|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
आदिवासी चलचित्र महोत्सव बन्यो सेवारो, मेझोर,
फ्याफुल्ला र छ्याजलो साटासाट गर्ने थलो![]() Participants at Indigenous Film Festival in Kathmandu. Photo: Mejan Pun Magar काठमाडौं, June 10, 2008- भारतमा बि.सं. २००७ सालमा बनेको 'सत्य हरिशचन्द्र' लाई पहिलो नेपाली चलचित्र मान्ने हो भने नेपाली चलचित्रको उमेर ५७ वर्ष पुगेको छ । र २०२२ असोज १५ गते प्रदर्शित आमा चलचित्रलाई पहिलो नेपाली चलचित्र मान्ने हो भने ४२ वर्ष पार गरेको देखिन्छ । तर नेपालमा बसोबास गर्ने आदिवासी जनजातिको भाषा र संस्कृतिमा आधारित चलचित्रको इतिहास भने त्यती लामो छैन। बि.सं. २०४३, ०४४ सालतिर निर्माण भएको नेवारी भाषाको चलचित्र 'सिलु' नै जनजातिहरुको भाषा र संस्कृतिमा निर्माण भएको पहिलो चलचित्र हो । अहिले नेपाल राष्ट्रिय उत्थान प्रतिष्ठानमा दर्ता भएको तथ्याङ्क अनुसार जनजाति चलचित्रको संख्या संख्या ५९ पुगेको छ । नेपाल टेलिभिजनले मातृभाषी चलचित्र महिनामा एक, एक वटा प्रदर्शन गर्ने भनी कार्यक्रम ल्याए पनि चलचित्रको लागत भन्दा कम रकम दिने नीति ल्याए पछि त्यसै तुहिएर गयो । र पनि प्रजातन्त्रमा जनजातिलाई निर्धक्क बोल्ने, संगठन गर्न पाउने सुविधा रहेको हुँदा जनजातिहरु संगठित हुने शुरुवात यही कालखण्डमा बढी भएको हो भन्ने कुरामा चाहि दुईमत छैन । बि.सं. ०६२, ०६३ को जनआन्दोलनले देशमा समावेशीको करा अगाडि ल्याएको छ । लोकतन्त्रमय बनेको छ- नेपाल । यसै सन्दर्भमा भर्खरै दोश्रो आदिवासी जनजाति चलचित्र महोत्सव राष्ट्रिय सभागृहमा सम्पन्न भएको छ । आफ्नो मातृभाषा र संस्कृतिमा काम गरेका जनजाति चलचित्रकर्मी र गैर जनजाति चलचित्रकर्मी जसले जनजातिको विषय वस्तुमा चलचित्र निर्माण गरेका छन्- हरुले निर्माण गरेको चलचित्र प्रदर्शन र प्रवर्धन गर्ने एउटा प्लेटफर्म Indigenous Film Archive (आईफा) ले दिलाएको छ । जब राष्ट्रले कुनै नीति निर्माण गर्न सक्दैन- तब आफ्नो समुदाय मिलेर यसप्रकारको कार्यहरु सम्पन्न हुने गर्दछ । आदिवासी जनजाति समुदायका सचेत व्यक्तिहरु मिलेर स्थापना भएको 'आईफा' ले जनजातिहरुको विषयवस्तुमा निर्माण भएको चलचित्रलाई प्रदर्शन गर्ने एउटा थलो दिएको छ । लिम्बु संस्कृतिमा निर्माण भएको चलचित्र 'नुमाफुङ' का निर्देशक नविन सुब्बा यसको संयोजकत्व हुन् । गत वर्षदेखि थालनी भएको महोत्सवले भाषागत चलचित्रलाई बढी प्राथमिकता दिने गरेकोमा यस वर्ष नेपाली भाषामा निर्माण भएको तर आदिवासी जनजातिको मुद्दालाई उठान गरेको चलचित्रलाई समेत समावेश गरि प्रदर्शन गरेको छ । देशभित्र संघर्षरत युवा कसरी विदेशीन बाध्य हुन्छ भन्ने मुद्दा उठाएको 'अनागरिक' र लिम्बुहरुको किपट प्रथामा आधारित रहेर निर्माण भएको 'चेसुङ'ले यस वर्ष क्रमश प्रोत्साहन पुरस्कार र दर्शक छनोट पुरस्कार समेत जितेको छ । यस वर्षको क्रीटिक अवार्ड पुरस्कार आर्यम नकःमीद्वारा निर्देशित नेवार भाषामा निर्माण भएको चलचित्र 'भिन्तुना' ले प्राप्त गरेको छ । गत वर्षभन्दा अझ उचाईमा पुगेको चलचित्र महोत्सवमा जनजाति- फुड फेस्टिवल, भेषभूषा विक्री कक्ष र विविध भेषभूषामा उपस्थित जनजातिहरुको पहिरनले अझ रौनकता थप्यो । २०६४ जेष्ट २४-२७ सम्म चलेको महोत्सवमा सेवारो, मेझोर, फ्याफुल्ला, छ्याजलो भन्दै एक आपसमा अभिवादन साटिरहेको पाइन्थ्यो । -Mejan Pun Magar in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®