, काठमाडौं २, ६, ७, १० सिटमा विजय प्राप्त गरेको छ । कांग्रेस ६ स्थानमा काठमाडौं १, ३, ४, ५, ८ र ९ विजयी भएको छ भने नेमकिपा २ भक्तपुर १ र २ स्थानमा बिजय भएको छ ।

उता काठमाडौंमा महासचिव नेपाललाई हराउँदै माओवादीका झक्कुले विजय प्राप्त गरेपछि एमाले महासचिव नेपालले रौतहटमा जित्ने आशामा छ । तर त्यहाँको मत परिणामपनि उत्साहजनक छैन । त्यहाँपनि महासचिव नेपाललाई मधेशी जनअधिकार फोरमले उछिनिरहेको छ ।

रौतटह-६ मापनि उहाँ पराजित हुनु भएमा ०४७ को संविधान निर्मातामध्येका एक नेपाल नयाँ नेपालको संविधान निर्माणमा सहभागी बन्न पाउनुहुने छैन । तर उहाँको आवस्यकतालाई महसुस गरी संभवत मन्त्री परिषद्ले नियुक्त गर्नेछ । 'ल्याउनै पर्ने व्यक्तिकालागि भनेर अन्तरिम संविधानमा २६ सिट छुट्याइएको छ ।

माओवादीसँग तालमेल नगर्दा यस्तो स्थिति सिर्जना भएको कार्यकर्ताहरुले बताउन थालेका छन् । बर्दियामा पराजित एमालेका शीर्ष नेता बामदेव गौतमले आफूले माओवादीसँग तालमेलकालागि राखेको प्रस्ताव पार्टी नेतृत्वले नमानेकाले हार व्यहोर्नु परेको बताएका छन् । सबै चुनावी परिणाम आएलगत्तै तालमेलसम्बन्धी विवादले एमालेमा निकै ठूलो विभाजन ल्याउने स्थिति देखिएको छ । माओवादीलाई कम आँक्दा र धेरै अपमानित गर्दा यो स्थिति व्यहोर्नुपरेको एमालेका कार्यकर्ताहरुले बताउन थालिसकेका छन् । चुनावपछि एमालेबाट माओवादीमा जानेहरुको ओइरो लाग्न सक्छ।

अहिलेसम्म झलनाथ खनाल, सुवाष नेम्वाङ्ग र विष्णु पौडेलबाहेक एमालेका अधिकांस शीर्ष नेताले चुनाव हारेका छन् । माओवादीसँग तालमेलका उग्र विरोधी केपी शर्मा ओलीलेपनि झापा ७ बाट चुनाव जित्ने सम्भावना कमै छ । भरतमोहन अधिकारी मोरङ्ग २ मा माओवादी उम्मेदवार लालबहादुर मगरभन्दा झण्डै दोब्बर मतले पछाडि छन् । इश्वर पोखरेल कांग्रेसका गणतन्त्रवादी नेता नरहरि आचार्यसँग काठमाडौं ५ मा पराजित भैसकेका छन् ।

यस्तै निराशाजनक स्थितिकाबीच हिजो दिउसो एमाले केन्द्रीय कार्यालयमा काठमाडौंमा उपस्थित केन्द्रीय नेताहरुको अनौपचारिक बैठक बसेको थियो । बैठकमा महासचिव नेपालले यो स्थितिमा राजिनामा दिनु उपयुक्त भएको बताउनु भएको थियो । उहाँको राजिनामाबारे केन्द्रीय कमिटीले विचार गर्नेछ । उहाँ ०५० जेठदेखि लगातार पार्टीको महासचिव रहँदै आउनु भएको छ । यसबीचमा उहाँलाई पदबाट हटाउन पटक पटक प्रयास भएपनि ती सबै प्रयासहरु असफल भएका थिए ।

चुनावमा विजय हासिल गरेपछिका प्रचण्डको अभिव्यत्तिले उनलाई एक परिपक्व नेताको रुपमा देखाएको छ । बिजयको माला पहिरिएपछि उनले भनेका छन्- 'यो जीत नेकपा माओवादी र मेरालागि खुसीको कुरा हो । तर यो परिणामले देशलाई भने निकै दुखी बनाएको छ । र महासचिव नेपाल पराजित हुनु भएकोमा मपनि दुखी छु । एमालेले बाम तालमेलको विरोध गरेकाले देशले अहिले यो दुखद स्थिति देख्नुपरेको हो ।' उनले महासचिव नेपाल आफ्‍ना लागिपनि सम्मानित नेता भएको अभिव्यक्ति दिए ।
-Sitaram Baral in Kathmandu
 
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®