|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
अमेरिकामा नेपाली जनसर्म्पर्क समितिको सल्लाहकार र
सदस्यहरु मनोनित न्यूयोर्क, January 21, 2009- अमेरिकाको न्यूयोर्कमा ऐतिहासिक रुपमा गत नोभेम्वर २८ र २९ २००८ मा सम्पन्न नेपाली जनसर्म्पर्क समिति, अमेरिकाको महाधिवेशनद्धारा आनन्द विष्टको अध्यक्षतामा निवार्चित कार्य समितिको यही जनवरी १८ तारिख आइतबार बसेको वैठकले जनसर्म्पर्क समितिलाई आवश्यक सल्लाह एवं सहयोग प्रदान गर्न केन्द्रीय सल्लाहकार समितिको गठन गरेको छ । वैठक समितिका अध्यक्ष आनन्द विष्टको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त वैठकले सल्लाहकारहरुमा बिश्वबन्धु प्रर्साईं (भर्जिनिया), नगेन्द्र पौडेल (मेरिल्याण्ड), डा. भेष धमला(भर्जिनिया), डा. महेन्द्र श्रेष्ठ (वासिङ्टन डि.सी.), पुष्प सिटौला (टेक्सास), डा. अंगराज तिमल्सिना (न्यूयोर्क), पासाङ शेर्पा (न्यूयोर्क), विनोद मोक्तान (पेन्सिलभेनिया), मुकुन्द ढुंगाना (क्यालिफोर्र्निया), भु पौडेल(अरिजोना) र अर्पणा श्रेष्ठ (कोलोराडो), डिल्लीमानसिंह कार्की (भर्जिनिया), रमेश भण्डारी (मेरिल्याण्ड) मनोनित गरेको छ। यसैगरी संगठनलाई अझ सशक्त बनाएर अमेरिकाको हरेक राज्यमा यसका शाखा विस्तार गर्ने कार्य तिब्ररुपमा अगाडि बढाउनका लागि अमेरिकाको विभिन्न राज्यमा छरिएर रहेका काँग्रेस शुभेच्छुकहरुलाई समेट्दै विभिन्न आठ जनालाई केन्द्रीय सदस्यको रुपमा मनोनित गरिएको छ । केन्द्रीय समितिको सदस्यमा मनोनित हुनेहरुमा डा.विनोद शाह (न्यूयोर्क), डा. भीम इटानी (न्यूयोर्क), निजानन्द मल्ल (विस्कन्सिन), विनय अर्याल (केन्टकी), टीकाराम सापकोटा (नेब्रास्का), बैकुण्ठ खनाल (क्यालिफोर्निया), गणेश अर्याल (कनेक्टिकट) र राजेन्द्र दाहाल (कोलोराडो) रहनु भएको छ । बैठकले समितिका उपसभापति रविकिरण कोइरालाका पिता नरप्रसाद कोइरालाको हालै भएको निधनप्रति दुःख व्यक्त गर्दे शोक प्रस्ताव पारित गरेको छ । त्यस्तै उपचारका लागि अस्पताल भर्ना हुनुभएका नेपाली काँग्रेसका केन्द्रीय सहमहामन्त्री अर्जुननरसिंह केसीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । जय नेपाल वेदप्रसाद खरेल महासचिव नेपाली जनसर्म्पर्क समिति, अमेरिका |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||