|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
हुँदा हुँदा अब जापान जान पनि भारतीय ठुल्दाइको अनुमती बेगर
असम्भब? काठमाण्डौ, 19 Feb, 09- गुलामी देशको लाछी नेताहरुको कुरा अर्कै तर नेपाल जस्तो कहिल्यै कसैको पराधिन बन्नु नपरेको देशका नेताहरु छिमेकी मुलुक भारतका हैकमबादी नेताहरुको अघोसित पराधिनतामा बाँच्न र चल्नु पर्छ भन्ने कटु सत्य अब हामी नेपालीले स्विकार्नै पर्ने भएको छ। राष्ट्रपति रामबरण यादवलाई मित्रराष्ट्र जापानले आफ्नो देशमा स्वागत गर्न निम्तो दिएपनि छिमेकी मित्रराष्ट्र भारतका कारण उहाँले जवाफ दिन नसक्नुभएको जानकारी प्राप्त भएको छ । भारतले नेपालका उच्च राजनीतिक अधिकारीहरुले अन्य देशभन्दा पहिले आफ्नो देशको भ्रमण गर्न दबाब िदंदै आएको छ । राष्ट्रपति यादव अहिले यही अप्ठेरोमा पर्नुभएको छ । जानकारी अनुसार जापानी दूतावासका अधिकारीहरुले राष्ट्रपति यादवलाई आफ्नो देशको भ्रमण गर्न अनौपचारिक निम्तो दिइसकेका छन् । अनौपचारिक निम्तो स्वीकार गरिसकेपछिमात्र औपचारिक निम्तो दिने गरिन्छ । 'तपाईंहरुको देश भ्रमणकालागि लागि तयार छ' भनेर उहाँले जापानी दूतावासका अधिकारीहरुलाई जवाफ दिइरहनु भएको छ तर जापानीहरुले भने उहाँबाट स्पष्ट जवाफ आएको मानिरहेका छैनन् । 'भारत रिसाउने डरका कारण जापान भ्रमणको निम्तो तत्काल स्वीकार गर्न उहाँलाई अप्ठेरॊ परिरहेको छ' राष्ट्रपतिसँग निकट श्रोतले भन्यो- 'भारत नगई जापान जाँदा भारतले असन्तुष्टि प्रकट गर्ला भन्ने डर उहाँलाई छ ।' प्रधानमन्त्रीमा निर्वाचित भएपछि प्रचण्डले पहिलो भ्रमण चिनको गरेका थिए । तर यसप्रति भारतले असन्तुष्टि जनाएको थियो । ओलम्पिक उद्घाटनमापनि राष्ट्रपति यादव भारतकै कारण गएका थिएनन् । जापानलेमात्र होइन चीनलेसमेत राष्ट्रपति यादवलाई आफ्नो देशको भ्रमण गर्न पटक पटक भनिरहेको बताइएको छ । तर आफ्नो देशको भ्रमण नगरी चीन वा जापान जाँदा आफूलाई अप्ठेरो पर्ने कुरा राष्ट्रपतिले आफ्नो निटकस्थहरुलाई बताउने गर्नुभएको छ । रोकिएको भारत भ्रमणको नयाँ मिति तय गर्न भारतले खासै रुची नदेखाएको अनुभव राष्ट्रपतिले गरिरहनु भएको छ । -Sitaram Baral in Kathmandu |
|
| Read our more related news: New Archive | ||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||