|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
सुर्खेतमा आदिवासी जनजातिको कुरा Indigenous leaders in Surkhet. Photo: Geban सुर्खेत, September 17, 2008- अन्तरराष्टिय श्रमसंगठन महासंसन्धी १६९ नेपालमा लागु भएको अवसर पारेर २०६५/५/३१ गते बीरेन्द्रनगर सुर्खेतमा आयोजीत अन्तरकृया कार्यक्रममा गुरुड राष्टिय परिषदका केन्द्रिय उपाध्यक्ष कुलबहादुर गुरुडले जल जमिन र जंगल आदिवासी जनजातिको भएको दावी गर्नु भयो । उहाँले नयाँ संबिधानमा आदिवासी जनजातिको हक अधिकार सुनिश्ति गर्नु पर्नेमा जोड दिनु भयो। कार्यक्रममा संयुक्त संघर्ष समिति सुर्खेतका संयोजक हरी थापामगरले यो महासन्धीले आदिवासी जनजातिहरुले आफ्नो हक, अधिकार प्राप्तका लागि अझ सशक्त रुपमा लाग्नु पर्ने बताउनु भयो । नेपाल मगर विद्यार्थी संघ सुर्खेतका सचिब डम्बर गरन्जामगरले अबका दिनहरुमा राजनैतिक दलहरुले आदिवासी जनजातिहरुलाई बेवास्ता गरेमा हामीहरुले उनीहरुका कार्यक्रमलाई पनि बहिष्कार गर्ने चेतावनी दिनु भयो । उहाले अवका दिनमा आदिवासी जनजाति विद्यार्थी तथा दलित एवम् उपेक्षित बर्गको साझा मन्च स्थापना गर्ने, त्यसले राजनैतिक दलहरुको आचारण सुधार्न आग्रह गर्नु भयो । नेपाल आदिबासी जनजाति महासंघ सुर्खेतका अध्यक्ष मानवहादुर चौधरीको सभापतित्वमा भएको कार्यक्रममा जेप परियोजनाका मध्यपश्चिम कोडिनेटर नरेन्द्र थापामगर, शिक्षा क्याम्पसका शिला गुरुङ, जिल्ला बन कार्यालयका अधिकृत गौरीसंकर तिमिला, जनमोर्चाका अध्यक्ष मोहन थापा लगायतले आदिवासी जनजातिहरुले अन्तरराष्ट्रिय श्रम संगठन महासन्धी १६९ को बारेमा जानकारी लिई जनचेतना जगाउनु पर्ने आवश्यक रहेको बताउनु भयो छ । -Nandabahadur Gelan (Geban Mijhar), Birendranagar, Surkhet |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||