Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap
Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links
 


Local:    Kathmandu:
News from your web home at the capital of the world-New York City
विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


यो वेबसाइट पढ्‍न युनिकोड र प्रीती फन्‍ट Font चाहिन्‍छ:
लेख-रचना र खबर पठाउँदा यि 
दुइटा फन्‍टमा टाइप
 गरी पठाउनुहोला

नेपाली युनिकोड फन्‍ट डाउनलोड
Nepali Unicode Font Download
प्रीती Preeti font Download


बिबिध Miscellaneous

नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल





























News from Nepal: Jana Morcha Nepal Manifesto

यो लेख  PDF फाइलमा पढ्न यहाँ क्लिक गर्नुहोस्
जनमोर्चा, नेपालको संविधानसभा निर्वाचनसम्बन्धी
चुनावी घोषणापत्र २०६४

१. सहिदलाई श्रद्धान्‍जली जनतालाई अभिवादन
जनमोर्चा नेपाल ती सबै ज्ञात-अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धान्‍जली व्यक्त गर्दछ जसले अत्याचारी राजतन्त्र जनविरोधी राज्यव्यवस्था र शोषण-उत्पीडनका सबै जन्जीरहरुबाट देश-जनतालाई मुक्त गर्न आत्मवलिदान गरे । ती महान् नेपाली जनताप्रति कृतज्ञता व्यक्त गर्दै हार्दिक अभिवादन गर्दछ जसको वीरता र सङ्घर्षले संविधानसभा निर्वाचनको यो ऐतिहासिक अवसर प्राप्त भएको छ । इतिहासका निर्माता शासक होइनन् जनता हुन् । जनता महान् हुन्छन् ।


Amik Sherchan releasing manifesto of his party-Jana Morcha Nepal. Lilamani Pokhrel is on his right. घोषणापत्र सार्वजनिक गर्दै जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचन । Photo: Santa Gaha Magar

२. संविधानसभा के हो?
संविधान भनेको देशको माउ कानुन हो र अरु सबै नियम कानुन यसैको अधीनमा हुन्छन् । नेपालमा २००७ सालमा नै जनताले लडेर संविधानसभाको निर्वाचन गर्ने अधिकार प्राप्तगरेका थिए । तर राजा त्रिभुवन राजा महेन्द्र र राजा वीरेन्द्र यी सबैले आ-आफ्ना पालामा संविधानसभाको निर्वाचनहुन दिएनन् तिनले जनतामाथि बारम्बार विश्वासघात गरे । दरवार हत्याकाण्ड मच्याएर स्वघोषितराजा बनेका ज्ञानेन्द्रले त ०५९ आश्विन १८ र ०६१ माघ १९ फासीवादी कदमद्वारा ०४६ सालको जनसर्घषबाट प्राप्त गरेको संविधान र जनअधिकार पनि पूरै अपरहण गरे ।

अब भने हामीलाई यस्तो अवसर प्राप्त भएको छ जहाँ हामी आफैले पठाएका प्रतिनिधिहरुले देशको संविधान लेख्नेछन् । दॆश कस्तो हुने सरकार कस्तो हुने चुनाव कसरी हुने राष्ट्रपति र प्रधानमन्त्री कसरी चुनिने जनताका अधिकार के-के हुने गरिब जनताले राज्यबाट के-के पाउने जस्ता कुरा त्यो संविधानमा किटान गरिएको हुन्छ । यही संविधानको किताब लेख्न हामीले चुनेर पठाएका देशभरिका प्रतिनिधिहरुबाट बन्ने सभालाई संविधानसभा भनिएको हो । नयाँ नेपाल भनेको के हो अबको नेपाल कस्तो बनाउने यो सबै कुराको फैसला गर्ने अधिकार राजाबाट खोसी हामी जनताले लिइसकेका छौँ । यो कुनै पार्टीको हराजीतको मात्र विषय होइन जनताकै खुला चुनौती र भावी उज्यालो र उन्नत नेपालको निर्माण गर्ने महान् सम्भावनाको खाजी हो । यो आफ्नो भविष्यको फैसला आफैले गर्ने एक ऐतिहासिक अवसर हो । यस महान् कार्यमा कोही नछुटी संविधानसभा निर्वाचनमा मतदान गरौँ र व्रुान्तिकारी बाटोमा निरन्तर अधि बढ्नको लागि जनमुखी लोकतान्त्रिक गणतन्त्र निर्माण गर्रो पाँच कुनै तारामा मतदान गरी जनमोर्चा नेपालका संघर्षशील उम्मेदवारलाई विजय बनाऔं । मुलूकको सामाजिक-आर्थिक रुपान्तरणको संवैधानिक आधार निर्माण गरौं ।

३. जनमोर्चा नेपालः संक्षिप्त परिचय
जनमोर्चा नेपालको पहिलो नाम संयुक्त जनमोर्चा नेपाल थियो । यसको स्थापना वि।सं। २०४७ सालमा एक राजनीतिक भेलाबाट भएको थियो । ०४७ सालमा स्थापना भए पनि यो नयाँ पार्टी भने हॊइन । यसको संस्थापक संयोजकमा डा। बाबुराम भट्टराईलाई राखिएको थियो तर यसमा नेपाली कम्युनिष्ट पार्टीका संस्थापक क। निराजनगोविन्द वैद्य सदस्य हुनुहुन्थ्यो भने अर्का्र संस्थापक नेता क। नरबहादुर कर्माचार्य तथा सङ्घर्षशील कम्युनिस्ट नेता क। निर्मल लामाको समेत महवपूर्ण भूमिका एवं वैचारिक संलग्नता थियो । साथै यसमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एकता केन्द्र नेपाल मजदुर किसान पार्टी र नेपाल कम्युनिस्ट पार्टी मालेमा पनि संलग्न थियो । त्यसैले त्यतिबेलासम्म भूमिगत रहेर लडिरहेका विभिन्न कम्युनिस्ट संगठनहरुले खुला र वैधानिक सङ्घर्षको समेत आवश्यकता बोध गरी यसको गठन गरिएको थियो । यसको भित्री इतिहास नेपाल कम्युनिष्ट पार्टीको इतिहाससँगै जोडिएको छ ।

जनमोर्चाले २०४८ सालको प्रथम संसदीय निर्वाचनमा भाग लिई प्रतिनिधिसभामा नौ सदस्य र राष्ट्रियसभामा दुई सदस्य पठाई तेस्रो ठूलो पार्टी बन्यो । २०५८ सालसम्म आइपुग्दा पार्टीमा अहिल्यै सशस्त्र युद्धमा जाने कि जनसङ्घर्षको माध्यमबाट अगाडि बढ्ने भन्ने विषयमा विवाद भयो । विवाद बढ्दै गएपछि १३ जना केन्द्रीय सदस्यमध्ये पाँच जना लिएर डा। भट्टराई युद्धको पक्षमा जानुभयो । बाँकी आठजनाले सदस्य क। निराजनगोविन्द वैद्यलाई संयोजक बनाई राष्ट्रिय सम्मेलन गरेर अगाडि बढाए । ०५४ को राष्ट्रिय सम्मेलनपछि यसको केन्द्रीय अध्यक्षमा लगातार हालसम्म क। अमिक शेरचन हुनुहुन्छ । हाल उहाँकै अध्यक्षतामा ४७ सदस्यीय केन्द्रीय समिति र १० सदस्यीय केन्द्रीय सल्लाहकार परिषद् रहेको छ । २०५९ साल भाद्रमा राष्ट्रिय जनमोर्चासँग एकता गरेपछि यसको नाम संयुक्त जनमोर्चा नेपालबाट जनमोर्चा नेपाल रहेको हो ।

हाल जनमोर्चा नेपालको संगठन विस्तार ७५ वटै जिल्लामा भइसकेकोछ । सदस्य संख्या लाखौँ पुगेको छ । सकि्रय कार्यकर्ताको सङ्ख्या हजारौँ छ भने करिब हजारको संख्यामा पूर्णकालीन होलटाइमर एवं स्वयंसेवकहरु खटिरहेका छन् । जनमोर्चा नेपालले देश-जनताको पक्षमा विगतमा खेलेको भूमिकाको मूल्याड्ढन गर्दै आज पनि अन्य पार्टीहरुबाट हजारौँ नेताकार्यकर्ताहरु प्रवेश गरिरहेका छन् । संविधानसभा निर्वाचनको लागि जनमोर्चा नेपालले समानुपातिक तर्फ ३३५ जना र प्रत्यक्ष निर्वाचनको लागि ७२ जिल्लामा आफ्ना उम्मेदवारहरु उठाएको छ ।

जनमोर्चा नेपालको मूल राजनीतिक उद्देश्य हो- राजतन्त्रको अन्त्य सामन्तवादको अन्त्य साम्राज्यवादी-विस्तारवादी हस्तक्षेपको अन्त्य क्रान्तिकारी भूमिसुधार राष्ट्रिय उद्योग धन्धाको विकास र किसान-मजदुर महिला दलित आदिवासी-जनजाती मधेसी-तराईबासी मुस्लिम दुर्गम क्षेत्रका निवासी बाल-बालिका अपाड्ड र असक्तलगायत सम्पूर्ण शोषित-उत्पीडित वर्ग-समुदायका जनतामाथिको सबैप्रकारको शोषण उत्पीडनको अन्त्य गरी जनसहभागिता र भावनाअनुसार शासन चल्ने एक स्वाधीन एवं समुन्नत जनमुखी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माण गर्ने संवैधानिक आधार तयार गर्न प्रतिबद्ध छ । दीर्घकालीन रुपमा अझ त्यसभन्दा अगाडि बढ्दै सम्पूर्ण क्रान्ति अर्थात् साम्यवादको प्राप्तिको लक्ष्य पूरा गर्न चाहन्छ ।

जनमोर्चा, नेपालले विगतमा गरेका केही महत्वपूर्ण कार्यहरु
- ०४८ सालको प्रथम निर्वाचनपछि यसले सदन र सडकबाट जनताको साथमा रहेर राष्ट्रियता जनअधिकार र जनताका गाँसबासका समस्याबारे सङ्घर्ष गर्ने नीति लियो । यसले जनताविरुद्ध बन्ने नियम कानुनको विरुद्धमा लड्यो जनतामाथिको दमन महङ्गी र भ्रष्टाचारका विरुद्ध जनतासँग मिलेर सङ्घर्ष गर् यो । संसदलाई राजश्व छुटमा पजेरो कार चढ्न दिने नीतिको विरोध गरेर त्यसलाई असफल तुल्यायो ।
- २०४८ साल चैत्र २४ गते महङ्गी-भ्रष्टाचारविरुद्ध काठमाडौँमा पचासौँ हजारको विरोध प्रदर्शन गर्दा तत्कालीन सरकारले गोली चलाई बालक अनिश शाक्यसहित कैयन्को ज्यान लियो कैयन् घाइते बनायो ।
- यसले तत्कालीन सरकारले जनतालाई ढाँटेर गरेको राष्ट्रविरोधी टनकपुर सन्धिको विरुद्ध देशव्यापी सशक्त सङ्घर्ष गर् यो । यसलाई सदनबाट अनुमोदन गर्न नदिन ठूलो जुलुससहित िसंहदरबारको गेट बन्द गर्न िहंडॆको हाम्रो जुलुसको पुलिससँग भिडन्त भयो । हाम्रा पचासौँ साथीहरुलाई घाइते बनाइयो सयौं जनालाई गिरतार गरियो र मध्यरातमा सदनबाट राष्ट्रघाती सन्धि अनुमोदन गरियो ।

बाँकी घोषणा पत्र पढ्नुहोस्
 
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®