|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
भ्रष्टाचार विरुद्ध अन्तराष्ट्रिय दिवस आज नेपालमा मनाइदै |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
भ्रष्टाचार विरुद्ध
अन्तराष्ट्रिय महासन्धिहरुको अनुमोदन कहिले गर्ने हो? काठमाण्डौं, December 9, 2008- भ्रष्टाचार विरुद्ध अन्तराष्ट्रिय दिवस २००८ विभिन्न कार्यक्रमहरु गरी मनाईयो । डिसेम्बर ९ अर्थात मंसिर २४ गते विभिन्न ठाउमा भएका कार्यक्रमहरुमा भ्रष्टाचार विरुद्ध अन्तराष्ट्रिय महासन्धिहरुको अनुमोदन गर्न सम्वन्धित पक्षहरुले ध्यानाकर्षण गराएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार विरुद्ध संयुक्त राष्ट्रसङ्घीय महासन्धिलाई अनुमोदन गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । भ्रष्टाचार विरुद्धको अन्तरराष्ट्रिय दिवस- २००८ को उपलक्ष्यमा 'भ्रष्टाचारविरुद्ध अन्तरराष्ट्रिय महासन्धि र भ्रष्टाचार न्यूनीकरणमा सार्वजनिक खरिद कानुनको भूमिका' विषयमा आयोजन गरिएको अन्तरकृयामा राजधानीमा आज आयोजित गोष्ठीको उद्घाटन सत्रमा आयोगले महासन्धि अनुमोदन नगर्दा नेपालको छविमा समेत असर परिरहेकोप्रति ध्यानाकर्षण गराईएको छ । कार्यक्रममा कानुन, न्याय तथा संविधानसभा व्यवस्थामन्त्री देवप्रसाद गुरुङले भ्रष्टाचार विरुद्ध अन्तरराष्ट्रिय महासन्धिलाई नेपालबाट अनुमोदन गर्न सरकार गम्भीर रहेको जानकारी दिए । गूरुङ्गले भ्रष्टाचारले राज्यलाई अपाङ्ग, असफल, अस्तव्यस्त पार्दै जाने भएकोले यसतर्फ राज्य गम्भीर हुनुपर्नेमा जोड दिँदै यी तत्वलाई निर्मूल पार्न वर्तमान सरकारले दृढ भएर काम गरिरहेको बताए । भ्रष्टाचारलाई आपराधिकरणको विषय बनाउन भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति बनाउन भ्रष्टाचारका बारेमा जनचेतना जगाउन शैक्षिक पाठक्रममा समावेश गराउन सरकारबाट काम भइरहेको मन्त्री गुरुङले उल्लेख गरॆ । आयोगका सह-आयुक्त ललितबहादुर लिम्बुले भ्रष्टाचारविरुद्ध अन्तरराष्ट्रिय महासन्धिलाई अनुमोदन गरिदिन नेपाल सरकारसँग आग्रह गर्दै अनुमोदन नगरीदिँदा नेपालको छवि बिग्रेको धारणा राखे । लिम्वुले भ्रष्टाचार निवारणका लागि आयोगको कार्यक्षेत्र साँघुरो भएको गुनासो पनि गरे । गोष्ठीको दोस्रो सत्रमा भ्रष्टाचारविरुद्ध संयुक्त राष्ट्र सङ्घीय महासन्धिको अनुमोदनबाट हुने प्रभाव र भ्रष्टाचार न्यूनीकरणमा सार्वजनिक खरिद कानुनको भूमिका विषयमा छुट्टाछुट्टै कार्यपत्र पेस गरिएका थिए । तत्कालीन व्यवस्थापिका-संसदले भ्रष्टाचारविरुद्ध अन्तरराष्ट्रिय महासन्धिको सङ्कल्प प्रस्तावलाई पारित गरिसकेको छ भने नेपालले पाँच वर्षअघि नै महासन्धिको पक्ष राष्ट्र बन्ने प्रतिबद्धता जाहेर गरिसकेको छ। राज्यमा सुशासन कायम राख्दै भ्रष्टाचार निवारण गर्न सो महासन्धिले कोसेढुङ्गाकै रुपमा बाध्यात्मक काम गर्ने बताइन्छ । सो महासन्धि ३ अक्टोबर २००३ मा संयुक्त राष्ट्र सङ्घले पारित गरेको हो । नेपालमा पनि विभिन्न समयमा भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएको भएपनि प्रभावकारी नियन्त्रण र कार्वाही हुन नसकेको वताईदै आएको छ । वर्तमान सरकारले भ्रष्टाचार विरुद्ध कडा कदम चाल्ने प्रतिवद्धता जनाईसकेको छ । -Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||