Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

भारतमा मतदाता नेपालमा मन्त्री?



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

Minister Ramchandra Jha. Photo: Siataram

काठमाण्डौं, November 17, 2008-
एमाले केन्द्रीय सदस्य एबं स्थानीय विकास मन्त्री रामचन्द्र यादवले आफू भारतीय नागरिक नभएको दावी गरेपनि उनी भारतीय नागरिक भएको पर्याप्त प्रमाण फेला परेको छ ।

नेपालको धनुषा माचिझकटैया गाविस- ७ बाट नेपाली नागरिकता लिएपनि उनी भारतको विहार राज्यको मधुवनी हर्लाखी करुण पन्‍चायतबासी भएको प्राप्त प्रमाणहरुले बताएका छन् ।

उनको पिता पुलकित झाको नाममा भारतको सोही स्थानमा १८८५ देखि नै घरजग्गा रहेको श्रोतको भनाई छ । आइतबार आयोजित कार्यक्रममा उनले त्यहाँ रहेका घरजग्गा बेच्ने क्रममा आफू रहेको बताएर उनले आफू नेपाली नागरिक भएको दावी गरेका थिए । उनले आफूले २०३६ सालमै भारत सरकारलाई आफूले त्यहाँको नागरिक नभएको जानकारी दिएको दावीपनि गरेका थिए । तर उनले २०४५ मा मात्र नेपाली नागरिकता लिएका थिए ।

भारतको सोही गाउँको नागरिकको हैसियतले उनले गत जुलाई १२ मा जारी आवासीय प्रमाणपत्रसमेत फेला परेको छ जसमा उनी हरलाखी थाना अन्तर्गत पर्ने करुणा गाउँको कमलावरपट्टी गाउँको भएको उल्लेख छ । उनको आवासीय प्रमाणपत्र नं १३२ हो । आइतबार आफूले २०३६ मै आफू भारतीय नागरिक नभएको जानकारी भारत सरकारलाई दिएको बताएका मन्त्री झाले किन यसैसाल आवासीय प्रमाणपत्र लिए प्रश्न उठेको छ ।

धनुषा- १ बाट संविधान सभामा निर्वाचित भई एमालेको तर्फबाट मन्त्री भएका झाको भारतीय मतदाता नामावलीमासमेत नाम भएको भेटिएको छ । उनीमात्र होइन उनकी श्रीमति, छोरा-छोरीहरुको नाममसेत भारतीय मतदाता नामावलीमा छ । जानकारीअनुसार झाले २०४५ सालमामात्र नेपालको नागरिकता लिएका थिए । सोही साल उनका भाई मदनचन्द्र झालेपनि नेपाली नागरिकता लिएका थिए ।
 

मन्त्री झाले गत जुलाई १२ मा प्राप्त गरेको भारतीय आवासीय प्रमाणपत्र

तर नेपाली नागरिकता लिएबापत कारवाही हुने डरले भाईले नेपाली नागरिकता त्यागिसकेको बताइएको छ । नेपाली नागरिकता लिएकाले नेपालमै राजनीति गर्न सजिलो हुने र फाइदापनि हुने ठानेका रामचन्द्रकालागि साँच्चिकै नेपाली नागरिकता फलिफापसमेत भएको छ किनभने उनी एमालेको तर्फबाट संविधान सभा सदस्य र मन्त्रीसमेत बनिसकेका छन् ।

यसैहप्ता माओवादी नेता मातृका यादवले नेपालको मन्त्री परिषद्मा भारतीय नागरिक भएको तर यससम्बन्धमा कसैलेपनि आवाज नउठाएको बताएका थिए । दौरा सुरुवाल लगाएका भारतीयहरु मन्त्री बन्दा नेपालको राष्ट्रियता खतरामा परेको उनको भनाई थियो । स्पष्ट कुरा राख्ने माओवादी नेता यादवले आफ्नो भण्डाफोर गरेपछि झाले आइतबार आफूलाई भारतीय नागरिक भएको 'प्रमाणित गर्न' र उनले माओवादी नेता मातृका यादवलाई 'पागल' घोषितसमेत गरेका थिए ।


भारतको मतदाता नामावलीमा मन्त्री झाको नाम

तर 'पाप धुरीबाट कराउँछ' भने झैं प्राप्त प्रमाणहरुले मन्त्री झाको दावीलाई असत्य सावित गरेको छ । जानकारीअनुसार संविधान सभा चुनावलगत्तै एमालेमासमेत उनी भारतीय नागरिक भएको विषयमा छिटपुट रुपमा कुरा उठ्न थालेको थियो । तर पार्टी नेतृत्वलाई उनले यो आफू विरुद्धका अफवाहमात्र भएको भन्दै उनले गुमराहमा राखेका थिए । कागजातहरुले उनको राष्ट्रियतामाथि शंका उठ्ने प्रसस्त आधार दिएको छ ।

-Sitaram Baral in Kathmandu
 
Read related news:
» फेरी बल्झियो घाऊ: भारतीय नागरिक नेपालको मन्त्री ? (2 Photos)
   दौरा सुरुवाल लगाएर सभासद बनेका भारतीयहरुको खोजी गर्नुपर्ने
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®