Trainees learning incense making in Lalitpur.
Photo: Saroj
ललितपुर, 31 Jan, 09- नेवा: जागरण सीप मुलक प्रशिक्षण समिती र एशियाली
युवा केन्द्र नेपालको संयुक्त आयोजनामा पाटनको लेलेमा धुप बनाउने तालिम
सन्पन्न भएको छ।
आफ्नो मन्तब्य दिने क्रममा नेवा: जागरण मन्चका संयोजक सुजिब बज्रचार्यले
नेपालको गाउँ गाउँ र बस्ती बस्तिमा यस्तै सीप मुलक तालिमको कार्यक्रम गर्दै
जाने मन्चको उद्वेस्य रहेको कुरा बताउनु भएको छ ।
मन्चले बिशेष रुपमा हाउस वायरिङ्ग तालिमको सन्चालन गरिरहेको हुनाले त्यसमा
पनि सहभागि हुन सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनिहरुलाई अनुरोध गर्नु
हुँदै मन्चको सीप मुलक तालिमको सुरुवात सानो भएपनि यसलाई निरन्तरता दिने
बताउनु भएको छ ।
हाउस वायरिङ्ग तालिम प्राप्त दक्ष जनशक्ती चाहिएमा र स्वदेसमै उत्पादित
अर्थात लेलेबाट उत्पादन भएको धुप प्रयोग गरी नेपालको घरेलु उध्योगलाई
प्रोत्साहन दिन बिस्तृत जानकारीको लागि saroj_shakya@mail2world.com सरोज
शाक्य (9841-451574) सँग संपर्क गर्न हार्दिक अनुरोध गरिएको छ ।