|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
अमेरिकी नेपाली काङ्ग्रेसमा चिरा पर्यो |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
एकताका लागि राजिनामा दिनेहरुको लर्को![]() आनन्द बिष्ट समुहको Letterhead & website logo. ![]() देबकोटा अध्यक्ष्य रहेको समुहको Letterhead & website logo. न्यू योर्क, November 18, 2008- नेपालमा शेरबहादुर देउबाको प्रजातान्त्रिक नेपाली काङ्ग्रेस र गिरिजाप्रशाद कोइरालाले नेत्रित्व गर्दै आएको नेपाली काङ्ग्रेसबिच एकता भएपनि अमेरिकामा बसोबास गर्ने नेपाली काङ्ग्रेस समर्थक नेपालीहरु बिच अस्तित्वको लडाईं चरामोत्कर्शमा पुगेको छ। एउटै नाम "नेपाली जनसम्पर्क समिति अमेरिका" मा दुई वटा संस्था चलाइएको छ। र यिनका आ-आफ्ना अलग-अलग वेबसाईट पनि छ। आनन्द बिष्ट समुहको वेबसाईट janasamparkusa.org हो भने देबकोटा अध्यक्ष्य रहेको समुहको वेबसाईट janasamparka.com हो । नेपाली जनसम्पर्क समिति अमेरिका आनन्द बिष्ट समुहको प्रथम अधिबेसन यही नोबेम्बर २८ र २९ तारिखमा न्यू योर्कमा हुँदै छ। उता डा. सुरेन्द्रराज देबकोटा अध्यक्ष्य रहेको नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिबेसन गत बर्ष सन् २००७ को सेप्टेम्बर २ मा कनेक्टिकट राज्यको हार्डफोर्डमा सम्पन्न भईसकेको छ। ![]() |
|
|
यसरी एउटै दल नेपाली काङ्ग्रेसको अमेरिकामा दुई दुई समिती अस्तित्वमा आएपछि सृजना भएको अन्यौलको कारण दुई समितीलाई एकिकरण गर्ने धेय लिएर धमाधम राजिनामा गर्ने र हस्ताक्ष्यर सङ्कलन अभियान थालि दुइटै समितीलाई भङ्ग गरी एकिकृत नयाँ तदर्थ समिती गठन गराउन पार्टी सभापति गिरिजाप्रशाद कोइरालालाई दबाब दिन थालिएको छ। राजिनामाको ठुलो धक्का भने डा. सुरेन्द्रराज देबकोटा अध्यक्ष्य रहेको नेपाली जनसम्पर्क समिति अमेरिकालाई परेको छ। उक्त जनसंपर्क समितीबाट केन्द्रिय तहमा राजिनामा गर्नेहरुमा बंशलाल तामाङ, केन्द्रिय सङ्गठन बिभाग प्रमुख, मुनिन्द्र बिक्रम नेम्बाङ, केन्द्रिय सदस्य तथा Coordinator, Ethnic Diversity Department, लोचनमान गुरुङ, सचिव अनुशासन विभाग छन् भने राज्य स्तरिय समितीबाट राजिनामा गर्नेहरुमा बिकास उप्रेती, महासचिव, न्युईङल्यण्ड च्याप्टर, सुमन शर्मा, प्रवक्ता न्युयोर्क च्याप्टर, दुर्गेश कार्की सदस्य , न्यूयोर्क च्याप्टर, पेम्वा शेर्पा, उपाध्यक्ष न्युयोर्क च्याप्टर, प्रेम व. तामाङ थोकर सदस्य, न्युयोर्क च्याप्टर, नारयण तिमिल्सना सदस्य, न्युयोर्क च्याप्टर र आङ कामी शेर्पा, न्युयोर्क च्याप्टर छन् । यस अघी बंशलाल तामाङसँगै सङ्युक्त राजिनामा दिनेहरु गोम्वे लामा, सदस्य, न्युयोर्क च्याप्टर, पि.जी. शेर्पा, सदस्य, न्युयोर्क च्याप्टर, शेरप शेर्पा, अध्यक्ष, स्वंयम सेवक परिचालन कमिटी, न्युयोर्क च्याप्टरले भने यो पङ्तिकारले उनिहरुसँग संपर्क गर्दा राजिनामा फिर्ता लिएको बताएका छन्। नेपालबाट नेपाली काङ्ग्रेस केन्द्रिय कार्यालयबाट जारी बिभिन्न परिपत्रहरु हेर्दा अमेरिकामा रहेका यि दुई समुहहरुका नेत्रित्वहरुको पहुच बिभिन्न नेताहरुमा रहेको कारण आफ्नो निहित स्वार्थ र 'इगो' का लागि जे मन लाग्यो त्यही किसिमको पत्र जारी गराउन सक्ने हैसियत रहेको स्पस्ट देख्न सकिन्छ। -Pratha Magar in New York. Comments? 551-358-7726 Anand Bista, President of Nepali Janasampark Samiti USA (center) at the press conference in New York on 16th November, 2008. Anand group is organizing its 1st convention in New York between 28th & 29th November, 2008. Photos: eEyeCam को कति पानी माथि छन्? आफ्नो धारणा आँफै बनाउनुहोस् । लौ पढ्नुहोस् यि दुई समुहबाट प्रसारित दस्ताबेजहरु: ![]() ![]() ![]() ![]() ![]() ![]() |
||
|
Read related news: » न्यू योर्कमा 'नेपाल फेस्टिवल-2008' डिसेम्बर २०-२३ मा हुने (9 Photos) महोत्सबको तयारीसँगै आयोजकहरु विवादको भुङ्ग्रोमा यसरी फँसे » अमेरिकी सरकारलाई माओवादीलाई आतंककारी सुचीवाट नहटाउन दवाव दिइने |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||