|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
जापान पुगेका अर्थ मन्त्रलाई नेवारहरुको माग पत्र |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
Finance Minister Dr. Baburam Bhattarai in Japan. Photos: Sagar टोक्यो, 11 Feb, 09 (ने.सं. ११२९)- जापान सरकारको निमन्त्रणामा चारदिवसिय सद्भभावना भ्रमणका क्रममा जापान आउनु भएका एकिक्रित माओवादीका वरिस्ठ नेता तथा अर्थमन्त्री डा. बाबुराम भट्टराईको स्वागत तथा सम्मानमा सोमबार साँझ टोक्योमा आयोजित एक रात्रीभोजसहितको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो। कार्यक्रममा नेवा: जागरण मन्च जापानका अध्यक्ष सुनिलकुमार शाक्यले जातिय थिचो मिचोको अन्त्य, नया संबिधानमा जातीय आधारमा संघियतामा जानुपर्ने, जनजातीहरुको वास्तबिक चाहना, नेवारहरुको भुभाग काठमन्दौ उपत्यका लगायत यससँग जोडीएको नेवार वस्ती र क्षेत्रलाई नेवा: स्वायत्त राज्य घोषणा गरिनु पर्ने र नेपाल सन्बतलाई छिटो भन्दा छिटो ब्यवहारमा लागु गर्नु पर्ने भन्ने माग राखी ज्ञापन पत्र हस्तान्तरण गरिएको छ। साथै उक्त पत्र जापानस्थित नेपाल राजादुताबसका महामहिम राजदुत डा. गणेश योन्जन तामाङ, गैर आवासिय संगठन जापानका अध्यक्ष भबन भट्ट, बिभिन्न राजनैतिक दलका प्रतिनिधि र बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई बुझाईएको थियो। जनजातीहरुले उठाइ रहेको स्वायत्त राज्यको बारेमा शाक्यले सोध्नु भएको प्रश्नको उत्तर दिने क्रममा डा. भट्टराईले माओवादी पार्टी यसमा सकारात्मक रहेको र अव बन्ने सन्बिन्धानमा यस बिषयमा ब्यापक छ्लफल र ध्यान पुर्याइने कुरा बताउनु भएको थियो। -Sagar Kapali in Tokyo, Japan |
|
|
ज्ञापन पत्रको बिवरण यस प्रकार छ: ज्ञापन पत्र सम्मानीय अर्थमन्त्री डा. बाबुराम भट्टराईज्यु श्रीमान्लाई अवगतै होला नेपालको राजधानी काठमाडौंमा रहेका भूमिपती आदिवासी नेवारहरु यतिबेला नया संविधानमा जातीय आधारमा संघीयतामा जानुपर्ने आवाज उठाइरहेका छन् । सोही आवाज र नेवार जनजातीहरुको भावनालाई कदर गर्दै नेवाः स्वायत्त राज्य संयुक्त संघर्ष समिति समेत गठन गरी गत माघ ३ गते बृहद् रुपमा र्याली प्रदर्शन गरेर संविधानसभा भवनमा गई संविधान मस्यौदा समितिका सदस्य निलाम्बर आचार्यलाई नेवारहरुको भूभागमा नेवाः स्वायत्त राज्य घोषणा हुनुपर्छ भन्ने अवधारणा पत्र समेत बुझाइसकेको छ । यसरी नेपालमा रहेका नेवार लगायत अन्य जनजातिहरु अहिले आफ्नो हक अधिकारको लागि जागृत भइरहेको छ । निश्चित रुपमा हामिलाई लाग्छ नया नेपाल बनाउनको लागि जनजातिहरुको जागरण ठूलो मद्दत पुग्नेछ । नेपाल राष्ट्र विविध जाति र भाषा भएको देश हो । तसर्थ जबसम्म सम्पूर्ण जाति र भाषाका नागरिकहरुलाई समेटेर राष्ट्रलाई अगाडि बढाउन सक्दैन तबसम्म वास्तविक रुपमा नया नेपाल बन्न सक्दैन । यही भावनालाई अंगिकार गर्दै गठन गरेको संघर्ष समिति नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेवाः देय् दबु, नेवाः मुक्ति मंका, दबु नेवाः देय् गुथि, नेपाल मण्डल ,नेपाः न्ह्यलुवा र नेवाः जागरण मन्च अहिले नेवाः स्वायत्त राज्य स्थापना गर्नको लागि संघर्षरत रहेको छ । श्रीमान्लाई अवगत गराउन चाहन्छु हामी नेपालमा रहेको नेवाः जागरण मन्चको विदेश शाखा नेवाः जागरण जापान गठन गरेर जापानमा रहेका नेवारहरुलाई संगठित गरी नेपालको विकासदेखि लिएर सम्पूर्ण क्षेत्रमा आबद्ध गराउन कि्रयाशिल रहेका छौं । यस अर्थमा स्वभाविक रुपमा नेवाः जागरण मंचको शाखाको हैसियतले हामिपनि तपाइूसमक्ष नया संविधान निर्माणको क्रममा नेवारहरुको भूभाग काठमाडौं उपत्यका लगायत यससग जोडिएको नेवार बस्ती र क्षेत्रलाई नेवाः स्वायत्त राज्य घोषणा गरिनुपर्छ भन्ने माग राख्दछौं साथै अहिलेसम्म नेपालमा भइरहेको जातीय थिचोमिचोको अन्त्य गर्नको निमित्त नया संविधानले ठूलो भूमिका खेल्ने विश्वास समेत ब्यक्त गर्दै नेकपा माओवादीको नेतृत्व गरेको सरकारले जनजातीहरुको बास्तविक चाहना र भावनालाई बुझ्नेछ जातीय स्वायत्त राज्य दिने भन्ने विश्वास हामी जापानमा रहेका सम्पूर्ण नेवारहरुले राखेका छौं। साथै नेपाल सम्बतलाई ब्यबहारमा लागु गर्न आवश्यक अध्ययन तथा अनुसन्धान यथासिघ्र सम्पन्न गराई आवश्यक नियम कानूनहरु तर्जुमा गर्नको लागि पनि अनुरोध गर्दछौं। सुनिलकुमार शा प्रमुख नेवा: जागरण मंच जापान Photos: Sagar |
||
| Read our more related news: New Archive | ||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||