|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
कांग्रेससम्बद्ध नेपाली जनसम्पर्क समिति हङकङको
अधिवेशन सम्पन्न काठमाण्डौं, December 24, 2008- नेपाली कांग्रेससम्बद्ध नेपाली जनसम्पर्क समिति हङकङको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले इश्वर खांणको अध्यक्षतामा नयां कार्यसमिति चयन गरेको छ । अधिवेशन नेपाली कांग्रेसका उपसभापति प्रकाशमान िसंह र युवा नेता गगन थापाको प्रमुख आतिथ्यमा यही डिसेम्बर २१ तारिखमा सम्पन्न भएको हो । अधिवेशनमा उपस्थित कांग्रेस सभासद् थापाका अनुसार उपाध्यक्षमा रामली राई र रक्षा गुरुङ चयन भएका छन् । महामन्त्रीमा वसन्त श्रीनेद, कोषाध्यक्षमा राम गुरुङ र सदस्यहरुमा यम मल्ल र दुर्गा मल्ल चयन भएका छन् । १७ सदस्यीय कार्यसमितिमा बाँकी सदस्यहरुको मनोनयन १५ दिनभित्र गरिने अध्यक्ष इश्वर खाँणले बताएका छन् । अध्यक्ष चयन भएपछि बोल्दै खाँणले हङकङमा रहेका प्रवासी नेपालीहरुको हकहित र नेपालको लोकतन्त्रलाई सुदृढ बनाउन अहोरात्र काम गर्ने बताएका थिए । संविधान निर्माण र लोकतन्त्रको सुदृढीकरणमा हङकङमा रहेका नेपालीका तर्फबाट सक्दो सहयोगका लागि सकि्रय हुने उनको भनाई थियो। प्रमुख अतिथिको रुपमा उपस्थित नेपाली कांग्रेसका उपसभापति प्रकाशमान िसंहले लोकतन्त्रमाथि आक्रमण हुनथालेको आरोप लगाउँदै प्रवासी नेपालीहरुले आफ्नो स्थानबाट सशक्त भूमिका निभाउनुपर्ने सुझाव दिएका थिए । नेपालको शान्ति र विकासमा प्रवासी नेपालीलाई सामेल बनाउन आफूहरुले माहोल बनाउन योगदान पुर्याउने बताए । युवा नेता गगन थापाले तोकिएको समयभित्रै संविधान निर्माणमा नेपाली कांग्रेसले अग्रणी भूमिका निभाउने बताउँदै संविधान निर्माणमा प्रवासी नेपालीको भूमिकालाई प्रभावकारी बनाउन वातावरण बनाउन आफूले संविधान सभामा कुरा उठाउने विश्वास दिलाएका थिए । अमेरिकामा जनसम्पर्क समितिमा विवाद भएपनि हङ्गकङ्गमा भने निर्वाध रुपमा अधिवेशन सम्पन्न भएको छ । यसबाट कांग्रेसी नेताहरु खुसी देखिएका छन् । -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||