Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

यसरी भयो बिदाई अन्तरिम व्यवस्थापिकाका संसदहरुलाई
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी संघीयता विरुद्ध



काठमाडौं,  May 27, 2008-अन्तरिम व्यवस्थापिकाका सबै संसद सदस्यहरुलाई अन्तरिम व्यवस्थापिका-संसद सचिवालयले विहीबार बिदाई गरेको छ ।

संसद सदस्यबाट उनीहरु सोमबार बेलुकी ५ बजेदेखि मुक्त भएका छन् । उनीहरुको विदाईसँगै निर्वाचित संविधान सभाका सदस्यहरुले पदको शपथ ग्रहण गरेपछि सभासद्हरुले निवर्तमान सांसदहरुले सम्हाल्दै आएको जिम्मेवारी ग्रहण गर्नेछन्।

बिदाई समारोहमा चुनाव हारेका एमाले महासचिव माधव नेपाल, उपसभामुख चित्रलेखा यादव, पूर्ब प्रम सूर्यबहादुर थापालगायत अन्तरिम व्यवस्थापिका- संसदका अधिकांस सदस्यहरुको उपस्थिति थियो । यसैगरी काठमाडौं आइपुगेका र संविधान सभाको चुनाव जितेका सभासद्हरुपनि सो कार्यक्रममा उपस्थित थिए ।


विदाई भएका सांसदहरुलाई सम्बोधन गर्दै प्रम कोइराला PM Girijaprasad Koirala.

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संविधान सभाको चुनाव संसद सदस्यहरुलाई सान्त्वना दिनेगरी बिदाई भाषण गरे । 'संविधान सभाको चुनाव संविधान बनाउनकालागि पठाउने प्रतिनिधिहरुको चुनाव हो' उनले भने- 'संविधान सभामा पुगेरमात्र होइन बाहिरबाटपनि संविधान निर्माणमा योगदान दिन सकिन्छ, संविधान सभामा पुग्न नसक्नुभएका साथीहरुले अब जनताको घर दैलोमा गएर कस्तो संविधान बनाउने भन्ने कुरा ल्याउनुपर्छ ।'

सभामुख सुवाष नेम्बाङ्गले निर्वाचनपछि र संविधान सभाको बैठक प्रारम्भ भएपछिपनि सहमतिबाटै अघि बढ्नुपर्नेमा जोड दिए । संविधान सभाको पहिलो बैठकले गणतन्त्रको घोषणा गर्ने कुरामा ढुक्क रहन आश्वस्त पार्दै उनले संविधान सभा बैठककालागि सम्पूर्ण तैयारी पुरा भएको बताए । अन्तरिम व्यवस्थापिका- संसदको कार्यकाल अत्यन्त सफल रहेको बताउँदै उनले सफलताकालागि कर्मचारी लगायत संसद सदस्य र राजनीतिक दललाई धन्यवाद दिए ।


बिदाई सम्बोधन गर्दै उपसभामुख चित्रलेखा यादव Deputy Speaker Chitralekha Yadav

यस्तै धन्यवाद दिइन् उपसभामुख चित्रलेखा यादवलेपनि । संविधान सभामा पराजित उनले संसदबाट आफूले व्यवहारिक राजनीतिको ज्ञान पाएको बताइन् । संविधान सभाको पहिलो बैठकले गणतन्त्रको घोषणा गर्ने बताउँदै उनले आफूले संविधानसभामा पुग्ने अवसर नपाएपनि आफूपनि सो दिन बधाईको पात्र बन्ने बताइन् । रहस्य खोल्दै उनले भनिन्- 'किनभने गणतन्त्रको घोषणा हुनेदिन र मेरो जन्मदिन एकै दिन परेको छ । मेरो जन्मदिनका दिन यो देशका गणतन्त्रको पनि जन्म हुनेछ ।'


बिदाई सम्बोधन गर्दै माधव नेपाल UML former Gen. Secretary Madhavkumar Nepal.

एमाले महासचिव माधव नेपाललेपनि आगामी दिनमा राजनीतिक दलहरु सहमतिकै बाटोबाट अघि बढ्ने जानकारी दिए । उनले अझैपनि दरवारियाहरुले गढबडी मच्चाउनसक्ने बताउँदै ती सबै गढबडीको सामना गरेर जाने ताकत राजनीतिक दलहरुसँग रहेको बताए । संविधान सभाको जिम्मेवारी संविधान बनाउने भएकाले संविधान सभामा सत्तापक्ष र प्रतिपक्षको व्यवस्था गरेर जाननहुने विषयमा छलफल भैरहेको उनको भनाई थियो ।

कांग्रेस उपसभापति तथा शान्तिमन्त्री रामचन्द्र पौडेलले अन्तरिम व्यवस्थापिका- संसदले आफ्नो कार्यकालमा युगान्तकारी निर्णयहरु गरेकाले बिदाई कार्यक्रमलाई 'बधाई कार्यक्रम' को रुपमा व्याख्या गर्नुपर्ने बताए । उनले पनि सहमतिबाटै अघि बढ्नुपर्ने कुरामा जोड दिए । उनले भने- 'दलहरुबीच आपसमा प्रतिस्पर्धा त हुन्छ नै । तर प्रतिस्पर्धा र सहमतिबीच सन्तुलन खोजेर जानुपर्छ ।'

माओवादी नेता दीननाथ शर्माले अन्तरिम व्यवस्थापिका- संसदका राजनीतिक दलहरुबीच निकै संघर्ष भएपनि उत्तिकै एकता प्रदर्शन भएको बताए । उनले भने- 'आगामी दिनमापनि आपसमा संघर्ष हुन सक्छन् तर एकतापनि त्यत्तिकै हुनुपर्छ । संघर्ष एकताको लागि हो भन्ने कुरा हामीले सम्पूर्ण शान्तिप्रेमी नेपाली जनतालाई व्यवहारबाटै बुझाउन सक्नुपर्छ ।' सहमतिको आधारमा अघि बढ्नकालागि उनले माओवादीको तर्फबाट आग्रह गरे ।

संविधान सभामा सिन्धुलीबाट पराजित जनमोर्चा नेपालका उपाध्यक्ष लिलामणि पोखरेलले संविधानसभामा नपुग्नेहरुलेपनि संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताए । उनको भनाई थियो- 'संविधान सभाको बैठकलाई खवरदारी गरेर, सडक तताएर, सृजनात्मक सुझाव दिएर र जनतालाई सचेत गराएर संविधान सभामा नपुग्नेहरुले संविधान निर्माणमा सकरात्मक भूमिका निर्वाह गर्न सक्नेछन् ।'


राजमो अध्यक्ष चित्रबहादुर केसी र माओवादी नेता दीननाथ शर्मा यी दुई पार्टीबीच पानी बाराबारको सम्बन्ध छ । तर दुई नेताबीचको सम्बन्ध भने यो तस्वीरले घनिष्ट देखाउँछ । शर्मा ९ वर्षअघि राजमोबाट माओवादी प्रवेश गरेका थिए । Chitrabahadur KC and Dinanath Sharma. Photos: Sitaram

उनले राष्ट्रियताप्रति चनाखो रहन सम्पूर्ण राजनीतिक दलका नेताहरु, संविधान सभाका सदस्यहरुलाई आग्रह गरे । विदेशीहरुले राजनीतिक दलहरुलाई निर्देशित गर्न थालेको बताउँदै उनले त्यो नेपाली जनताकालागि सैह्य नहुने बताए । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलेपनि राष्ट्रियता खतरामा परेको बताउँदै संघीयताले नेपाली राष्ट्रियतालाई अरु कमजोर पार्ने बताए । उनले संविधान सभामा आफ्नो दलले संघीयता विरुद्ध भूमिका निर्वाह गर्ने जानकारीपनि दिए।

कार्यक्रममा अन्तरिम व्यवस्थापिका- संसदका प्रतिनिधित्व गरेका राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा, नेकपा एकिकृतका परी थापा, नेकपा मालेका सीपी मैनाली, बाम मोर्चाका गणेश शाह लगायतलेपनि सहमतिकै आधारमा भविष्यमापनि अघि बढ्नुपर्ने बताएका थिए ।

-Sitaram Baral in Kathmandu


बिदाई कार्यक्रममा उपस्थित कांग्रेस महामन्त्री केबी गुरुङ्ग आमोद उपाध्याय, मीनेन्द्र रिजाल र पूर्णबहादुर खड्का R to L: Nepali Congress General Secretary Kulbahadur Gurung, Amoda Upadhyaya, Minendra Rijal and Purnabahadur Khadka.


एमालेका भरतमोहन अधिकारी रघु पन्त लगायतका सांसदहरु UML leaders Bharatmohan Adhikari, Raghuji Panta and other mps. Photos: Sitaram Baral
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®