|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
आफै बोक्सी, आफै धामी मारा मार गरिरहेका तीन ठुला दलहरुले छानबिन समिती बनाए एकले अर्कालाई चुनावमा हराउन साम, दाम, दण्ड, भेदको निती अख्तियार गरी रहेका तीन ठुला दलहरु नेका, एमाले र माओवादीले आफ्नै भाई भारदारहरु रहेको उच्च स्तरिय छानबिन समिती बनाएका छन्। अब हेर्नु छ-कल्ले, कल्लाई कारबाही गर्छ । साना दल र जनता जनार्दनको गुनासो चाँही कहाँ गएर कस्लाई गर्ने? हाम्रा काठमाडौं सम्बाददाताद्वारा प्रेसित खबर पढ्नुहोस्: काठमाडौं, April 2, 2008-तीन ठूला प्रतिस्पर्धी दलहरुले संविधानसभा निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपले सम्पन्न गर्न दश बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् । यसबीचमा आपसमा भएका िहंसात्मक झडपहरुको छानविनकालागि उनीहरुले छानविन समितिपनि गठन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको त्रिदलीय बैठकमा उपरोक्त निर्णय भएका हुन् । मंगलबारको बैठकले नेका का डा. प्रकाशशरण महत, एमालेबाट अमृतकुमार बोहोरा र माओवादीका मोहन बैद्य 'किरण' रहेको त्रिदलीय छानविन समिति गठन गरेको छ । यो समितिलाई निर्वाचन भाँड्नकालागि कुनै शक्तिले गर्न खोज्ने हर्कतको अध्ययन र दोषीमाथि कार्वाहीका साथै निर्वाचन अनुगमनको अधिकार दिइएको छ । चुनाव नजििकंदै गर्दा िहंसात्मक घटनामा कुनैभन्दा कुनै दल कम देखिएका छैनन् । राष्ट्रिय-अन्तर्राष्ट्रिय जगतले शान्तिपूर्ण र निष्पक्ष निर्वाचनप्रति शंका ब्यक्त गर्न थालेका छन् । यस्तो स्थितिमा भएको नेका एमाले र माओवादीबीचको बैठकले गरेको निर्णयले निर्वाचनका शुभेच्छुकहरुमा उत्साह भने जगाएको छ । तीन दलका शीर्ष नेताहरुको सो बैठकले कुनैपनि राजनीतिक दल तथा उम्मेदवारको प्रचार-प्रसार लगायतका कार्यक्रममा अबरोध नपुर्याउने, वातावरण उत्तेजित पार्ने खालका अभिव्यक्ति नदिने, मतदातालाई धम्क्याउने, कुटपिट गर्ने र तर्साउने खालका गतिबिधि नगर्न सहमति व्यक्त गरेको छ । निर्वाचन भाँड्न आफूमाथि अर्का पक्षले आक्रमण गरेको भन्दै एकले अर्कालाई दोषारोपण गरेपनि तीनै दलका नेताले मंगलबारको बैठकमा आफ्नो पार्टीका तर्फबाटपनि गल्ती भएको स्वीकार गरेका थिए । तीनै दलले आफूविरुद्ध अर्का दलले आक्रमण गरेको फेहरिस्त सो बैठकमा राखेका थिए । निर्वाचन आचार संहिताको पालना आफ्नो तर्फबाट पूर्णरुपले पालना हुने प्रतिबद्धतापनि शीर्ष नेताहरुले गरेका छन् । |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®