|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
आदिवासी साँस्कृतिक ९ दिने महोत्सव पाल्पाको तानसेनमा हुने |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
Indigenous festival will be held in Tansen, Palpa. Photos: Hari पाल्पा, October 18, 2008- 'जातिय स्वयत्तता र आत्म निर्णयको अधिकार स्वाधिन, संघिय र समृद्ध नेपाल निर्माणको मूल आधार' भन्ने नाराका साथ यही कार्तिक १७ गते देखि २८ गतेसम्म ९ दिन पाल्पाको तानसेनमा आदिवासी साँस्कृतिक महोत्सव २०६५ हुने भएको छ । महोत्सवको प्रधानमन्त्रि पुष्पकमल दाहाल 'प्रचण्ड'ले उदघाटन गर्ने कार्यक्रम तय भएको छ । उदघाटनका दिन नेपालभरका ५९ वटा आदिवासी जनजातिहरुको सँस्कृति झल्किने विभिन्न झाँकिहरु प्रस्तुत गरिने भएको छ । यो महोत्सवमा ५ वटा गोष्ठि र ५ दिनसम्म नमुना सभासद बैठकसमेत सन्चालन हुने छ । पाल्पाको तानसेनमा महोत्सव सम्बन्धि जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था आदिवासी जनजाति महासंघ समन्वय परीषद पाल्पाका अध्यक्ष गमबहादुर थापा मगरले यो कुराको जानकारी गराउनु भएको हो । उहाँका अनुसार कार्तिक १७ गते हुने संघियता सम्बन्धि गोष्ठिमा सभाषद सुरेश आले मगरले अवधारणा पत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । यस्तै, १८ गते हुने राजनैतिक गोष्ठिमा सभाषद रामकृष्ण चित्रकारले, कार्तिक १९ गतेको सामाजिक तथा साँस्कृतिक रुपान्तरण गोष्ठिमा डा. केशरजंग बरालले, कार्तिक २१ गतेको आर्थिक गोष्ठिमा डा. श्रीकृष्ण श्रेष्ठ र कार्तिक २२ गतेको महिला सम्बन्धि गोष्ठिमा सपना प्रधान मल्लले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको अध्यक्ष थापा मगरले जानकारी गराउनु भयो । त्यसै गरी कार्तिक २३ गतेदेखि २७ गतेसम्म आदिवासी जनजातिको हक, अधिकार, संस्कृति र मुद्धालाई समेटेर नमुना सभाषद बैठक संचालन गरी कार्तिक २८ गते आदिवासी जनजातिहरुको पाल्पा घोषणा पत्र जारी गर्दै महोत्सव समापन हुने पनि जानकरी गराउनु भयो । |
|
|
महोत्सवमा नेपाल भरका ५९ वटा जनजातिहरुको संस्कृति झल्किने नाँचहरु प्रस्तुत गरिनुका साथै जनजातिहरुको खानाको परिकारहरुकोसमेत ब्यवस्था गरिने बताईएको छ । महोत्सव सफल पार्न बसेको पाल्पाली आदिवासी जाजातिहरुको विस्तारित भेलाले समन्वय परीषदका अध्यक्ष गमबहादुर थापा मगरको संयोजकत्वमा जनपरीचालन समिति, अजयमान कर्मचार्यको संयोजकत्वमा कार्य सम्पादन सहयोग समिति, खेमबहादुर सारुको संयोजकत्वमा अनुगमन समिति र आदिबासी जनजाति पत्रकार संघ पाल्पाको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरेको छ । -Haribahadur Saru Magar in Tansen, Palpa Journalists in Tansen, Palpa. Photos: Hari |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||