|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
जनसर्म्पर्क समिति अमेरिकाको कनेक्टिकट च्याप्टर गठन, एकताको आह्वान |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
Photo courtesy: Jana Samparka Samiti. कनेक्टिकट, 21 Feb, 09- नेपाली कांग्रेसको सिद्धान्त प्रजातन्त्र, समाजवाद र राष्ट्रीयता प्रति पूर्ण प्रतिवद्ध, नेपाली कांग्रेस प्रति आस्थावानहरुको एक भेलाले नेपाली जन सर्म्पर्क समिति अमेरीकाको कनेक्टिकट च्याप्टरको गठन गरेका छन् । कनेक्टिकटमा सम्पन्न भेलाले पिताम्बर अधिकारीको अध्यक्षतामा र्सवसम्मत रुपमा कार्य समितीको चयन गरेको छ । कार्य समितीका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा अच्यूत आचार्य, महासचिवमा विजय अधिकारी, सचिवमा गोपाल अधिकारी, कोषाध्यक्षमा कृष्ण थापा र सदस्यहरुमा डवल व वम, कृष्ण हरी थापा, तेजेश विकम मल्ल, हुमप्रसाद न्यौपाने र भुपेन्द्र कंडेल रहेका छन् । भेलालाई संवोधन गर्दै नेपाली जनसर्म्पर्क समिती अमेरीकाका अध्यक्ष आनन्द विष्टले 'वि पी कोइरालाको कल्पना अनुरुप स्थापना गरिएको जनसर्म्पर्क समिती अमेरीकाको कनेटिकटमा आज जनसर्म्पर्क समिती स्थापना गर्न पाउनु खुसिको कुरा हो भन्दै २००४ सालमा अमेरीकामा गठन भई नेपाली काँग्रेसको आदर्शलाई आत्मसात गरि अगाडी बढीरहेको यो संस्था आज अमेरिकाको हरेक राज्यमा विस्तारित हुने क्रम जारीरहेको छ । यही क्रममा आज यो च्याप्टर गठन हुनु हाम्रो लागी खुसिको कुरा हो । आज हामी संगठित भएका छौ र हाम्रो संगठन विस्तारको क्रम अब सारा अमेरीका भरि हुनेछ' भन्नुभयो । त्यसैगरि अध्यक्ष विष्टले 'अमेरिकाको यो ऐतिहासिक राज्य जसमा अमेरिकाको संविधान बनेको थियो । आज हामीले यो संगठन गठन गर्न आउदा खुसी लागेको छ । नेपाल, नेपाली र नेपाली कांग्रेसलाई सहयोग गर्न, माया गर्न जसरी यो संगठन गर्नुभयो । यसले आफ्नो उद्धेश्य अनुरुप काम गरोस मेरो शुभकामना छ । यस शाखाले उदाहरणीय रुपमा आफूलाई स्थापित गर्ने छ भन्ने विश्वास मैले लिएको छु । हामी नेपाली कांग्रेसलाई माया गर्ने मानिसहरु दुई टुक्रा हुनुमा मलाई दुख लागेको छ। निस्वार्थ भावनाले एक हुने भावना देखाएमा हामीहरु एकताका लागी तयार छौ' भन्नुभयो । कार्यक्रममा जनसर्म्पर्क समिति अमेरिकाका महासचिव वेदप्रसाद खरेलले संवोधन गर्दै 'आज तपाइहरुले जुन उत्साहका साथ यो च्याप्टर गठन गर्न लाग्नु भएको छ त्यसले नेपालमा नेपाली कांग्रेस र यहा नेपाली कांग्रेस समर्थकहरुमा खुसी एवं उत्साह छाएको छ' भन्दै केही फुटप्रस्त व्यक्तिहरुको कारण अमेरिकामा जनसर्म्पर्क समितिमा विवाद सृजना गरिए पनि एकताकालागी आव्हान गर्नुभयो। |
|
|
त्यसैगरि भेलालाई जनसर्म्पर्क समिति अमेरिकाका केन्द्रिय सदस्य गणेश अर्यालले 'नेपालको सुन्दर भविष्यका लागि आज हामीले यो संस्थाको गठन गरेका हौ' भन्नुभयो।' नव गठित समितिका अध्यक्ष पिताम्बर अधिकारीले सगंठन मजवुत बनाउन आफू दिलो ज्यानले लाग्ने प्रण गर्नु भएको थियो । त्यसैगरि भेलालाई भुपेन्द्र आचार्य, कृष्ण थापा, हुम प्रसाद न्यौपान लगायतले संवोधन गर्दै संगठनलाई अझ मजबुत बनाएर अगाडी लैजाने प्रण गर्नुभएको थियो । -Jana Samparka Samiti Desk in New York |
||
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||