|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
पूर्व राजाको श्रीपेजको बीमा गर्ने चाँजोपाँजो काठमाण्डौं, 25 Mar, 09-
ऐतिहासिक महत्व र हीरा, मोति, जुहारतजस्ता महंगा धातु जडित श्रीपेच र
राजदण्ड नारायणहिटी संग्रहालयमा राखिएपछि चोरिएमा त्यसको क्षतिपूर्तिकालागि
संग्रहालयले श्रीपेचको विमासमेत गराउने भएको छ ।हाल नारायणहिटीका सीमित स्थानमात्र सर्वसाधारणलाई प्रदर्शनकालागि राखिएकोमा दोश्रो चरणमा अझ बढि विस्तार गरिदा श्रीपेचसमेत प्रदर्शनकालागि रािखंदैछ । 'श्रीपेच तथा राजदण्ड चोरिए अथवा टुट-फुट भए बिमा कम्पनीबाट क्षतिपूर्ति लिन सकियोस् भनेर यस्तो योजना बनाइएको हो' संग्रहालयका प्रमुख जयराम महर्जनले भने- 'बिमाकालागि श्रीपेच र राजदण्डको मूल्य कति पर्छ त्यसको मूल्यांकनपनि गर्ने योजनामा छौं ।' श्रीपेच र राजदण्डको भरपर्दाे सुरक्षा व्यवस्था गरेरमात्र सार्वजनिक गरिने भएको छ । श्रीपेच र राजदण्डको सुरक्षाको प्रबन्धका लागि सरकार तथा नारायणहिटी दरबार संग्रहालयले अन्तर्राष्ट्रिय रुपमै टेन्डर आह्वान गर्ने सोचाइसमेत बनाइएको महर्जनले बताए । 'श्रीपेच र राजदण्डलाई कस्तो सुरक्षा प्रबन्धका साथ सर्वसाधारणका लागि प्रदर्शनीमा राख्ने भन्ने सम्बन्धमा सेना, प्रहरी तथा श्रीपेचमा जडित हीरा, जुहा,र पन्ना, मोती, सुन, चाँदी जस्ता बहुमूल्य धातुको मूल्यांकन गर्नेहरुलाई राखेर एक समितिको निर्माण गर्ने तयारीसमेत सुरु भएको छ' उनले भने- 'भरपर्दो सुरक्षा कसरी गर्ने भन्ने सम्बन्धमा कुनै निक्र्याेल हुन नसके पनि सुरक्षाको सहायक प्रबन्धको रुपमा श्रीपेच, राजदण्ड राखिएको भवन वा कोठाको चारैतिर क्लोज सर्किट सिसिटिभी जडान गर्ने निक्र्याेल गरिएको छ ।' जानकारी अनुसार श्रीपेच र राजदण्डको सुरक्षाकालागि यी वस्तुलाई संग्रहालयमा टाढाबाट हेर्ने प्रबन्ध मिलाउने र कोही नजिक पुग्यो भने आवाज आउनासाथ संग्रहालयको सुरक्षाको वा अन्य कुनै संकेत प्रबन्ध गर्ने, सुरक्षाकर्मी पुग्ने व्यवस्था गर्नुपर्ने सुझावसमेत कतिपयले दिएका छन् । श्रीपेच तथा राजदण्डको भरपर्दाे सुरक्षाकालागि सामग्री तथा भवन निर्माण गर्न छुट्टै बजेट विनियोजन गर्नुपर्ने आवश्यकता संग्रहालयले औंल्याएको छ । 'अवलोकनका लागि आउनेहरुले खोइ श्रीपेच भनेर कराउन थालिसके हामी निकै अप्ठेरोमा परिसकेका छौं' महर्जनले भने- 'त्यसैले सरकारले छिटोभन्दा छिटो आवश्यक सुरक्षाको प्रबन्ध गरी प्रदर्शनीमा राख्ने व्यवस्था मिलाइदिए हुन्थ्यो ।' स्मरणीय छ, नारायणहिटी संग्रहालयलाई संस्कृति मन्त्रालय अन्तर्गत राखिएको छ । Former King's crown. Photo courtesy: Royal source -Sitaram Baral in Kathmandu |
|
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||