|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
नेपाली जनसंपर्क समिति, अमेरिकाको
प्रथम महाधिवेशन सम्पन्न Newly elected Executive members of Nepali Janasamparka Samiti America. Photos: eEyeCam न्यू योर्क November 30, 2008- नेपाली जनसंपर्क समिति, अमेरिका (आनन्द बिष्ट समुह) को प्रथम महाधिवेशन शनिवार नेपाल र अमेरिकाका नेपाली काङ्ग्रेसका नेताहरुबाट एकताको आह्वान र प्रण गर्दै सम्पन्न भएको छ। उक्त महाधिवेशन नेका नेताहरुले एकताको महाधिबेसन नाम दिए पनि त्यही नाम गरेको अर्को समितिका कुनै काङ्ग्रेसी नेता उपस्थित नहुनुले अमेरिकि नेपाली काङ्ग्रेस भित्रको तिक्तता अझै हटी नसकेको देखिन्छ। अधिबेसनले आनन्द बिष्टलाई तीन बर्षको लागि अध्यक्ष्यमा पुन: निर्वाचन गरेको छ। नेपालबाट अधिबेसन उद्घाटन गर्न न्यू योर्क आइ पुगेका नेकां केन्द्रिय सदस्य सुनीलकुमार भण्डारी, सङ्युक्त राष्ट्र संघको कार्यक्रममा भाग लिन आउनु भएका तर अधिबेसनको अघिल्लो दिन जन संपर्कको अर्को समुह (डा. देबकोटा समुह) को न्यू योर्कस्थित कार्यालयमा डाकिएको भेलामा सहभागि बनेका र यता अधिबेसनमा चाँही बिशेष अतिथिको रुपमा उपस्थित भई पानसमा बत्ती बालेर उद्घाटन गर्नसमेत पुगेका नेकां केन्द्रिय उपसभापति गोपालमान श्रेष्ठ, नेकां केन्द्रिय सदस्य अर्जुन जोशिले भरमग्दुर प्रयास पछि पनि दुई पक्षलाई एउटै थलोमा भेला पार्न नसकेको देख्दा बिबादले न्यू योर्कको बढ्दो चिसोलाई एकाएक गर्माएको महसुस गरिन थालिएको छ। स्मरणीय रहोस्, डा. देबकोटा समुहले यस अघी गत बर्ष सन् २००७ को सेप्टेम्बर २ मा कनेक्टिकट राज्यको हार्डफोर्डमा अधिबेसन सम्पन्न गरिसकेको छ। |
|
![]() Archive» Nepali Jana Sampark Samiti America's newly elected executive members: eEyeCam अझ आस्चर्यको कुरा के देखियो भने केही आनन्द समुहका मानिएका र देबकोटा समुहबाट राजिनामा दिएकाहरुको अर्को जमात अनपेक्षित रुपमा अधिबेसनमा नदेखिनुका पछाडि एकता कै नाममा बैकल्पित तेश्रो समुहको रुपमा देखा पर्न गएको न्यू योर्क काङ्ग्रेसी बृतको एक भर पर्दो सुत्रले युएस नेपाल अनलाइनलाई बताएको छ। त्यो अमुर्त समुहका एक सदस्यले जानकारी गराएअनुसार न्यू योर्कमा एकताका लागि हस्ताक्ष्यर सङ्कलन अभियान थालेको छ। अमेरिकि नेपाली काङ्ग्रेसको नेत्रित्व र अस्तित्वको यो बिबादले अमेरिकामा एकिकरण होस् भनेर बसेका नेपाली काङ्ग्रेस समर्थकहरुलाई निक्कै निराश गराएको छ। उता अस्ती र हिजो गरी दुई दिन चलेको नेपाली जनसंपर्क समिति, अमेरिका (आनन्द बिष्ट समुह) को प्रथम अधिबेसनले निर्बिरोध निर्वाचन गरेको १७ सदस्यिय केन्द्रिय समिती निम्नानुसार छ: अध्यक्ष- आनन्द विष्ट, पाँच उपाध्यक्षहरुमा: दुर्गा दाहाल (पेन्सिलभेनिया), रविकिरण कोइराला (न्यूयोर्क), सानुबाबु सिलवाल (नर्थ क्यारोलाइना), काजी शेर्पा (न्यूयोर्क) र अनुप श्रीवास्तव (क्यालिफोर्निया) रहनुभएको छ । यसैगरी समितिको महासचिवमा वेदप्रसाद खरेल (न्यूयोर्क) र सचिवमा गौतम दाहाल (मेरिल्याण्ड) चयन हुनुभएको छ भने कोषाध्यक्षमा धर्मराज श्रेष्ठ (कोलोराडो) रहनुभएको छ । यसैगरी, सदस्यहरुमा: इन्दिरा थापा (मेरिल्याण्ड), कृष्ण विष्ट (न्यूयोर्क), प्रभा शर्मा (मेरिल्याण्ड), मुक्ति दवाडी (भर्जिनिया), रविन्द्र पाण्डे (क्यालिफोर्निया), विनोद भट्ट (क्यालिफोर्निया), बिमल मोक्तान (पेन्सिलभेनिया) र गम्बु शेर्पा (न्यूयोर्क) र्सवसम्मत रुपमा चयन हुनुभएको छ । दोश्रो दिनको कार्यक्रममा विशेष अतिथी नेपाली काँग्रेसका उपसभापति गोपालमान श्रेष्ठ, केन्द्रिय सदस्य अर्जुन जोशिले स्वर्गीय महामानव विपी कोइराला, सर्वोच्च नेता गणेशमान सिंहको फोटोमा माल्यार्पण गरि महाधिवेशनको विधीवत् शुरुवात गर्नुभएको थियो । महाधिवेशनको पानसमा बत्ति बाली उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुनीलकुमार भण्डारीले मुलुक अझै संक्रमणको अवस्थाबाट गुज्रिरहेको भन्दै प्रवासमा रहेका आम नेपालीहरुलाई चनाखो भएर खवरदारी गर्न आग्रह गर्नुभयो । माओवादीले विगतमा गरेका सहमति पालना नगरेको भन्दै उहाँले देशभित्र बढ्दो वैदेशिक हस्तक्षेपलाई रोक्न सम्पूर्ण नेपालीहरु एक हुनु पर्छ भन्नु भयो । वीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिको सान्दर्भिकता आज अझ बढी रहेको स्पष्ट पार्दै उहाँले समितिका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिनुभएको थियो । Nepali Congress Central Committee member Sunilkumar Bhandari speaking at the convention as chief guest. Photos: eEyeCam समितिले अमेरिकाका सम्पूर्ण समुदायबीच आपसी सद्भाव कायम गर्न सकोस् भन्ने कामना गर्दै उहाँले आफू पार्टी सभापति र केन्द्रीय समितिको शुभेच्छा र शुभकामना लिएर अधिवेशन उद्घाटन गर्न आएको प्रष्ट पार्दै यो महाधिवेशनले अमेरिकामा यसअघि रहेको जनसंपर्क समितिभित्रको आन्तरिक विवाद समाधान भएको दाबी गर्नु भयो । महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका उपसभापति एवं कार्यक्रमका विशेष अतिथि गोपालमान श्रेष्ठले लोकतान्त्रिक आन्दोलनको पक्षमा अमेरिकास्थित जनसर्म्पर्क समितिले पुर्याएको योगदानको पार्टीले उच्च मूल्यांकन गरेको छ भन्नुभयो । अमेरिकामा एकीकृत र सशक्त जनसर्म्पर्क समितिको आवश्यकता छ भन्दै उहाँले हाल देखिएको आन्तरिक मतभेदलाई अन्त गरेर अघि बढ्न निर्देशन दिनुभयो । दुई दिन भित्र दुई समुहको कार्यक्रममा गएर दुईटै समुहको तारिफ गर्न वाध्य श्रेष्ठले एकताको सन्देस लिएर नेपाल फर्किन पाइयोस् भनी कामना गर्नु भयो। Nepali Congress Vice President Gopalman Shrestha speaking at the convention as special guest. Photos: eEyeCam उहाँले नेपाली काँग्रेस कुनैपनि अधिनायकवादको विपक्षमा रहेको प्रष्ट पार्दै एक तानाशाहको अन्त गरेको काँग्रेसले कुनै पनि हालतमा अर्को तानाशाह जन्मन दिने छैन भन्नुभयो । नेपाली काँग्रेस राज्य पुर्नसंरचना समितिका संयोजकसमेत रहनुभएका उपसभापति श्रेष्ठले अब बन्ने संविधान र राज्य पुर्नसंरचनामा के कस्ता विषयहरुलाई समेट्नु पर्छ भन्नेमा आवश्यक सुझाव, सल्लाह पेश गर्न समितिलाई आग्रह पनि गर्नुभयो । तर उहाँले नेपाली काङ्ग्रेसले कुनै पनि हालतमा जाति र भाषाका आधारमा संघीयता बनाउने माओवादीको नारा प्रति विश्वाश नगर्ने र त्यसो हुन नदिने बताउनु भयो। Unity but When? Nepali Congress leader Gopalman Shrestha with Nepali Jana Samparka Samiti America (Dr. Debkota Group) just one day ago attending to Anand Bist Group's convention. Photo courtesy: Somnath Ghimire, President, New York Chapter, Nepali Jana Samparka Samiti America (Dr. Devkota Group) कांग्रेसले अघि ल्याउन लागेको राज्यको पुनःसंरचनासम्बन्धीको अवधारणा ६ प्रदेशको हुने स्रोतले बताएको छ । कांग्रेसले पूर्व प्रदेश, मध्यप्रदेश, बाग्मती प्रदेश, गण्डक प्रदेश, पश्चिम प्रदेश र कर्णाली प्रदेश गरी ६ प्रदेशको अवधारणा सार्वजनिक गर्दैछ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीले समितिको यो पहिलो महाधिवेशनले विगतका मतभेदहरुलाई भुलेर एकताको सन्देश दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाली काँग्रेसले नै मुलुकको शान्ति प्रक्रियाको नेतृत्व गरेको र काँग्रेस लोकतन्त्रप्रति सधैं इमान्दार रहेको सन्देश अमेरिकी सरकार, यहाँका जनता र नेपालका आम शुभेच्छुकहरुलाई प्रवाह गर्ने कार्यमा जनसर्म्पर्क समितिले आवश्यक कार्य गर्नुपर्ने बारे समितिको ध्यानाकर्षाण गराउनु भएको थियो । जनसर्म्पर्क समितिका अध्यक्ष आनन्द विष्टको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा पत्रकार एवं नेपाली काँग्रेस केन्द्रीय प्रचार विभागका सदस्य कविर राणाले हाल लोकतन्त्रमा माओवादीबाटै खतरा रहेको भन्दै प्रवासमा रहेका आम काँग्रेस शुभेच्छुकहरुलाई माओवादीका अप्रजातान्त्रिक र अधिनायकवादी शैलीको विरोध गर्नुपर्ने सुझाव दिनुभएको थियो । उहाँले अमेरिकामा नेपाली काँग्रेस शुभेच्छुकहरुलाई एकीकृत गरेर जनसर्म्पर्क समिति अमेरिकाको स्थापना कार्यमा आनन्द विष्टको योगदानको सह्राहनासमेत गर्नुभएको थियो । उद्घाटन समारोहमा राष्ट्रसंघस्थित नेपालका स्थायी नियोग प्रमुख मधुरमण आचार्य, काँग्रेस नेता भोजराज कँडेल, महाधिवेशन प्रतिनिधिहरु विश्वबन्धु प्रर्साईं, डा. अंगराज तिमल्सिना, इन्दिरा थापा, युनाइटेड नेपलिज डेमोक्रेटिक फोरुम (UNDF) न्यू योर्क च्याप्टरका अध्यक्ष टेक गुरुङ्ग, शैलेश श्रेष्ठ, आङ छिरिङ्ग शेर्पा लगायतका वक्ताहरुले पनि आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । Newly elected President Anand Bist speaking the convention. Photos: eEyeCam सभाको बिसर्जन गर्दै नब निर्बाचित अध्यक्ष बिष्टले एकताको लागि आफु सधैं खुल्ला रहेको बताउँदै एकताका लागि आफुले पहल गर्ने बताउनु भयो। Honorees and organizers at the convention. समारोहमा नेपालको प्रजातान्त्रिक आन्दोलनको पक्षमा अमेरिकाबाट उल्लेख्य योगदान पुर्याएकाहरु डा. तारा निरौला, भोजराज कँडेल, नगेन्द्र पौडेल, शैलेश श्रेष्ठ र प्रथम सगरमाथा आरोही पूर्व कान्तिपुर दैनिक पत्रकार तथा न्यू योर्कबाट भर्खरै प्रकाशन शुरु गरिएको पाक्षिक पत्रिका एभरेष्ट टाइम्सका प्रधान सम्पादक आङ्गछिरिङ शेर्पालाई समितिको तर्फबाट समारोहका प्रमुख अतिथि भण्डारीले प्रसंशा-पत्र प्रदान गर्दै खादा ओढाएर सम्मान गर्नुभएको थियो । कार्यक्रमको अन्तमा तपस्या खरेल, रियङका कोइराला, पुजा शाही, श्रद्धा श्रेष्ठ, प्रिया शाही, प्रिया कोइराला, पासाङ्ग छिरिङ्ग शेर्पा, नवाङ्ग शेर्पा, आङ गेलु शेर्पा लगायतका न्यू योर्कका नेपाली कलाकारहरुद्धारा विभिन्न सांगीतिक कोसेलीहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथी सुनीलकुमार भण्डारीद्धारा नेपाली जनसर्म्पर्क समितीद्धारा प्रकाशित, तथा समितिका नब निर्बाचित सचिब गौतम दाहालद्धारा सम्पादित "जय नेपाल" नामक स्मारिकाको विमोचन गरिएको थियो । L to R: Bhojraj Kadel, Kabir Rana, Anand Bist, Shailesh Shrestha, Sunilkumar Bhandari, Dr. Tara Niraula, Gautam Dahal and Ambassador Madhuraman Acharya. Mr Bhandari releasing 'Jai Nepal' souvenir published by the Samiti and edited by Gautam Dahal. महाधिवेशनमा अमेरिकाका विभिन्न १८ राज्यबाट जनसर्म्पर्क समितिका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । दुई दिने पहिलो महाधिवेशनमा भावी नीति तथा कार्यक्रम, विधान संशोधनलगायतका विषयमा छलफल भएको थियो । महाधिवेशनको समापनका अवसरमा १४ बुँदे घोषणा पत्र महासचिव वेदप्रसाद खरेलद्धारा सार्वजनिक गरिएको थियो । कार्यक्रमको अन्त्यमा प्रमुख अतिथी भण्डारीले कार्यक्रममा सहभागी कालाकार एवं स्वयम सेवकहरुलाई प्रमाण-पत्र वितरण गर्नुभएको थियो । कार्यक्रमको सन्चालन महासचिब बेद खरेलले गर्नु भएको थियो। -Pradeep Thapa Magar in New York. Comments? 917-570-1098 |
||
|
Newly elected members of Nepali Jana Samparka Samiti. Photos: eEyeCam Ambassador Madhuraman Acharya. Photos: eEyeCam Deshantar weekly Editor-in-Chief Kabir Rana. Photos: eEyeCam Social activist and actor Shailesh Shrestha. Photos: eEyeCam Shailesh Shrestha, Sunilkumar Bhandari and Dr. Tara Niraula. Photos: eEyeCam Congress leader Bhojraj Kadel. Photos: eEyeCam Bhojraj Ayer, member Election Committee announcing elected members. Photos: eEyeCam Kabir Rana, Anand Bist and Sunilkumar Bhandari. Photos: eEyeCam Member Prabha Sharma and General Secretary Bed Kharel. Photos: eEyeCam Mukti Dawadi receiving award for Nagendra Paudel of Radio Dobhan. Photos: eEyeCam Nepalese artists at the convention. Photos: eEyeCam Pushpa Thapa, Sangita Bist, wife of Anand Bist, Anjana Subba-Shrestha and her daughter Suyasha. Bikash Kharel, webmaster of Janasamparkusa.org Chief guest Sunilkumar Bhandari with New Yorker Nepalese. Member Indira Thapa. Photos: eEyeCam L to R: Puja Shahi, Tapasya Kharel and Riyanka Koiral. Photos: eEyeCam Tapasya Kharel. Photos: eEyeCam Priya Shahi, Shraddha Shrestha. Photos: eEyeCam Bishwabandhu Prasai. Photos: eEyeCam General Secretary Bed Kharel. Photos: eEyeCam UNDF New York Chapter President Tek Gurung. Photos: eEyeCam Ang Chhiring Sherpa. Photos: eEyeCam Priya Koirala performing Nepali folk dance. Photos: eEyeCam Read our related news: » नेपालबाट नेका नेताहरु न्यू योर्कमा, जनसंपर्कको बिबाद कायमै (41 Photos) नेपाली जनसंपर्क समिति, अमेरिकाको प्रथम महाधिवेशन सम्पन्न » अमेरिकी नेपाली काँग्रेसमा बिबाद कायमै, एकताको प्रयास जारी नेपालबाट आएका केन्द्रिय नेताले आज अधिबेसन उद्घाटन गर्दै (2 Photos) » अमेरिकी नेपाली काङ्ग्रेसमा चिरा पर्यो एकताका लागि राजिनामा दिनेहरुको लर्को (9 Photos) » न्यू योर्कमा 'नेपाल फेस्टिवल-2008' डिसेम्बर २०-२३ मा हुने (9 Photos) महोत्सबको तयारीसँगै आयोजकहरु विवादको भुङ्ग्रोमा यसरी फँसे » अमेरिकी सरकारलाई माओवादीलाई आतंककारी सुचीवाट नहटाउन दवाव दिइने |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||