|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
आदिवासी जनजाति पत्रकार संघ पाल्पाको प्रथम जिल्ला अधिवेशन सम्पन्न |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
Indigenous journalists in Palpa. Photo: Hari पाल्पा, 29 Jan, 09- नेपाल आदिवासी जनजाति पत्रकार संघ पाल्पाको प्रथम जिल्ला अधिवेशन तानसेनमा सम्पन्न भएको छ। आदिवासी जनजातिहरुको प्रेस स्वतन्त्रता र हक अधिकारहरुलाई सुनिश्चित गराउन तथा स्वतन्त्र पेशागत पत्रकारिताको अवधारणालाई ह्दयङ्गम गर्दै यो अधिवेशन सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै आदिवासी जनजाति पत्रकार संघ पाल्पाका सल्लाहकार राजेन्द्र लिगलले आदिवासी जनजाति पत्रकारहरुको स्वतन्त्र पेशागत पत्रकारितामा जस्तो सुकै व्यवधान र अवरोध सृजना भएपनि त्यसलाई एकजुट भई सामना गर्नु पर्ने बताउनुभयो । उहाँले आदिवासी जनजाति पत्रकार संघलाई सकि्रय र जुझारु रुपले अगाडि लानको लागि जनजाति पत्रकारहरुलाई सदस्यता लिन आग्रहसमेत गर्नुभयो। त्यसैगरि नेपाल मगर विद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य असवीर सारुले आदिवासी पत्रकारहरु माथि गरिने कुनै पनि भेदभाव असहनिय हुने भन्दै त्यसको विरुद्धमा सवै एकजुट भई लाग्नु पर्ने बताउनुभयो। |
|
|
नेपाल आदिवासी जनजाति पत्रकार संघ पाल्पाका अध्यक्ष देव पचभैयाको अध्यक्षतामा चलेको उक्त कार्यक्रममा पत्रकारहरु राजकुमार आले, हरि बहादुर सारु, यमुना सारु, नेपाल मगर संघका केन्द्रिय सदस्य लालु राना, नेपाल मगर महिला संघ पाल्पाका अध्यक्ष सानु थापा लगायतले मुलुक अहिले संक्रमणकालिन अवस्थाबाट गुजि्ररी रहेको र नयां संविधान लेखन प्रकि्रया अगाडि बढन नसेकेको बताउदै संचार मिडिया हाउसहरुले आदिवासी जनजातिहरुको माग र ऐजेण्डाहरुलाई संवोधन गरि नयाँ संविधानमा यथासक्य लेखाउन पहल गर्नुपर्ने विचार राखेका थिए । यस अधिवेशनले नेपाल आदिवासी जनजाति पत्रकार संघ तदर्थ समितिलाई पुर्ण रुप दिदै नयाँ कार्य समिति चयन गरेको छ । जसमा अध्यक्षमा देव पचभैया, उपाध्यक्ष यमुना सारु, सचिव हरिबहादुर सारु, सहसचिवमा प्रेम कान्छा राई, कोषाध्यक्षमा अनिता श्रीनेत, सदस्यहरुमा राजकुमार आले, रनबहादुर कुमाल, असवीर सारु, हुमा सुर्यवंशी रहेका छन् भने आमन्त्रित सदस्यहरुमा अनिल लिगल, रनबहादुर राना, शिव थापा लगायतका रहेका छन् । त्यसैगरि सल्लाहकारहरुमा अशोक शाही, टोप अस्लामी र राजेन्द्र लिगल रहेका छन् । -Haribahadur Saru in Palpa |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||