Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

प्रेस विज्ञप्ति



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

प्रधानमन्त्री
अन्तर्राष्ट्रिरय गरिबी उन्मूलन दिवशको सन्दर्भमा नेपाललाई गरिबी मुक्त देश वनाउने प्रण गरौं ।

आज १७ अक्टोवर संयुक्त राष्ट्र संघको आव्हानमा संसारभरि नै गरिबी उन्मूलन दिवशको सन्दर्भमा गरिबी उन्मूलन सम्बन्धी प्रतिवद्धता जाहेर गरिँदै छ । यस वर्षको मुख्य नारा 'मानव अधिकार र गरिबीमा बाँची रहेका जनताको मर्यादा' रहेको छ ।

गरिबी विरुद्धको लडाईं अन्तर्राष्ट्रिय समुदायको विकासको मुख्य मुद्दा बन्दै गइरहेको छ । गरिबीलाई मानव अधिकारको हनन्को रुपमा हेरिने कुरा सन् १९८७ अक्टोवर १७ बाट शुरु भएको थियो । जुन दिन फ्रान्सको पेरिस शहरको ट्रोडकारो भन्ने स्थानमा लाखौंको संख्यामा मानिसहरु उपस्थित भएर गरिबी, हिंसा र भोक विरुद्ध आवाज बुलन्द गरेका थिए । सोही समयदेखि नै गरिबी मानव अधिकारको हनन हो भन्ने कुरा अन्तर्राष्ट्रिय समुदायबीच साझा वुझाई पनि बन्दै गईरहेको छ । त्यही बेलादेखि १७ अक्टोवरलाई अन्तर्राष्ट्रिय गरिबी उन्मूलनको दिनको रुपमा प्रतिवद्धता जाहेर गर्ने गरिएको छ । यही दिनको अवसरमा म संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम निर्वाचित प्रधानमन्त्रीको हैसियतले नेपाल सरकारको तर्फबाट राजनैतिक पार्टी, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायलाई नेपाललाई गरिबी मुक्त देश बनाउने प्रण गरौं भन्ने आव्हान गर्दछु ।

भरखरै मेरो नेतृत्वमा गठित नेपालको पहिलो लोकतान्त्रिक गणतन्त्रात्मक सरकारले ल्याएको नीति, कार्यक्रम र बजेटले पनि देशमा गरिबी उन्मूलनलाई मुख्य प्राथमिकतामा पारेको कुरा स्मरण गराउन चाहन्छु । पछाडि पारिएका वर्ग, तह, क्षेत्र, जातजाति, लिङ्ग, दलित, गरिब, महिला, अपाङ्ग, साना तथा गरिव किसान, मजदुर, अल्पसंख्यक समुदाय र सुकुम्वासीलाई सशक्तिकरण गरी उनीहरुले समान नागरिकका हैसियतमा गरिमामय जिवन वाँच्न पाउने अधिकारलाई नेपाल सरकारले प्रत्याभूत गर्ने छ भन्ने कुराको प्रतिबद्धता पनि ब्यक्त गर्न चाहन्छु ।

२६ सेप्टेम्वर २००८ मा संयुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय समुदाय समक्ष मैले नेपाल सरकारकातर्फबाट नेपालमा राजनैतिक स्थायित्व आर्थिक वृद्धी र जनमुखि विकास नेपालको आगामी कार्यदिशा भएको कुरा जाहेर गरिसकेको छु । नेपालजस्तो अति कम विकसित मुलुकका आफ्नै विशेषता रहेका र विभिन्न समस्यामा जकडिएका कारण संयुक्त राष्ट्रसंघको यस्ता मुलुकहरुको गरिबी उन्मुलनका लागि विषेश ध्यान रहनु पर्ने कुरा उठाएको छु । नेपाल सहस्राब्दी लक्ष्य हासिल गरी गरिबीको अन्त्य गर्न प्रतिवद्ध रहेको कुरा भरखरै सरकारले ल्याएको नीति तथा कार्यक्रमले पनि प्रष्ट्याएको छ । यो नीति तथा कार्यक्रमलाई कडाईकासाथ कार्यान्वयनमा उतार्नका लागि सबै सम्बन्धित पक्षलाई नेपाल सरकारका तर्फबाट आग्रह गर्दछु ।

राजनैतिक स्थिरता र दिगो शान्ति कुनै पनि देशको दिगो बिकासको लागि आधार हो । नेपाल जस्तो अति कम विकसित मुलुक जुन एकातिर लामो सशस्त्र द्वन्द्वबाट शान्तिपूर्ण निकासको प्रकृयामा अघि बढ्ने क्रममा छ भने अर्कोतर्फ सहस्राब्दी लक्ष्य हासिल गर्नु हाम्रो एउटा प्रमुख दायित्व पनि रहेको छ । समानता र न्यायिक समाजको स्थापनाले मात्र नेपाललाई गरिबी मुक्त राष्ट्र बनाउन सकिन्छ । त्यसैले नेपालको शान्ति प्रकृयालाई संस्थागत गरी विकासका लागि उपयुक्त वातावरणको सृजना गर्ने सरकारको प्रमूख लक्ष्य हुने छ । सहस्राव्दी लक्ष्यको प्रतिवद्धतालाई अझ सवल वनाउन गरिबी उन्मुलन सम्बन्धी आवश्यक नीति तथा कानुनको निर्माण गरिने छ । सहस्राव्दी लक्ष्य आर्थिक, सामाजिक र साँस्किृतिक अधिकारको अभिन्न अंग भएकाले यी अधिकारहरुलाई नयाँ संबिधान मार्फत सुनिश्चित गरिने छ ।
 
सार्वजनिक श्रोत र सेवाको न्यायपूर्ण लगानी र वितरण गर्नु राज्यको पहिलो कर्तब्य हो जसको अभावमा गरिबी उन्मूलन र न्यायपूर्ण समाजको स्थापना हुन सक्तैन । आर्थिक वर्ष २०६५/६६ को सरकारको नीति तथा कार्यक्रम र बजेटले शिक्षा,, स्वास्थ्य, खानेपानी र सरसफाईलाई प्राथमिकता प्रदान गरेको छ । यी कार्यक्रमले स्वभाविक रुपमा सहस्राव्दी लक्ष्य हासिल गर्न मद्दत पुर्याउने छन् ।

अन्त्यमा अन्तराष्ट्रिय गरिबी उन्मूलन दिवसको सन्दर्भमा संयूक्त राष्ट्रसंघ सहस्राब्दी अभियानले आव्हान गरेको गरिवीका विरुद्ध उठौं र केही गरौं भन्ने ३ दिने १७ देखि १९ अक्टुबर अभियानमा सहभागी हुन आम नेपाली जनसमुदायलाई आव्हान गर्दछु ।

धन्यवाद ।

१६ अक्टोवर २००८

पुष्पकमल दाहाल (प्रचन्ड)
प्रधानमन्त्री
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®