|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
न्यू योर्ककि जेनेश गुरुङ बनिन् काङ्ग्रेस नेतृ |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
Janesh Gurung. Photos: eEyeCam हो, जेनेश गुरुङ न्यू योर्कमा एक परिचित नाम हो। केही समय अघीसम्म उनको नेपाली फास्ट फुड रेस्टुरेन्ट थियो- क्विन्सको ज्याक्सन हाइट्समा। उनले त्यसलाई बेचेर अहिले फेरी नयाँ नेपाली रेस्टुरेन्ट नै खोल्ने तरखरमा छिन्। ब्यापार उनको पेशा हो तर राजनीति चाँही उनको 'विद्यार्थी जीवनदेखीको निरन्तर लगाब हो' उनी भन्छिन्। स्याङ्जा जिल्लाको वालिङ बजारमा माइती घर भएकी जेनेश त्यहीको क्याम्पसमा नेबी संघको उम्मेद्वार भएर अत्यधिक मतले बिजय भएको कहानी गर्बका साथ सुनाउछिन्। उनले भनिन्- "मेरो बुवा सुरुदेखी नै नेपाली काङ्ग्रेसको समर्थक र कार्यकर्ता हुनु हुन्थ्यो। मेरी जेठि दिदी माया गुरुङ जो अहिले कोलोराडो, युएसएमा र माइली दिदी योगा गुरुङ, जो युकेमा हुनु हुन्छ, उनिहरु पनि विद्यार्थी कालदेखी नै नेपाली काङ्ग्रेसको भात्री संगठन नेपाल विद्यार्थी संघको सदस्य भएर काम गर्नु भयो। म पनि दिदीहरु र बुवाले रोज्नु भएको दलको सिद्धान्तलाई रोज्न पुगें।" किन काङ्ग्रेस नै मन पराउनु भयो त? उनले भनिन्- "मलाई नेपाली काङ्ग्रेसको प्रजातन्त्र, समाजबाद र राष्ट्रियता मन पर्यो किन कि प्रजातन्त्र र समाजबादले नै जनतामा समानता ल्याउन सक्छ।" सन् १९९८ को मार्चमा अमेरिका आएकी जेनिश भर्खरै नेपाली जन संपर्क समिती अमेरिकाको न्यू योर्क च्याप्टरको उपाध्यक्ष्य पदमा मनोनित भएकी छिन्। |
|
|
यो समिती राजनीतिक रुपमा नेपालको नेपाली काङ्ग्रेसको भात्री संगठन भएपनि उनी भन्छिन्-"सस्था राजनीतिक भएपनि हामीले सामाजिक काम गर्दै आएका छौं। जुन सुकै दलका, जहाका नेपाली भएपनि उनिहरुलाई बिना भेदभाब सहयोग गर्दै आएका छौं।" अमेरिकामा जन संपर्क सिमितीमा बिबाद आएकोमा जेनेश दुखित छिन्। तर उनी भन्छिन्, "काङ्ग्रेस समर्थकहरु बिचको एकताको बिकल्प छैन। एकता कायम गर्ने प्रयास जारी छ।" यसरी जेनेश पहिले काङ्रेसीहरुमै एकताको नाता जोड्नेतिर लागेकी छिन् भने राजनीति, समाजसेवा र ब्यापारलाई "ब्यालेन्स" गरेर लैजान पनि उत्तिकै तल्लिन छिन्। आफ्नो श्रीमान् टासी शेर्पाबाट उनको काममा पूर्ण सहयोग भएकोमा उनी ज्यादै खुशी छिन्। उनको एक मात्र छोरी निकिता इन्डियाको मसुरीमा हाइ स्कुल (कक्षा १० मा) पढ्दैछिन्। जेनेशका परिवारका सबै सदस्यहरु कामको शिलशिलामा बिभिन्न देशहरुमा बसोबास गर्न पुगेका छन्। उनकी एक दिदी योगा गुरुङ र दुई दाजुहरु (चुनबहादुर गुरुङ, प्रेमबहादुर गुरुङ) युकेमा छन् भने एक दाजु (केहरसिंह गुरुङ) हङ्कङमा र कान्छो भाई जीवन गुरुङ कम्प्युटर इन्जिनियरिङ्ग सम्बन्धी साउदी अरबियामा काम गर्दछ्न् । यिनका बुवा होमबहादुर गुरुङ बिती सक्नु भएको छ्। यिनकि आमा धरती गुरुङ हङ्कङमा रहेका दाजुसँग बसोबास गर्दै आएकिछिन्। यिनकि जेठि दिदी माया गुरुङ कोलोराडो, युएसएमा र एक बहिनी पम्फा गुरुङ चाँही सिङ्गापुरमा रहेकिछिन्। -Pratha Magar in New York. Comments? 917-570-1098 |
||
| Read our more related news: New Archive | ||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||